वर्षासँगै झाडापखला र ज्वरोका बिरामी बढे

0
469

काठमाडौं, असार २४ – वर्षा सुरु भएसँगै झाडापखाला र ज्वरोका बिरामी बढ्दै गएका छन् । पिउने पानी शुद्ध नहुँदा झाडापखाला र ज्वरोका बिरामी बढेका डाक्टरले बताएका छन् । टेकु अस्पतालका डा. शेरबहादुर पुनका अनुसार अहिले पानीजन्य रोगको संक्रमण उच्च छ । वर्षा लागेकाले ढलको पानी मिसिएर वा फोहरबाट निस्केको तरल पदार्थ खानेपानीमा मिसिदा बिरामी बढ्दै गएका हुन् । पानीमा पाइने परजीविहरु सामान्य क्लोरिनले नमर्ने भएकाले पनि संक्रमण बढ्दै गएको हो । धरानमा गरिएको एक अध्ययनले पानीमा पाइने परजीविकै कारण त्यहाँका १० प्रतिशत बिरामी भएका थिए । पानीजन्य रोगबाट बच्न राम्रोसँग उमालेर मात्र पानी पिउन डाक्टरको सल्लाह छ । यस्तै इनारको पानी प्रयोग गर्दा पनि ध्यान दिन डाक्टरले सुझाव दिएका छन् ।

NO COMMENTS

LEAVE A REPLY