सहयोगको भावना ठूलो कुरा भएको प्रधानमन्त्री कोइरालाको भनाई ।।

0
535

प्रधानमन्त्री सुशील कोइरालाले मानिसभित्र निहित सहयोगको भावना नै ठूलो भएकाले सकेको सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । भूकम्प पीडित नेपालीलाई राहत र पुनस्थापना कार्यमा सहयोग पु¥याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न पुगेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसंग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले कोईरालाले मुलुक दुःखमा परेको बेलामा दाताले सहयोग गर्ने गरेकाले यस्तो बेला प्राप्त रकमको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै एकीकृत नेकपा माओवादीका नेता अग्नीप्रसाद सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही सहयोगी बाहेक महत्वपूर्ण नेताहरुलाई साथ नलिई भारत भ्रमणमा जाने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज गरेको साक्षात्कारमा उहाँले अध्यक्ष प्रचण्ड सामान्य सहयोगी बाहेक अरु कुनै पनि नेतालाई साथमा नलिई एक्लै भारत भ्रमणमा जाने जानकारी दिनुभयो ।

NO COMMENTS

LEAVE A REPLY