सामसुङले ल्यायो सबैभन्दा पातलो स्टाइलिस स्मार्टफोन, ए ८

0
688

दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो अहिलेसम्मकै पातलो स्मार्टफोन सार्वजनिक गरेको छ । ग्यालेक्सी सिरिजका लोकप्रिय स्मार्टफोन उत्पादन गर्दै आएको सामसुङले पछिल्लोपटक सार्वजनिक गरेको ‘ग्यालेक्सी ए एट’ को मोटाइ ५।९ मिलिमिटर अर्थात् ०।२३ इन्च रहेको छ । सामसुङको ग्यालेक्सी एस सिक्स एज भन्दा यो स्मार्टफोनको मोटाइ ८५ प्रतिशत कम छ । ग्यालेक्सी ए एट निकै पातलो भएपनि इन्जिनियरहरुले यसमा उच्च क्षमतायुक्त हार्डवेयर राख्न सफल भएका छन् । यसमा ३ हजार ५० मिलिएम्पियर पर आवर क्षमताको ब्याट्रीका साथै १६ मेगापिक्सेलको क्यामरा समेत रहेको छ । सामसुङका अनुसार यो स्मार्टफोन तत्कालका लागि चीन र सिंगापुरमा मात्र बिक्रि हुनेछ । चिनिया बजारमा स्वदेशी बजेट स्मार्टफोनले सामसुङको बजार घटाइरहेका बेला सामसुङले चिनिया प्रयोगकर्तालाई नै लक्षित गरी अल्ट्रा थिन स्मार्टफोन तयार गरेको बताइन्छ । स्मरण रहोस् चिनिया बजारमा सामसुङको पछिल्लो ए एट भन्दा पनि पातला एन्ड्रोइड स्मार्टफोनहरु उपलब्ध छन् । जसमा भाइभो एक्स फाइभ म्याक्स (४।७५ मिलिमिटर०, ओप्पो आर फाइभ ९४।८५ मिलिमिटर० तथा जिओनी इलाइफ एस ९५।१ मिलिमिटर ० रहेका छन् । चीनको समग्र स्मार्टफोन बजार पछिल्लो ६ वर्षमा पहिलोपटक खुम्चिएको आइडिसी कम्पनीले गरेको एक अध्ययनले देखाएको छ । जनवरी देखि मार्च सम्मको त्रैमासिकमा चिनिया बजारमा स्मार्टफोनको बजार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले खुम्चिएको छ । यो अवधिमा सबैभन्दा बढि संकुचन बेहोर्नेमा सामसुङ रहेको छ र चिनिया बजारमा सामसुङका स्मार्टफोनको बिक्रि ५३ प्रतिशतले घटेको छ ।
के के छन् फिचर्स रु
सामसुङको ग्यालेक्सी ए एट जस्ता निकै पातला स्मार्टफोन निर्माण गर्दाको मुख्य चुनौति भनेकै यस्तो स्मार्टफोन प्रयोगकर्ताको गोजीमा राखेको बेला बांगिन सक्ने जोखिमलाई घटाउनु नै हो । त्यसैले सामसुङले यो पातलो स्मार्टफोनलाई बांगिने जोखिमबाट मुक्त गर्नका लागि धातुको खोल हालेको छ । अघिल्लो वर्ष सार्वजनिक ग्यालेक्सी अल्फाको सिको गर्दै सामसुङले पछिल्लो स्मार्टफोन सेटलाई समेत बलियो बनाउनका लागि धातुको बाहिरी खोल हालेको हो । सामसुङको पछिल्लो स्मार्टफोनमा फिंगर प्रिन्ट सेन्सर, फोर जी चिपका साथै ५।७ इन्चको १०८० पिक्सेलवाला हाइ डेफिनेसन स्त्रिmन रहेको छ । यो फोनको तौल जम्माजम्मी १५० ग्राम छ । साथै यसमा अक्टाकोर स्नापड्रागन ६१५ चिपसेट तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । चिनिया बजारमा यसको मूल्य ३ हजार १९९ युआन तोकिएको छ । यद्यपि चिनिया बजारमा अहिले सबैभन्दा बढि बिक्रि भैरहेको शाओमीको आल्मुनियम फ्रेमयुक्त स्मार्टफोन मी नोट भन्दा चाहीँ यो स्मार्टफोन निकै महंगो सावित भएको छ । मी नोटको मूल्य यसको भन्दा ११ सय युआन कम पर्छ ।

NO COMMENTS

LEAVE A REPLY