सरिता मावि शान्तडालाई ७० हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण ।।

0
574

कमल रावल, साउन २४ अछाम
सरिता मावि शान्तडा मेलरुखमा पुस्तकाललाई आवश्यक शैक्षिक सामाग्री एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ । द एशिया फाउन्डेशनको सहयोगमा करिब ७० हजार बराबरका शैक्षिक सामाग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालय ब्याबस्थापन समिती अध्यक्ष अनुराधा स्वार रावलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती नेपालि काग्रेसका जिल्ला सदस्य एंव द एशिया फान्डेशनका प्रतिनिधी धर्मराज न्यौपानले विद्यालयका प्रधानाध्यापक राम बहादुर रावललाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती न्यौपानले विद्यालयको शैक्षिक गुणस्तर प्रगतिका लागि पुस्तकालयको आवश्यकता भएको बताउनु भयो । विद्यालयलाई प्रदान गरिएको पुस्तकले सबैले शिक्षा हासिल गर्न सके उपलब्धि हुने बताउनु भएको थियो । कार्यक्रममा गाबिस स्थीत सहयोगि संस्थाका प्रतिनिधी, अभिभावक, शिक्षक, विद्यार्थि लगाएतको सहभागिता रहेको थियो ।

NO COMMENTS

LEAVE A REPLY