सन्तान पनि छैनन्, भ्रष्टाचार गर्नु पर्ने आवश्यकता पनि छैन स् प्रधानमन्त्री ओली ।।

0
622

काठमाडौं, कात्तिक
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई निर्मूल पार्ने बताउनुभएको छ । नेकपा ९एमाले० झापा जिल्ला कार्य समिति लगायत ३४ वटा संघसंस्थाले गरेको नागरिक अभिनन्दनमा उहाँले आफ्नो कोही पनि सन्तान नभएको भन्दै उहाँले भ्रष्टाचार गर्नु पर्ने आवश्यकता पनि नरहेको बताउनुभयो । उहाँले नेकपा एमाले छिट्टै ठूलो पार्टी हुने दावी समेत गर्नुभयो । नेकपा माले समेत एमालेमा आउन सक्ने तर्फ लक्षित गर्दै उहाँले सँगै रहनुभएका मालेका महासचिव सीपी मैनालीलाई देखाउँदै भन्नुभयो, ‘उहाँ पनि अब एमाले भन्दा बाहिर रहनसक्नुहुन्न ।’ प्रधानमन्त्री ओलीले एक बर्षभित्रै देश लोडसेडिङ मुक्त हुने र सिँचाई सुविधा पुर्याउन सकिने सबै खेतमा सिँचाईको व्यवस्था गर्ने आश्वासन समेत दिनुभयो । विकास र भ्रष्टाचारको कुरा गरेका प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दी र नेपाल भारतको सम्बन्धको विषयमा भने केही बोल्नुभएन । नागरिक अभिनन्दन ग्रहण गर्नुअघि प्रधानमन्त्री ओलीले इलामको सुखानीमा सहिद स्मृति पार्कको अनावरण गर्नुभएको थियो । उहाँले झापा आन्दोलनका क्रममा २०२९ साल फागुन २१ गते प्रहरीद्धारा मारिएका रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुइकेल र नारायण श्रेष्ठको सम्झनामा स्थापना गरेको पार्कको अनावरण गर्नुभएको हो । पार्कको अनावरण गर्दै प्रधामन्त्री ओलीले सहिदप्रति श्रद्धान्जली समेत अर्पण गर्नुभयो ।

NO COMMENTS

LEAVE A REPLY