कमल रावल, रेडियो रामारोशन अछाम
नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव सुनिल प्रजापतिले नेपालका राज नेताहरुले भारतिय बिस्तारबादका अगाडी नझुकी सशस्त सघर्षमा उत्र्रिनु पर्ने बताउनु भएको छ । अछाम र दैलेख जिल्लाको सयुक्त भारतिय बिस्तार वादले लगाएको नाकाबन्दी बिरुद्धको सभालाई राकम कर्णालीमा सम्बोधन गर्दै प्रजापतिले भारतिय बिस्तारवादले नाकाबन्दी लगाई रहेमा कोशि, गण्डकी, महाकालि र कर्णाली सम्झौता खारेज गर्नको निम्ती नेपालि जनता सडकमा उत्र्रिनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य बज्जीर सिँह विकले अहिले सम्म सरकारमा जाने दलहरु भारतिय बिस्तारवादको दलाली गरेका कारण टिके रहेका भनाई राख्नु भएको थियो । सत्ताको निम्ती भारतिय बिस्तारवादले नेपाललाई हेपेको बताउदै नेपालिले प्रतिकार गर्नु पर्ने बताउनु भयो । नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला कमिटी सदस्य रमेश माझीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टी अछामका अध्यक्ष झकर बहादुर शाही, नेपाली क्रान्तीकारी विद्यार्थि सँघका केन्द्रिय अध्यक्ष निरज लवजु, नेपाल क्रान्तिकारी युवा सँघका केन्द्रिय सदस्य पाण्डव सुवाल, नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला सदस्य रत्न कठायत, नेपाल क्रान्तिकारी युवा सघ अछामका अध्यक्ष विरेन्द्र बहादुर शाही, नेपाल मजदुर किसान पार्टी राकम गाउ कमिटीका पुर्व अध्यक्ष शेर बहादुर शाही लगाएतले मन्तव्य राख्नु भएको खबर प्राप्त भएको छ ।