संविधानको विधेयकमाथि तीनवटा संशोधन प्रस्ताव दर्ता

0
777

काठमाडौं, भदौ १४ –संविधानको परिमार्जित विधेयकमाथि सोमबार तीनवटा संशोधन प्रस्तावत दर्ता भएको छ । समाजवादी जनात पार्टीका प्रेमबहादुर सिंह, राप्रपाका दीपक बोहारा र जनमुक्ति पार्टीका शिवलाल थापा र सीमा बिकले संयुक्त रुपमा विधेकमाथि संशोधन दर्ता गराएको संविधानसभा सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनुभयो । जनमुक्तिका शिवलाल थापा र सीमा बिकले राष्ट्रिय झण्डा र राष्ट्रिय जनावर फेर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । उहाँहरुले चन्द्र र सूर्य अंकित झण्डा परिवर्तन गर्नुपर्ने र राष्ट्रिय जनावरमा  एक सिंगे गैंडा राखिनुपर्ने प्रस्ताव गर्नुभएको छ । राप्रपाका दीपक बोहोराले प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई हटाई एकीकृत नवलपरासीदेखि बर्दियासम्म एउटा प्रदेश बनाउन माग गर्दै संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । संविधानसभाले आइतबार विधेयकमाथिको सैद्धान्तिक छलफल सक्दै संशोधन प्रस्ताव हाल्न सात दिनको सयम दिएको थियो । प्रवक्ता गौतमका अनुसार सोमबार पहिलो दिनमा एक सयवटा संशोधन फारम सभासदले लगेका छन् । तीन ठुला दलले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् । कांग्रेस, एमाले र एकीकृत माओवादीले आफ्ना सभासदलाई व्यक्तिगत रुपमा संशोधन दर्ता नगराउन निर्देशन दिएका छन् ।

NO COMMENTS

LEAVE A REPLY