भयो ओली र प्रचण्डबीच सहमतिः ३ वर्ष ओली, २ वर्ष प्रचण्ड प्रधानमन्त्री ।

0
108

काठमाडौं, फागुन २
नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता गरी संयुक्त नेतृत्व गर्ने र आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अलोपालो गरेर प्रधानमन्त्री बन्ने सहमति भएको छ । सहमति अनुसार सुरुका ३ वर्ष केपी ओली प्रधानमन्त्री बन्नुहुनेछ । त्यसपछिका २ वर्ष प्रचण्डले सरकारको नेतृत्व गर्नुहुने छ । माओवादीले दसैँ लगत्तै वाम गठबन्धन बनाउदा आधाआधा समय सरकार चलाउने भद्र सहमति भएको भन्दै सहमति कार्यान्वयनको अडान राख्दै आएको थियो । तर एमालेले भने सरकार र पार्टीको नेतृत्वका बारेमा कुनै सहमति नभएको दावी गर्दै आएको थियो । जसका कारण दुई पार्टी्बिचको एकतामा ढिलाइ भएको थियो । आजको सहमति अनुसार एमाले र माओवादी मिलेर बन्ने नयाँ पार्टीको नेतृत्व भने ओली र प्रचण्ड दुवैले संयुक्त रुपमा गर्नुहुने छ । दुई अध्यक्षबीचको यो सहमतिलाई अन्तिम रुप दिन पार्टी एकता संयोजन समितिको बैठक अहिले पनि बसिरहेको छ । संयोजन समितिको बैठकअघि दुवै पार्टीका अध्यक्षले सहमतिबारे आफ्नो पार्टीमा जानकारी गराउनुभएको थियो । प्रचण्डसँगको सहमति लगत्तै नेकपा एमालेको स्थायी समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने औपचारिक निर्णय गरेको छ । ललितपुरको मानभवनमा बसेको स्थायी कमिटिको आकस्मिक बैठकले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको हो । निर्वाचन आयोगले आज राष्ट्रपति विद्या भण्डरीलाई चुनावको अन्तिम परिणाम बुझाएपछि आफूहरुसँग सरकार बनाउन बहुमत रहेको दावी पेश गर्ने निर्णय पनि एमालेले गरेको छ । बहुमतको दावी गर्दै पार्टीका तर्फबाट राष्ट्रपतिलाई पत्र बुझाइने छ ।

NO COMMENTS

LEAVE A REPLY