हिस्टन अछामको दोस्रो जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न ।

0
127

कमल रावल, फागुन १२ अछाम
माध्यामिक शिक्षक एशोसियन हिस्टन अछामको दोस्रो जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । जिल्ला अध्यक्ष शँकर खनालको अध्यक्षतामा भएको अधिबेशनले पुर्ण कुमार रावलको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिती चयन गरेको छ । जसमा उपाध्यक्ष जनक शाही, सचिव जय बहादुर बोगटी, सहसचिव रतन साउद, कोषाध्यक्ष गोपिसिह अधिकारी लगाएतका सदस्य रहेका छन । साथै ८ जनालाई केन्द्रिय प्रतिनीधि छनोट गरिएको छ । जिल्ला समन्वय समिती अछामका उपप्रमुुख टोप बहादुर रावलले उदघाट्न गर्नु भएको उदघाट्न समारोहमा जिल्ला शिक्षा अधिकारी झँकर बहादुर बिष्ट बिशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा नेपाल राष्टिय शिक्षक संगठन अछामका सचिव सर्पराज रिमाल, शिक्षक संघका कालि बहादुर बुढा, ऐकिकृत अखिल नेपाल शिक्षक संगठनका केशर रावल, अछाम बहुमुखि क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट, हिस्टन अछामका संस्थापक अध्यक्ष मातृका प्रसाद भण्डारिले शुभकामना मन्तव्य राख्नु भएको थियो । साथै नयाँ कार्य समितीको प्रथम बैठक आजै सम्पन्न भएको छ । बैठकले अधिबेशन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै फागुन मसान्त भित्रै १० वटै स्थानिय तहमा आफ्ना समिती गठन गरिसक्ने निर्णय गरेको छ । कार्यक्रमको सञ्चालन हिस्टान अछामका सचिव नारद ताम्राकारले गर्नुभएको थियो ।

NO COMMENTS

LEAVE A REPLY