बिनायकमा ६५ पोका अबैध घरेलु मदिरा बरामद ।।

0
113

अछाम १४ फागुन .
पञ्चदेवल बिनायक नगरपालिका—२ स्थित बिनायक बजारमा प्रहरीले अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । बजार स्थित स साना (कटेरा) पसलमा खानतलासि गर्दा लुकाईछिपाई राखिएको अवस्थामा ६५ पोका अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरिएको हो ।
बरामद गरिएको मदिरा बिनायक प्रहरी टोलिले राजनीतिक दलका पदाधिकारी, स्थानीय भद्र भलादमी, पत्रकार र सरोकारवालाको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

NO COMMENTS

LEAVE A REPLY