बस्ती गाबिस जिल्लाको २९ औँ गाबिसको रुपमा छाउपडि गोठमुक्त घोषणा ।।

0
408

कमल रावल, जेठ ७, अछाम
अछामको बस्ती गाबिसलाई जिल्लाको २९ औँ गाबिसको रुपमा छाउपडि गोठमुक्त गाबिस घोषणा गरिएको छ । गाबिसका महिनावारि हुने उमेर समुहका सबै महिला तथा किशोरिहरु सुरक्षित तरिकाले घरमै बस्न थालेपछि एक भब्य कार्यक्रमका बिच घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्ने अधिकाश बक्ताले गाबिस घोषणा गरेर मात्र नभई यसको कार्यान्वयनका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताएका थिए । कुनै संघ संस्थाले आएर घोषणा गरेर मात्र नभई भावि दिनमा चुनौती गाबिसका नागरिकले भोग्नु पर्ने भएकाले यस तर्फ समेत सबैको ध्यान जानु पर्नेमा जोड दिएका थिए बस्ती गाबिसको आयोजना र ग्रामिण जलस्रोत ब्यावस्थापन परियोजना तेस्रो चरण अछाम र मालिका बिकास संघको सहयोगमा गाबिसलाई छाउपडि गोठमुक्त गाबिस घोषणा गरिएको हो । गाबिस सचिव एंव अध्यक्ष लोकेन्द्र बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा RVWRMP तेस्रो चरणका होम अफिस कोडिनेटर पामेल ह्वाईट प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती ह्वाईटले ३ बर्ष अघि आफनो संस्था मार्फत कार्यक्रम भएपछि अहिले निकै परिवर्तन आएको बताउनु भयो । बस्ती गाबिसले गरेको सामाजिक परिवर्नतलाई सफल पार्न सहयोग गर्ने सबै कर्मचारी, संस्था, गाबिसका स्थानिय वासिलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । नेपालको सविधानमा सबै नेपालीले स्वस्थ्य जिवनयापन बाच्नका लागि स्वच्छ खानेपानि र सरसफाई पाउनु पर्ने अधिकार अन्तर्गत नै आफनो परियोजना मार्फत त्यही काम भईरहेको उहाँले जानकारी गराउनु भएको थियो । आगामि दिनमा सबै अभियान सफल पार्न आफनो सस्था मार्फत सहयोग जारी रहने भएकाले सबैले अपनत्वका साथ अघि बढाउनु पर्ने बताउनु भयो । कार्यक्रममा RVWRMP का सहायक टिम लिडर नारायण वाग्ले र ग्रामिण जलस्रोत परियोजना अछामका परियोजना सल्लाहकार फणेन्द्र श्रेष्ठ विशिष्ट अथिती रहनु भएको थियो । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कार्य समिती सदस्य पुरन विक, ऐकिकृत नेकपा माओवादि जिल्ला सदस्य मदन कुमार भुल रोशन, जिल्ला विकास समिती अछामका सावित्रि वटाला, पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैना, मालिका विकास संघका वरिष्ठ उपाध्यक्ष केशव रावल, एमाले बस्ती गाउ कमिटी अध्यक्ष डिल बहादुर थापा, नेकपा क्रान्तिकारी माओवादिका गाउ कमिटी ईञ्चार्ज धर्म कामि, शिसुधार मावि बस्तीका प्रधानाध्यापक अर्जुन थापा, वडा नागरिक मञ्चका अध्यक्ष कर्ण थापा, स्वास्थ्य चौकी ईञ्चार्ज वियज श्रेष्ठ, शिसुकल्याण निमावि प्रअ गोनाई शाह, दलित अगुवा नर बहादुर विक, जनसेवा युवा समाजका अध्यक्ष कर्ण धामि, युवा सञ्जाल ईलाका नम्बर ८ का सचिव धनविर नेपालि, महिला अधिकार मञ्चका अध्यक्ष मातृका देवि ढुगाना, महिला स्वास्थ्य स्वयमसेवि धना साँउद लगाएतका अथितीले मन्तव्य राख्नु भएको थियो । सोही अवसरमा कार्यक्रम सफल पार्नका लागि विभिन्न तह र तप्का सहयोग गर्ने ब्यक्तित्वलाई दोसल्ला र सम्मान पत्रका साथ सम्मान समेत गरिएको थियो । कार्यक्रममा गाबिसका ९ वटै वडाका देउडा लगाएतका सास्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थिए । गाउ खानेपानि तथा सरसफाई स्वच्छता समन्वय समितीका उपसयोजक टँक थापाको स्वागत मन्तव्य बाट सुरु कार्यक्रमको सञ्चालन शिक्षक ईन्द्र बहादुर रावलले गर्नु भएको हो ।

NO COMMENTS

LEAVE A REPLY