राहत दुरुपयोग हुँदैनः प्रधानमन्त्री कोइराला

0
392

१ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितको राहतका लागि आएको रकम दुरुपयोग नहुने बताएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मिलवाकी नेपाली परिवार र मासाचुसेट व्याडमिण्टन संघले प्रदान गरेको राहत रकम बुझ्दै प्रधानमन्त्रीले पीडितका लागि आएको राहत रकम र सामग्री पीडितले नै पाउने र यसको दुरुपयोग नहुने बताए ।
भूकम्प पीडित नेपालीहरुको राहत र पुनस्थापना कार्यलाई सघाउन अमेरिकाको विल्किन्सनस्थित मिल्वाकी नेपाली परिवार इन्क र मासाचुसेट व्याडमिण्टन संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गरेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा मिल्वाकी संस्थाकी बोर्ड अध्यक्ष डा। कल्याणी राईले ६० हजार अमेरिकी डलरको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेकी छन् ।
त्यस्तै शुक्रबारै कैलाली जिल्ला व्याडमिण्टन संघका अध्यक्ष महेश शाहले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा मासाचुसेट व्याडमिण्टन संघबाट प्राप्त ६ लाख ५४ हजार ७ सय ७६ रुपैया ९६ हजार ३ सय ७६ अमेरिकी डलर०को चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

NO COMMENTS

LEAVE A REPLY