लागु औषध दुव्र्येसनी विरुद्ध सचेतना सम्बन्धी मंगलसेनमा ¥याली ।।

0
835

असार २४ अछाम
लागु औषध दुव्र्येसनी विरुद्ध सचेतना सम्बन्धी मंगलसेनमा आज ¥याली नीकालीएको छ । सामुदायीक सेवा केन्द्र मंगलसेन अछामको आयोजनामा लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना फैलाउने उद्देश्यले ¥याली नीकालीएको हो । ¥यालीमा पछील्लो समय युवा पुस्ताहरु लागुऔषध दुव्र्यसनीमा परेर भविश्य खतरामा पार्ने गरेको भन्दै समयमै सचेत पार्न सन्देश मुलक पर्चा पम्प्लेट प्रस्तुत गरीएको थीयो । आज विहान मंगलसेन सामुदायीक प्रहरी सेवा केन्द्रको कार्यालयबाट सुरु भएको ¥याली मंगलसेन क्याम्पसरोड, बिचबजार हुदै जिल्ला विकास समीतीको कार्यालयको प्रांगणमा गएर सभामा परीणत भएको थीयो । सामुदायीक सेवा केन्द्र मंगलसेन अछामका अध्यक्ष मना भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रंमुख अतीथी प्रमुख जिल्ला अधीकारी यम प्रसाद सुवेदी रहनु भएको थीयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधीकारी सुवेदीले युवापुस्तामा विकृतीको रुपमा फैलीदै गएको लागुऔषध दुव्र्यसनी नीयन्त्रणका लागी अझै जनचेतनाको खाँचो रहेको बताउनु भएको छ । घर, समाज र देशको भवीश्य युवापुस्तासँग जोडीएको भन्दे उहाँले यस मामीलामा घरपरीवारले पनी उत्तीकै सजकता अपनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा मंगलसेन सामुदायीक सेवा केन्द्रका पदाधीकारी, सामुदायीक प्रहरी सेवा केन्द्रका पदाधीकारी र अन्यको पनी सहभागीता रहेको थीयो ।

NO COMMENTS

LEAVE A REPLY