राष्ट्रपती रनिग शिल्ड प्रतियोगितामा साफेबगर नगरपालिका प्रथम ।

0
157

कमल रावल, फागुन १२ अछाम
अछामको कमलबजारमा सम्पन्न १० औँ जिल्ला स्तरिय राष्ट्रपती रनिग शिल्ड प्रतियोगितामा साफेबगर नगरपालिका प्रथम भएको छ । फागुन १० गतेबाट सुरु भएको प्रतियोगितमा सबै स्वर्ण मध्ये ८ वटा स्वर्ण हात पार्दै साफेबगर प्रथम भएको हो । दोस्रो मंगलसेन नगरपालिकाले ४ स्वर्ण हात पारेको छ भने तेस्रो स्थान हासिल गर्न सफल पञ्चदेवल विनायक नगरपालिकाले ३ स्वर्ण हात पारेको छ । जसमा एथ्लेटिक्सका तर्फ सबै बिधा छात्रा र छात्रमा साफेबगर नगरपालिका, कब्बडी छात्रा र छात्रमा मंगलसेन नगरपालिका र छात्र भलिबल रामारोशन गाउपालिका र छात्रा भलिबलमा पञ्चदेवल विनायक नगरपालिकाले प्रथम स्थान हासिल गरेको जिल्ला खेलकुद बिकास समिती अछामका अध्यक्ष छविराज ढुगानाले बताउनु भयो । १० वटा स्थानिय तह मध्ये ९ वटा तहलृ प्रतियोगितामा सहभागिता जनाएका थिए भने मेल्लेख गाउपालिकाले सहभागिता जनाएको थिएन । अछाम जिल्लामा जिल्ला स्तरिय प्रतियोगिता सम्पन्न भईसकेपछी आगामी बैशाखमा धनगढीमा हुने प्रदेश स्तरिय प्रतियोगिता छनोट भएका खेलाडीले सहभागिता जनाउन पाउने छन । जिल्ला खेलकुद बिकास समिती अछामका अध्यक्ष छविराज ढुगानाको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुुख अतिथी कमलबजार नगरपालिका उपप्रमुख भुमिसरण बजगाई ढकाल प्रमुुख अतिथी रहनु भएको थियो ।

NO COMMENTS

LEAVE A REPLY