१६ वर्ष मुनिको साफ फुटबलमा नेपाल भारतसित पराजित

0
686

काठमाडौं, साउन ३१
नेपाल १६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा भारतसँग पराजित भएको छ । बंगलादेशको सिल्हेतमा भएको खेलमा भारतसित १–० ले पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो । भारतलाई जिताउन रोहिम अलीले २२ औं मिनेटमा गोल गरे । भारतले अब फाइनलमा बंगलादेशसँग खेल्ने छ । नेपाल यसअघि सन् २०११ को सेमिफाइनलमा र २०१३ को फाइनलमा भारतसित पराजित भएको थियो ।

NO COMMENTS

LEAVE A REPLY