बौद्ध दर्शन स्वीकारी अगाडि बढ्न सके मानवकल्याण हुन्छः प्रधानमन्त्री

काठमाडौं, जेठ ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले २५६० औँ बुद्धजयन्तीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै बौद्धदर्शनलाई स्वीकारी अगाडि बढ्न सके मात्र मानवकल्याण प्राप्त हुने बताउनुभएको छ । शनिबार शुभकामना सन्देश दिँदै उहाँले नेपालको भूमिमा जन्मेर मानवकल्याणका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको उल्लेख गर्दै बुद्ध विचारले अहिंसा, सद्भाव, मानवकल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचार विश्वभर लोकप्रिय हुन सकेको बताउनुभयो । सन्देशमा भनिएको छ, ‘बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात् गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *