यमनमा हवाई आक्रमण, ३० जनाको मृत्यु ।।

फागुन १६ काठमाण्डौँ
यमनको राजधानी सनाको नजिक रहेको एक बजारमा भएको हवाई आक्रमणमा ३० जनाको ज्यान गएको छ । घटनामा अन्य ३० जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । ज्यान जाने तथा घाइते हुनेमा अधिकांश सर्वसाधारण नागरिक छन् । हवाई आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन । तर हुथी बिद्रोहीले भने आउदी अरेबीया नेतृत्वको गठबन्धन सेनाले आक्रमण गरेको आरोप लगाएका छन् । गठबन्धन सेनाले यस बारेमा केही बताएको छैन । हुथी बिद्रोहीको नियन्त्रणमा रहेको सनाको उत्तरपूर्वी क्षेत्र नेहममा आक्रमण भएको हो । साउदी अरेबीया नेतृत्वको सेनाले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहप्रति प्रतिबद्ध रहेका बिद्रोहीलाई परास्त गरेर वर्तमान राष्ट्रपति अब्द रब्बु मन्सुर हादीको सरकार स्थापित गर्ने उद्देश्यले आक्रमण गर्दै आएको छ । गएको वर्षको मार्चदेखि गठबन्धन सेनाले यमनमा आक्रमण गर्दै आएको छ । यसक्रममा अहिलेसम्म ६ हजार जनाको ज्यान गएको र त्यसमा आधा भन्दा धेरै सर्वसाधारण नागरिक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *