सरकार देशघातिको मतियार भैरहेको एमाले उपाध्यक्ष रावलको भनाई ।।

रेडियाे रामाराेशन

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देशको अखण्डता, सार्वभौमिकता तथा स्वतन्त्रताका बिरुद्ध खुलेआम बोल्नेलाई सरकारले संरक्षण गरेको आरोप लगाउनु भएको छ । तराईलाई अलग बनाउनु पर्छ भन्दै हिड्ने सीके राउतलाई कारबाही गर्न र उनका देश बिरोधि गतिविधि रोक्न बर्तमान सरकार असफल भएको भन्दै यो अवस्थामा सरकारमा बसीरहनुको कुनै औचित्य नभएको उहाँले बताउनु भयो । प्रेस चौतारी अछामले आज सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारको पहिलो काम नै राष्ट्र र जनताको सुरक्षा गर्नु भए पनि सरकार देशघातिको मतियार बनिरहेको दाबी गर्नुभयो । प्रेस चौतारी अछामकाअध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेता रावलले सरकाले आफ्नो प्रमुख काम बिर्सेर देशलाई नै झन गम्भिर संकटमा लिने काम गरिरको उहाँले बताउनु भयो । प्रधानमन्त्रीले निर्वाचनको घोषणा गर्छु भनेको २ हप्ता बढी हुँदापनि अझै चुनावको मिति घोषणा गर्न नसक्नु भएको भन्दै पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत रहनु भएका नेता रावलले आफु सरकारमा छँदा ल्याएको राष्ट्रिय सुरक्षा नीति अहिले लत्याईएको र देशको सुरक्षामा नै आँच आउने कार्य गरिरहेको आरोप लगाउनु भयो ।संविधान जारी भएको दिनलाई कालो दिन मान्ने, संविधान जलाउने, हिमाल पहाड तराईलाई कुनै हालतमा पनि मिल्न नदिने भन्ने, जात जातीको नाममा जनतलाई भड्काउनेले देशको हित गर्न नसक्ने उहाँको भनाई छ । देशका प्रमुख दल निर्वाचनका लागि तयार हुनुपर्ने भन्दै देशको प्रमुख दल नेपाली कांग्रेसले निर्वाचन चाहेको हो कि होईन भन्दै नेता रावलले प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्न ढिलाई गर्न नहुने बताउनु भयो । अछाम जिल्लाका विभिन्न विकासका योजनामा आफुले चाँसो राखिरहेको बताउँदै उहाँले साँफेबगर एयरपोर्ट पिच हुने तयारी रहेको कैलाशखोला जलविद्युत आयोजनाको हराएको फाईल खोज्न लगाई अघि बढाएको र अहिले विभिन्न काम अघि बढीरहेको, अछाम दरबार, सेती लोकमार्ग, मंगलसैन, जंगलघाट सडक, चित्रे पुल, ऋषिदह र ठाँठी जोड्ने पुल, दर्ना पुल, सदरमुकाम व्यवस्थापन, नगरपालिकामा विकासका पूर्वाधार लगायतका क्षेत्रमा आफुले चाँसो देखाईरहेको र अन्य सरोकारवालाले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।प्रेस चौतारी अछामका उपाध्यक्ष कालु बोहराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा एमाले बैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह, जिल्ला अध्यक्ष शेरबहादुर कुँवर, प्रदेश सदस्य कुलबहादुर कुँवर, प्रचारविभाग प्रमुख भीम जनाला, पूर्व अञ्चल सदस्य गोविन्द कुँवर, विद्याथर््ी नेता भीम रावल, विभिन्न संचार माध्ययममा आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव टेकबहादुर थापाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *