भक्तपुरको विद्यालयले महेन्द्र मावि कालिकास्थानलाई झण्डै दुई लाखको पुस्तक उपहार

0
623
पुस्तक हस्तान्तरण कार्यक्रम.... पिसविन अछामका परियोजना अधिकृत तपेन्द्र वलिको फेसबुक बाट साभार गरिएको

कमल रावल, रेडियो रामारोशन अछाम
भक्तपुर मिवाछेंको एभरेस्ट इंगलिस स्कुलमा स्थापना गरिएको एभरेस्ट जन्मदिन कोषले मंगलबार अछाम जिल्लाको टोट्केसाल कालिकास्थानको महेन्द्र माविलाई एकलाख ९० हजार रुपैयाँ बराबरको पुस्तकहरु उपहार दिएको छ । विद्यालयमा राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, विद्यालयका संस्थापक प्रधानाध्यापक भक्त राजभण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक विष्टलाई ती विभिन्न विषयका १ हजार ५ सय ४५ थान पुस्तक हस्तान्तरण गर्नुभएको हो । २०६६ सालदेखि एभरेस्ट इंगलिस स्कुलमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो जन्मदिनमा वर्षमा एकपटक न्यूनतम ७० तथा शिक्षक÷कर्मचारीले न्यूनतम सातसय रुपैयाँ एभरेस्ट जन्मदिन कोषमा राख्नुपर्ने विद्यालयको नियम छ । कोषले आगामी फागुन १ गते पनि थप दुई वटा विद्यालयलाई पुस्तक उपहार दिने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

NO COMMENTS

LEAVE A REPLY