महोत्सव २०७२ को आज एक कार्यक्रमका विच उद्घाटन ।।

0
601

मसिर २४ अछाम
अछामको साँफेबगरमा रहेको जनकल्याण माद्यामिक विद्यालयमा धार्मिक महोत्सव २०७२ को एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । महायज्ञ मुल आयोजक समितिका संयोजक शिलोज कुँवरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पुर्ब सुचना तथा संचार राज्य मन्त्री गोबिन्द बहादुर शाह प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अतिथि को आसन बाट बोल्दै शाहले अहिले को भौतिक बादि युगमा आध्यात्मिक बिचार का माध्यम बाट शिक्षा क्षत्र को बिकास का साथै मानबता को पनि रक्षा हुने बिश्वास ब्यक्त गर्नु भयो । उद्घाटन कनर्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि पुर्ब सभासद तथा नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरले यस्ता महायज्ञका माध्यम बाट राष्ट्र शान्ति समाज मा भातृत्व को भावना बिकास गर्दै शिक्षा क्षेत्र मा फड्को मार्ने बिश्वास ब्यक्त गर्नु भयो । साँफेबगरमा रहेको जनकल्याण माद्यामिक विद्यालयमा उच्च मा.बि.र प्राबिधिक कक्षा संचालन गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ, धार्मिक महोत्सव २०७२ को आयोजना गरिएको धार्मिक महोत्सव आयोजक समितीले जनाएको छ ।

NO COMMENTS

LEAVE A REPLY