लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अछाममा पनी सुरु ।।

0
808
केशब भुल ९ मंसीर,
घर शान्ति नै विश्व शान्तिको आधार ः पुनर्निमाण, शिक्षा र समान व्यवहार’ भन्ने मुल नाराका साथ बुधबार देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियान अन्तर्गत बुधबार विभिन्न अधिकारकर्मी सघंसस्थाले देशभरी प्रभातफेरि निकालेका छन् । विभिन्न नारा लेखिएका प्लेकार्डसहित हिंसा अन्त्यको माग गर्दै सयांै नागरिक तथा अधिकारकर्मी सडकमा निस्किएका थिए । १६ दिने अभियानमा लैङ्गिक हिंसा विरुद्ध सरकार र विभिन्न संघसस्थाले विभिन्न जनचेतना मुलुक कार्यक्रम गर्दैछन् । नोभेम्बर २५ तारिखदेखी डिसेम्बर १० तारिखसम्म हरेक वर्ष बिभिन्न कार्यक्रम सहित यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा बुधबार अछाम जिल्लामा पनि लैङ्गिक हिंसा विरुद्धका बिभिन्न नारा सहित र्याली निकालि अभियानको सुरुवाती गरिएको छ । अछाम सदरमुकाम मंगलसेनमा रहेको जिविस समिक्षालय हलवाट र्याली सुरु भई बजार परिकर्मा गरी लैङ्गिक हिंसा विरुद्धका चेतनामुलक नारा लगाईएको थियो । बिभिन्न नारा अंकित प्लेकार्ड सहित अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल, जिल्ला स्थित सरकारी एबं गैर सरकारी क्षत्रका प्रतिनिधीहरु, राजनीतिज्ञ, सञ्चारकर्मी सरोकारवालाहरुको सहभागिता रहेको थियो । महिला तथा बालवालिका कार्यालयको अगुवाईमा अछाममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईने भएको छ । जस अनर्तगत कार्यालयले १६ दिन सम्म सञ्चालन गर्ने कार्यक्रमहरुको कार्ययोजना सार्वजनिक गरेको छ । जिल्लामा पहिलो दिन लैङ्गिक हिंसा विरुद्धको र्याली निकालिएको छ भने ११ गते समुदाय संग प्रहरी भेटघाट कार्यक्रम गर्ने, १५ गते एड्स दिवस मनाँउने, १८ गते अपाँग दिवस मनाँउने, १९ गते महीला स्वंसेवीका दिवस मनाँउने लगायतका कार्यक्रमहरु रहेका छन । यस्तै अभियानमा वाकको कार्यक्षेत्र अनुगमन, महिला उपभोक्तासंग अनर्तक्रिया, लैङ्गिकतामा आधारित अन्र्तक्रियाहरु, लैङ्गिक हिंसा निगरानी समुह गठन आदी क्रियाकलापहरु समावेश गरिएको महिला तथा बालवालिका कार्यालय अछामले जनाएको छ । यसरी अभियानको १६ दिन अवधिमा बिभिन्न १० वटा क्रियाकलापहरु ग्रिने तथा सञ्चारमाध्यमहरुवाट पनि लैङ्गिक हिंसालाई सम्वोधन हुने गरी सुचना, जिङ्गल, कार्यक्रम तथा समाचारहरु प्रशारण गरीने भएको छ । त्यसका लागि सहयोग गरिदिनहुन महिला तथा बालवालिका कार्यालय अछामका महिला विकास अधिकृत भगवति अर्यालले अनुरोध गर्नुभएको छ । अभियानलाई सफल पार्नका लागि जिल्लास्थित सम्पूर्ण सरोकारवालाहरुलाई सहयोग गरिदिन पनि कार्यालयले आग्रह गरेको छ ।

NO COMMENTS

LEAVE A REPLY