साउनलाई शाकाहारी महिना बनाउने अभियान

0
694

१ साउन, काठमाडौं । नेपाल शाकाहारी संघले साउन महिनालाई शाकाहारी महिना मनाउने अभियान थालेको छ । महिनाभरि शाकाहारी भोजन गरेर ‘शाकाहारी साउन अभियान’ सफल बनाउन संघले आग्रह गरेको छ । शाकाहारी हुँदा स्वास्थ्य, धर्म, अध्यात्म, नैतिकता, करुणा बढ्ने र जलवायु परिवर्तन जस्तो डरलाग्दो विश्वप्रकोपबाट बच्नसमेत सम्भव हुने संघले जनाइएको छ । साउन महिना रोपाइँ र अन्य कृषिजन्य क्रियाकलापमा किसान व्यस्त भइ थकित हुने समय भएकाले यस समयमा सकेसम्म सरल र पच्ने भोजन गर्नु अत्यावश्यक रहेको सङ्घले जनाएको छ ।
यस समयमा रोग लाग्ने बढी सम्भावना भएकाले मासु,लसुनजस्ता खाद्य पदार्थ नखान सङ्घका अध्यक्ष कृष्ण गुरुङले आग्रह गरेका छन् ।

NO COMMENTS

LEAVE A REPLY