सुदुरलक्षित सामुदायिक प्राविधिक शिक्षालयको आज साफेवगरमा शिलन्यास ।।

0
732

कमल रावल, साउन २८ अछाम
सुदुरलक्षित सामुदायिक प्राविधिक शिक्षालयको विहिबार साफेवगरमा एक कार्यक्रममका बिच शिलन्यास गरीएको छ । सुदुरलक्षित सामुदायिक प्राविधिक शिक्षालय समीतीका अध्यक्ष अर्जुन ताम्राकारको अध्यक्षतामा आयोजीत शिलान्यास कार्यक्रममा प्रमुख अथिती पुर्व राजुदत बल बहादुर कुवर रहनु भएको थियो । उहाँले प्राबीधीक शिक्षालयको शिलान्यास गर्दै दलित समुदायले प्राविधिक शिक्षाको अवधारणा ल्याएको भन्दै अन्य समुदायले पनी यसबाट पाठ सिक्नुपर्ने बताउनुभयो । प्राबीधीक शिक्षालय स्थापना गर्ने योजना जिल्लाकै नमुनाका रुपमा गरीएको बताउदै उहाले प्रशंसा गर्नु भयो । व्यवहारिक शिक्षा लागु नभए सम्म देशको बिकास नहुने भन्दै उहाले यसलाई सर्वदलिय दायित्व लिएर सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा पुर्व जिविस सभापति भरत कुमार स्वार विशिष्ट अथिती रहनु भएको थियो । कार्यक्रममा नेपाली काग्रेसका पार्टी सचिव टेक बहादुर साउद, नेकपा एमालेका पुर्व राष्टिय प्रतीनीधी परिषद सदस्य कुल बहादुर कुवर, एमाओवादिका टंक रावल, राप्रपा नेपालका राउते टमटटा, नेकपा मालेका हिरेण्ड कुवर, जिविसका रतन रावल, महिला विर्मला बुडढापा, अप्सरा कुवर, जनकल्याण माध्यामिक बिद्यालयका अध्यक्ष शिव बहादुर कुवर, पत्रकार महासघ अछामका अध्यक्ष राम बहादुर कुरव, युवा सञ्जाल अछामका अध्यक्ष मदन कुमार भुल, दलित अगुवा टक्कर ताम्राकार लगाएतको उपस्थीती रहेको थियो । र, एमाले क्षेत्रिय अध्यक्ष डम्मर नेपाली, नेपाली कांग्रेस साफेबगरका पुर्व सभापति कालुसिह कुवर लगाएतले मन्तव्य राख्नु भएको थियो । समीती सदस्य सुरत भुलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन समीतीका सचिव राजेन्द्र विकले गर्नुभएको हो ।

NO COMMENTS

LEAVE A REPLY