साँफेबगरमा हुने धार्मीक महोत्सव तथा महाँयज्ञको तयारी अन्तिम चरणमा ।।

0
553

टंक प्रसाद रिमाल, पौष १२ अछाम
अछाम जिल्लाको साँफेबगरमा यहि पुष १५ गतेवाट सञ्चालन हुने धार्मीक महोत्सव तथा महाँयज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवका लागि गर्नुपर्ने सम्पूर्ण कार्य मध्ये झण्डै ८० प्रतिशत काम सम्पन्न भएको आयोजकले पत्रकार सम्मेलन गरी जाँनकारी दिएको छ । साँफेबगरमा अवस्थित जनकल्याँण माविलाई उच्च मावि तथा प्राविधिक कक्षा सञ्चालनार्थ आयोजना हुन लागेको धार्मीक महोत्सव तथा महाँयज्ञका लागि झण्डै ५० वटा गेट निर्माण कार्य मात्र बाँकी रहेको महाँयज्ञ मुल आयोजक समितीका अध्यक्ष शिलोज कुवरले जाँनकारी दिनुभयो । २२ गतेसम्म सञ्चालन हुने यज्ञ महोत्समा झण्डै २५ देखी ३० लाख खर्च हुने अनुमान गरिएको छ भने महोत्सव बाट झण्डै एक करोड संकलन हुने अपेक्षा गरिएको छ । महोत्सवलाई सफल पार्नका लागि त्यस क्षेत्रका प्रभुत्व ब्याक्ति लगायत सबै भक्तजनहरुलाई आमन्त्रण गरि सकिएको आयोजकले जाँनकारी दिएको छ । हालसम्म एक हजार भन्दा बढी कलसहरु बिक्रि भईसकेकोले पनि यज्ञ महोत्सव सोचेभन्दा राम्रो हुने धार्मीक महोत्सव आयोजक समितीका प्रचारप्रसार संयोजक राम बहादुर कुवरले जाँनकारी दिनुभयो । धार्मीक महोत्सवको लक्ष्य उद्देश्य अछामका धार्मीक तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने पनि रहेको आयोजक समितीका उपाध्यक्ष लक्ष्मण खड्काले बताँउनुभयो । जनकल्याँण माविको प्रांगणमा सञ्चालन हुने महाँयज्ञ तथा धार्मीक महोत्सवमा प्रमुख कथावाचक १०८ राष्टशान्तिका शंकलपकर्ता अन्र्तराष्टिय कथावाचक श्री गोबिन्दशरण महाँराज रहनुभएको छ । महोत्सवमा धार्मीक संगीतका साथसाथै बिवाह, ब्रतबन्ध, ग्रहदान, लाखबत्ति प्रज्वलन, गौदान, चौरासी दान र तुला दान आदि पनि गरिने जनाईएको छ । महाँयज्ञ तथा धार्मीक महोत्सवमा आई पुण्य लाभ गर्नहुनका लागि सबै भक्तजनहरुलाई आयोजकले अनुरोध गरेको छ । पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितीका अध्यक्ष शिलोज कुवर, बरिष्ट उपाध्यक्ष प्रेम सिंह कुवर, उपाध्यक्ष लक्ष्मण खड्का, प्रबक्ता रामबहादुर कुवर लगायत जिल्ला स्थित बिभिन्न सञ्चारमाध्ययममा कार्यरत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

NO COMMENTS

LEAVE A REPLY