स्वास्थ्य क्षेत्रको सुधारका लागि भएका कामको समिक्षा र आगामि कार्य योजना निर्माण ।।

0
1093

कमल रावल, भदौ २८ अछाम
गत आर्थिक बर्ष ०७१÷ं७२ को वार्षिक समिक्षा प्रगतिको समिक्षा र आगामि वर्ष ०७२÷०७३ को कार्ययोजना निर्माण गर्दै ४ योजना तर्जुमा गोष्ठि मगलसेनमा सम्पन्न भएको छ । ४ दिन सँम्म चलेको गोष्ठिमा अछामका गाबिस स्तरका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालले एक बर्षको अवधिमा गरेका उपलब्धिको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा जिल्ला अस्पताल अछामले हाल सम्म गरेका उपलब्धीको बारेमा जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीले जानकारी गराउनु भएको थियो । आगामि दिनमा अछामका स्वास्थ्य संस्थामा ६ वटा दरबन्द्धी भईसक्ने, हाल सम्म ९१ प्रतिशत दरबन्द्धी पुरा भएको बताउनु भएको थियो । जिल्लामा पुर्ण खोप युक्तको अबस्था, १ बर्षको खोप सेवा, पोषण सेवा, गर्भवति, सुत्केरी, परिवार निायोजन, विभिन्न रोगहरु कुष्ठरोग, क्षयरोग हात्तीपाईले लगाएतका रोगको अबस्थाको बारेमा जानकारी गराईएको थियो । एक बर्षको अवधिमा अस्पतालको अबस्थामा परिवर्तन भएको र अब गाबिसमाहरुमा सुरु गर्ने अभियान रहेको बताईएको छ । आगमि दिनमा जिल्लामा तथ्याकमा क्रान्ति, स्वास्थ्य आम समुहमा क्रान्ती गर्ने मुख्य लक्ष्य रहेको अस्पतालले जनाएको छ । जिल्ला स्वास्थ्य प्रमुख डाक्टर शरद चन्द्र बरालको अध्यक्षतामा भएको समापन कार्यक्रममा क्षेत्रिय स्वास्थ्य निर्देशनालय दिपालयका क्षेत्रिय निर्देशक पर्शुराम श्रेष्ठ प्रमुख अथिती रहनु भएको थियो । कार्यक्रममा नेपालि काग्रेसका विष्णु बहादुर खडका, नेकपा एमालेका भिम जनाला, ऐकिकृत नेकपा माओवादिका बम बहादुर रावत, नेकपा माओवादिका काशिराम जैसि, युनिसेफका सँकर पौडयाल, राप्रपाका तेज बहादुर बिष्ट, अस्पताल विकास समितीका अध्यक्ष बृख बोगटी, गैसस महासघ अछामका अध्यक्ष खडका खडका, सबै स्वास्थ्य कर्मिको तर्फबाट विष्णु जोशि लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरिक्षक झपटराज ढुगानाले गुर्न भएको थियो ।

NO COMMENTS

LEAVE A REPLY