मानव अधिकारको जति रटान गरेपनि ब्याबहारमा लागु भएनः न्यायधिश शर्मा ।।

0
581

कमल रावल, मसिर २४, अछाम
६७ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस एँव लैङगीक हिँसा विरुद्धको १६ दिने अभियान अन्तर्गत खुल्ला कार्यक्रम मगलसेनमा सम्पन्न भएको छ । लैङगीक हिँसा निवारण समन्वय समिती अछामका अध्यक्ष एँव प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदिको अध्यक्षताम भएको कार्यक्रममा जिल्ला न्यायधिश हरि प्रसाद शर्मा, उपाध्याप, पँगेनि प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती पँगेनिले मानव अधिकारको जति रटान गरेपनि ब्याबहारमा लागु नहुदा त्यसको औचित्य नरहने बताउनु भएको छ । नयाँ सविधान सबैका हक अधिकार सुनिश्चित भएको घोषणा भएता पनि वास्तविक रुपमा ब्याबहारमा लागु नभएको बताउनु भयो । सबैका लागि घरघरमा मानव अधिकार, शान्ति र विकसाको आधार भन्ने मुल नाराका साथ भएको कार्यक्रममा नेपाली काग्र्रेसका जिल्ला सदस्य विष्णु खडका, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र्र बोहरा, ऐकिकृत नेकपा माओवादिको मदन भुल, नेकपा माओवादिका काशिराम जैसि, राप्रपाका जिल्ला अध्यक्ष तेज बहादुर विष्ट, जिल्ला बार ईकाईका अध्यक्ष कृष्ण प्रसाद ढुगाना, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष सरस्वती रावल, पत्रकार महाँसघ अछामका उपाध्यक्ष जनकराज भण्डारी, गैसस महासघका अध्यक्ष खडक खडका, महिला अधिकार मञ्चका अध्यक्ष अप्सरा कुवरले मन्तव्य राख्नु भएको थियो । यस्तै कार्यक्रममा नारि चेतना केन्द्रका अध्यक्ष मना भण्डारी, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष मना अधिकारी, अछाम जेसिजका अध्यक्ष नमराज न्यौपाने लगाएतले आफनो भनाई राखेका थिए । कार्यक्रममा भएको देउडा प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय र सान्तवना हुनेलाई प्रमाण पत्र सहित पुुरुस्कार वितरण गरिएको थियो । महिला बिकास अधिकृत भगवति अर्यालले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन ईन्सेक अछामका प्रतिनिधी शिवराज ढुङ्गानाले गर्नु भएको थियो ।

NO COMMENTS

LEAVE A REPLY