मंगला नेरा उमावि ओलिगाउ ३ बर्षे डिप्लोमा ईञ्जीनियरिग कक्षा सञ्चालनका लागि अनुमति पाउन सफल ।।

0
744

कमल रावल, असोज ५ अछाम
अछामको मँगला नेरा उच्च मावि ओलिगाउले डिप्लोमा ईञ्जीनियरिगँ कक्षा सञ्चालनका लागि अनुमति पाउन सफल भएको छ । ३ बर्षे कोष अन्तर्गत सिटिअिभिटिले हालै सार्वजनिक गरेको सुचना अनुसार ओलिगाउ अनुमति पाउन सफल भएको हो । डिप्लोमा कोर्ष सञ्चालनका लागि गरिएको सबै अनुगमन पछि देशभरका ८ वटा विद्यालय मध्ये ओलिगाउ पनि परेको हो । असोज ३ गते सिटिअिभिटिको कन्द्रिय बैठक अनुसार ओलिगाउ छानिएकाले अबको एक हप्ता भित्रै बोर्डको बैठक गरि विद्यालयलाई कक्षा सञ्चालनका लागि परिपत्र गरिने सिटिअिभिटिका टेक्नीकल निर्देशक दोबरलाल सिलाकरले बताउनु भयो । मगला नेरा उच्च मावि सहित सुदुरपश्चिममा वैतडी, दार्चुला र कञ्चनपुरमा समेत एक एक विद्यालयले छनोट भएको उहाँले बताउनु भयो । सिटिअिभिटि अन्तर्गतका विद्यालयमा कृषि तिर ४० जना  र डिप्लोमा कक्षाका लागि ४८ जना विद्यार्थि मात्र भर्ना लिन सकिने ब्याबस्था भएको उहाले जानकारी दिनु भयो । यसरी ओलिगाउले अनु्मति पाएपछि बाहीर गएर महगो पैसा तिरी पढनु पर्ने अछाम युवाको झन्झट हटेको छ । यसअघि यताका विद्यार्थिले लाखौँ पैसा खर्च गएर बाहीर गएर पढनु पर्ने बाध्यता रहि आएको थियो । यता ओलिगाउमा डिप्लोमा कक्षा सञ्चालनका लागि अनुमति आएपछि सबै खुशि भएका छन । आफुहरुको अथक प्रयास पछि ओलिगाउमा डिप्लोमा कक्षा आएकाले यसले अब जिल्लामा गरिखाने शिक्ष्ााँ सुरु हुने ओलिगाउका समाजसेवि तथा नेपाल राष्टिय शक्षक सँगठन अछामका अध्यक्ष नर बहादुर रावलले बताउनु भयो । २०६७ सालमा गरिएको महायज्ञको मुख्य उद्देश्य ओलिगाउमा प्राविधिक शिक्षा ल्याउनु भएकाले बल्ल आफहरुको सपना साकार भएको उहाँले बताउनु भयो । यो सम्बन्धन प्राप्त गरेर मात्र नई यसलाई ब्यावस्थित रुपमा चलाउनु आफुहरुको मुख्य चुनौती रहेको उहाले बताउनु भयो । ३ बर्ष अघि कक्षा ९ वाटै लागु हुने गरि सिभिलईञ्जीनियरिगँ कक्षा लागु भएकाले अब उच्च शिक्षा हासिल गर्नका लागि सबै अछामिका छोराका लागि खुशिको कुरा भएको विद्यालयका प्रधानाध्यापक बम बहादुर थापाले बताउनु भयो । अब केहि दिनमै आफनो विद्यालयलाई भर्नाका लागि पत्र प्राप्त भएपछि सुरु गर्ने र एक भब्य कार्यक्रमका बिच कक्षा उदघाटन समेत गर्ने उहाले बताउनु भयो ।

NO COMMENTS

LEAVE A REPLY