५ वर्षदेखी केरा खेती गर्दै गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद

0
481

पबन खत्री , अछाम २८ फागुन ,

अछामको चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद जिल्लामै नमुना कृषक हुन । ५ वर्ष देखी निरन्तर स्थानीय जातको केरा खेती, फलफुल र तरकारी खेती गरिरहेका उहाँले जिल्लामै मेहनती र नमुना कृषकको परिचय बनाएका छन ।

तर पछिल्लो समय उनक परिचय फेरिएको छ । २०७४ असार १४ को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष निर्वाचित भएपछी उनी अब जनप्रतिनिधी भएका छन । तर कृषि पेशा बाटै राम्रो प्रगति गरेका र गाउँपालिका अध्यक्ष सम्म निर्वाचित हर्क बहादुर सबैभन्दा खुसी र सन्तुष्टिको पेशा कृषि नै भएको बताउछन । छिमेकी गाउँका ५ जना स्थानीयको २२ रोपनी पाखो जमिन १५ वर्षका लागि लिजमा लिएर स्थानीय जातको केरा खेती गरिरहेका गाउँपालिका अध्यक्ष हर्कबहादुरले बारिभीत्र एक हजार ५०० फलफुलका बिरुवा समेत रोपेका छन ।

ओखर, सुन्तला, अनार, मौसमी, अमिलो, कागती जस्ता फलफुल फल्न समेत सुरु भईसकेका छन । केरा बारी र तरकारी ब्यावसाय गरिरहेको ठाउँमा घर समेत बनाएर एकजनालाई परिवार सहित रोजगारी समेत दिएका छन । उनले मासिक १० हजार दिएर उनलाई ५ वर्षदेखी परिवार सहित त्यहाँ बसालेका छन भने कृषि ब्यावसायबाटै मनग्य आम्दानी लिईरहेको बताएका छन । अध्यक्ष साउद भन्छन ‘मान्छेले आफ्नो लागी गर्ने पेसा कृषि नै हो, कृषि बाहेक अरु पेशा अरुकै लागी गरिने हुन ।’ आफु अध्यक्ष निवर्मचित भईसकेपछी केरा बारीमा समय दिन नसकेको भन्दै अध्यक्ष साउदले बाख्रापालन र तरकारी खेती समेत गरिरहेका छन ।

आफ्नो कृषि कर्मबाट राम्रै फाईदा भईरहेको भन्दै उनले हरेक युवाले प्रगतीका लागि संघर्ष गर्न जरुरी रहेको बताए । मेहनतीका लागि कृषि कर्म प्रगतीको प्रमुख आधार भएको साउदको भनाई छ । गाउँपालिका कार्यालय चौरपाटी बाट ३० मिनेटको दुरीमा रहेको केराबारीलाई पछिल्लो समय समय दिन नसकेको उनले बताएका छन । गाउँपालिका अध्यक्ष निर्वाचित भएपश्चात जनताका कामहरु गर्नुपर्ने भएकाले कृषि पेशामा त्यती ध्याँन दिन नसकेको भन्दै उनले यो अवस्थामा पुग्नलाई कृषि कर्मनै प्रमुख भएको बताए ।

गाउँपालिका अध्यक्षमा पनी एक मतको अन्तरले एतिहासिक जित हाँसिल गरेका युवा हर्कबहादुर चौरपाटि गाउँपालिकालाई कृषिमा नमुनाको रुपमा विकास गर्ने अभियानमा लागेको बताउछन ।

NO COMMENTS