महिला सशक्तीकरण तथा नेतृत्व विकास प्रशिक्षण मङ्गलसेनमा सुरु ।

0
258

फागुन १२ अछाम
मङ्गलसेन नगरपालिकाका जनप्रतिनिधिको लागि महिला सशक्तीकरण तथा नेतृत्व विकास प्रशिक्षण मङ्गलसेनमा सुरु भएको छ । मङ्गलसेन नगरपालिका, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र ग्रामीण विकास प्रशिक्षण केन्द्र डोटिको सयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको हो । निर्वाचित महिला जनप्रतिनिधि लाई केन्द्रित गरेर संचालन गरिएको तालिममा लैङ्गकि समानता, सशक्तीकरण, संघीयता र स्थानीय सरकार, नेतृत्व विकास, सकारात्मक सोच आदि बिषयमा प्रशिक्षण प्रदान भैरहेको छ । नगर प्रमुख पदम बोहराको अध्यक्षतामा भएको तालीम उद्घाटन समारोहमा जिल्ला समन्वय समिती उपप्रमुख टोपबहादुर रावल प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथी रावलले जनप्रतिनीधीबाट जनताले ठुलो आशा भरोसा गरेकाले सबैले ईमान्दारका साथ अघि बढ्नु पर्ने बताउनु भयो । सबै जनप्रतिनीधी एक भएर इमान्दारिताका साथ संघियता पुर्ण रुपमा कार्यान्वयन आउने बताउनु भयो । तालिममा सिकेका कुरा सबै ब्याबहारिक रुपमा लागु गर्न सके समाज परिवर्तन हुने बताउनु भयो । उद्घाटन समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचा, वडा नम्बर ६ का वडा अध्यक्ष जनकराज भण्डारी, प्रशिक्षक टापेन्द्र रिजालले मन्तब्य राख्नुभएको थियो । नगर उपप्रमुख सरिता उपाध्यायको स्वागत मन्तब्यबाट सुरु भएको तालिम उदघाटन समारोहको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत गणेश ढुंगानाले गर्नुभएको थियो । फागुन १४ गतेसम्म चल्ने तालिममा मङ्गलसेन नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिको सहभागीता रहेको छ ।

NO COMMENTS

LEAVE A REPLY