विभागका कर्मचारी इमान्दार भए वैदेशिक रोजगारमा ठगी रोकिन्छः पूर्व श्रम राज्यमन्त्री गुरुङ

0
503

काठमाडौं, पुस ९
पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगारीमा कामदार ठग्नेक्रमको चाँडै अन्त्य हुनुपर्ने बताउनु भएको छ । उज्यालोसँगको कुराकानीमा उहाँले न्युनतम लागतको निर्णय कडाईका साथ कार्यन्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । वैदेशिक रोजगारमा जाने कामदारले तिर्ने रकम केहि कम भएपनि ठगिनेक्रम नघटेको उहाँले बताउनु भएको छ । ‘निर्णय कार्यान्वयन गर्न समय लागेपनि ढिलासुस्तिले समस्या आउन सक्नेतर्फ सचेत हुनुपर्छ’ उहाँले भन्नुभयो । वैदेशिक रोजगार विभागले सरकारले गरेका निर्णय कार्यन्वयन गर्नुपर्ने भएपनि विभागका कर्मचारी इमान्दार नहुँदा निर्णय कार्यन्वयनमा समस्या आउने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कामदार ठगिनबाट जोगाउन म्यानपावर व्यवसायी र वैदेशिक रोजगार विभाग दुबैको अनुगमन आवश्यक छ । सरकारले गरेका निर्णय विभागले कडाईका साथ कार्यान्वयन गरेन भने विभागका कर्मचारीलाई पनि कारवाही गर्न सक्नुपर्छ ।’अहिलेसम्म न्युनतम लागत कार्यान्वयन सन्तोषजनक नदेखिएको भन्दै अब बन्ने श्रम मन्त्रीले त्यसलाई कडाईका साथ कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो । न्युनतम लागत खर्चमा नेपाली कामदारलाई विदेश पठाउने निर्णय गरेका मन्त्री गुरुङले व्यवसायीकै कारण वैदेशिक रोजगार बदनाम बनेको बताउनुभयो । यस क्षेत्रको सुधारका लागि म्यानपावर कम्पनी ‘मर्ज’ गर्ने नीति ल्याएर व्यवसायको संख्या घटाउनु पर्ने उहाँको धारणा छ । व्यवसायीले कामदारलाई सुविधा दिने भन्दा बढी कमाउन प्रतिस्पर्धा गर्दा कामदार मर्कामा परेको उहाँको भनाई छ । अहिले देखिएका समस्या व्यवसायीसंघ छलफल गरेर चाँडै टुङ्ग्याउनुपर्ने र कामदारको हितका लागि गरिएका निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको सुझाव छ ।

NO COMMENTS

LEAVE A REPLY