राजु रिजाल सवैभन्दा महंगा खेलाडी, ४० हजारमा विनोद र ललितलाई ३६÷३६ हजार ।।

यज्ञराज जोशी, धनगढी, पौष १२
धनगढीमा आईतबार सम्पन्न धनगढी क्रिकेट लिग भाग ३ को अक्सनमा थुप्रै राष्ट्रिय खेलाडीहरुलाई पछि पार्दै नेपाली यु १९ का कप्तान राजु रिजाल सन्तोषी टोलमा आवद्ध भएका छन । त्यस्तै विनोद भण्डारीलाई अत्तरियाले तथा ललित सिंह भण्डारीलाई क्याम्पसरोडले ३६, ३६ हजारमा टीममा आवद्ध गरेका छन । र बेलुका त्यस्तै धनगढीका युवा खेलाडी यम कार्कीलाई चौराहा टीमले ३२ हजारमा आफ्नो टीममा आवद्ध गरेका छन भने उनीसँगै नेशनल खेलाडी भुवन कार्कीलाई टीमले २८ हजारमा अनुबन्ध गरेको छ । राज श्रेष्ठ मालिक रहेको चौराहा टीमले निम्न अनुसारका खेलाडीहरुलाई टीममा अनुबन्ध गरेको छ । त्यस्तै जनकराज जोशी मालिक रहेको सन्तोषी टोल टीमले राजु रिजाल पछि सुनिल धमलालाई सर्वाधिक रकममा टीममा अटाएको छ । सुनिल धमलाले टीममा २८ हजार पाउँने भएका छन । त्यसबाहेकका खेलाडीहरुलाई टीमले निम्न बमोजिमको रकम तिर्ने भएको छ । कुबेर शाहीको नेतृत्वमा रहेको टीम हसनपुरले विनोद लामालाई सर्वाधिक २० हजार रुपैयामा टीममा भित्र्याएको छ, उमेर समुहमा उनले नेपालका लागि अन्तराष्ट्यि प्रतियोगिता खेलिसकेका छन । त्यससँग भिम सार्कीलाई १९ हजार, ज्ञानेन्द्र क्षेत्री तथा प्रकाश थापालाई समान १८ हजार दिएर हसनपुरले आफ्नो टीममा अनुबन्ध गरेको छ । हसनपुरका सवै खेलाडीहरुको विवरण निम्नानुसार रहेको छ । दिपक  खड्का नेतृत्वमा रहेको टीम क्याम्पसरोडले सागर भण्डारीलाई २० हजार, लोकेश बमलाई १९ हजार, सन्तोष भट्टलाई १८ हजारमा टीममा समावेश गराएको छ भने बाकी निम्नानुसार खेलाडीहरु रहनेछन । नर बहादुर राईको नेतृत्वमा रहेको अत्तरिया टीमले महबुब आलमलाई टीममा भित्र्याएको छ, आलमलाई १८ हजार मै पाएको अत्तरियाले विनोद भण्डारीलाई समावेश गराउन ३६ हजार खर्च गर्नु पर्यो । टीममा परेका अन्य खेलाडीहरुको विवरण निम्मानुसार रहेका छन । धनगढी क्रिकेट एकेडेमीले आगामी फागुन १ गते देखि आयोजना गर्न लागेको धनगढी क्रिकेट लिग भाग ३ का लागि आज धनगढीमा अक्सन सम्पन्न गरेको हो । कैलालीका विभिन्न पाँच ठाउँका नामबाट टीमको नामाकरण गरी टीमका मालिकहरुले आईतबार भएको एक कार्यक्रममा खेलाडीहरुलाई अक्सन मार्फत आफ्नो टोलीमा सामेल गरेका हुन । क्रिकेटलाई व्यवसायिक बनाउँने उदेश्यले धनगढी क्रिकेट एकेडेमीले नेपाल मै पहिलो पटक खेलाडीहरुलाई अक्सन मार्फत पारिश्रमिको व्यवस्थागर्न पाउँदा आफुहरु निकै खुशी भएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताउँनु भयो । अक्सन सफलतापुर्वक सम्पन्न भएकाले आईतबारबाट नेपाली क्रिकेट थप व्यवसायीक बन्ने विश्वास व्यक्त गरे ।  यसरी खेलाडीहरुलाई लिलामी गरेर प्रतियोगितामा सहभागी गराईएको नेपाल मै यो पहिलो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *