तेस्रो परिवार नियोजन दिवसको अवसर पारि अछाममा अन्तरक्रिया ।।

असोज २ अछाम
तेस्रो परिवार नियोजन दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछाममा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थित परिवार, स्वास्थ्य र विकासको आधार भन्ने नाराका साथ सेवाग्राही, महिला, स्वास्थ्य स्वंयमसेविका र स्वास्थ्य कर्मिका बिचमा अन्तक्र्रिया कार्यक्रम भएको हो । छलफलको क्रममा गत वर्षको भन्दा यो वर्ष ३ प्रतिशतले परिवार नियोजनाका साधन प्रयोग कर्ताको बृद्धि भएको जानकारी गराईएको थियो । नेपालमै ४३ प्रतिशतले प्रयोग गरेपनी हाल सम्म अछाम जिल्लामा २८ प्रतिशले प्रयोग गरेका तथ्याकमा उल्लेख गरिएको छ । गत वर्ष २५ प्रतिशत रहेको पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय मार्फत लगातार रुपमा पिल्स २ हजार २ सय ३३, डिपो ४ हजार ९ सय ९४, आयुसिडी ५ सय ४६, कण्डम ४ हजार २ सय, ईमप्लान्ट १ हजार ७ सय २९ जनाले प्रयोग गरिरहेका जिल्ला स्वास्थ्य कार्यालय अछामका परिवार नियोजन सुपरभाईजर भ्वान सिह कुवरले जानकारी दिनु भयो । जिल्लाको विवाहित ६१ हजार ५ सय १७ प्रजनन उमेरका विवादित महिला मध्ये १७ हजार ३ सय २२ जनाले मात्र प्रयोग गरेका छन । साथै विगत १३ वर्ष देखि हाल सम्म ३ हजार ६ सय २० ले नियमित सेवा लिरहेका छन । कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य प्रमुख डाक्टर शरद चन्द्र बरालले सुत्केरी भएको ४५ दिन भित्रै परिवार नियोजनका साधन प्रयोग गर्ने, सबै देश बाहिर रहेका सबैलाई यसको बारेमा जानकारी गराउने लगाएतका कुराहरु महिला स्वयमसेविकाको आमा समुहको बैठकमा छलफल गर्न सुझाव दिएका थिए । परिवार नियोजनाका साधन प्रयोगकर्ताको सख्या निकै कम भएकाले यो बढाउन सबै सरोकारवालाले साथ दिनु पर्ने बताएका थिए । छलफलको क्रममा अशिक्षित श्रीमान वा श्रीमती, महिनावारि अनियमित, जिल्ला बाहिर स्थायी बन्ध्याकरण गराउनु लगाएत मुख्य समस्या रहेका सहभागिले बताएका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अछामका जन स्वास्थ्य निरिक्षक मुकेश अधिकारी, unfpa अछामका प्रमुख भरत गोतामे, रेडियो रामारोशनका समाचार प्रमुख कमल रावल लगाएतले सुझाव दिएका थिए । यस्तै कमलबजार प्रथामिक स्वास्थ्य केन्द्रमा पनी अन्तक्र्रिया तथा रयालीका साथ कार्यक्रम मनाईएको छ । कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजना र unfpa अछामको सहयोगमा भएको हो ।

संबिधान कार्यान्वयनमा ढिलाई भएको आरोप

कमल रावल, रेडियो रामारोशन अछाम
दलहरु बिचको दुरीका कारण संबिधान कार्यान्वयनमा ढिलाई भैरहेको सरोकारवालाहरुले आरोप लगाएका छन । संबिधान दिवस २०७३ को अवसरमा आज मंगलसैनमा सोमबार अयोजित सभामा बोल्ने अधिकांस बक्ताहरुले यस्तो अरोप लगाएका हुन । जिल्ला समारोह समितिका संयोजक शिव प्रसाद हुमागाइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथीतिको आशनबाट बोल्दै जिल्ला न्यायाधिस हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले संबिधान संस्थागत हुन नसक्नुमा रानितिज्ञहरुनै मुख्य दोषि रहेको बताउनुभयो । दलहरु बिचको आरोप प्रत्यारोपकै करण संबिधान कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको उहाँको भनाई छ । छिटो भन्दा छिटो संबिधान कार्यान्वयन भए मात्र देशका सबै नागरिक अधिकार सम्पन्न हुने भन्दै न्यायाधिस पंगेनीले त्यसका लागि सत्ताको छुलाचुडी भन्दा संबिधान सस्थागत गर्न तर्फ केन्द्रीत हुन आग्रह गर्नुभयो । कार्यक्रममा बिशिष्ठ अथीतिको आशनबाट बोल्दै पूर्ब सभाषद शेर बहादुर कुँवरले यो संबिधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताउनु भयो । उहाँले कार्यान्वयनमा भैरहेको ढिलाइ प्रति चिन्त ब्यक्त गर्दै टिकाटिप्पणीमा समय खेर नफाल्न आग्रह समेत गर्नुभएको छ । आफ्नो इच्छा अनुसार नै संबिधानमा व्यवस्था खोज्नेहरुले राष्ट्रियता बिर्सन नहुने भन्दै पूर्ब सभाषद कुँवरले व्यवहारमा राष्ट्रबाद देखिन आबश्यक रहेको बताउनुभयो । ठुलो बलीदानी बाट प्राप्त संबिधानलाई संस्थागत गर्नु सबैको उतिकै दायित्व रहेको भन्दै प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले त्यसको निरन्तरका लागि एक जुट हुन सबैलाई आह्वान गर्नु भएको छ । बजार परिक्रमा सहितको प्रभातफेरि पश्चात आयोजित सभामा नेपाली काग्रेसका पार्टी सचिब नम बहादुर शाही, नेकपा एमालेका सचिबालय सदस्य चन्द्र बोहरा, नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष बम बहादुर राउत, राप्रपाका अध्यक्ष तेज बहादुर बिष्ट, नेमकिपाका अध्यक्ष झंकर बहादुर शाही, नयाँ शक्ति नेपालका जिल्ला संयोजक पबित्रा तिमील्सेना, पत्रकार महासंघका उपाध्क्ष जनकराज भण्डारी र जिल्ला बार इकाइका अध्यक्ष कृष्ण प्रसाद ढुंगानाले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संचालन जिबिसका सामाजिक बिकास अधिकृत खडक बिष्टले गर्नुभएको हो । जिल्ला स्थीत सबै निकायका प्रतिनीधीको पनि समारोहमा उपस्थीति रहेको थियो ।

बयालपाटा अस्पतालका अभिशासन तथा साझेदारि विभागका डा. बिशाल बेलबाशेको बिदाई ।।

पूर्णबहादुर खड्का, १२ भाद्र बयालपाटा
न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका अभिशासन तथा साझेदारि विभागका प्रमुख डा. बिशाल बेलबाशेको आज आईतबार एक कार्यक्रमका बिच बिदाई गरिएको छ । बिगत २ बर्ष देखी न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा कार्यरत डा. बेलबाशेको अस्पतालतका सम्पूर्ण कर्मचारीले एकसाथ बिदाई गरेका हुन । अस्पतालका मेडिकल निर्देशक डा. बिकाश गौचनले अविरसंगै खाँदा लगाएर उहाँको बिदाई गर्नुभएको थियो । यस्तै अन्य कर्मचारीले पनि अविर लगाई बिदाई गरेका थिए । बिदाई कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल निर्देशक डा. बिकाश गौचनले डा. बेलबाशेले अस्पतालका लागी एकदमै राम्रो काम गरेर जानु भएको र उहाँलाई संस्थाले संधैँ सम्झिरहने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले प्रत्यक्ष बिरामीको उपचारमा संलग्न नभएर पनि बिरामीको लागी सहयोग पुग्ने महत्वपूर्ण काम गर्नुभएको बताउनु भयो । यस्तै बिदाई कार्यक्रममा सामुदायिक स्वास्थ्य कार्यक्रमका उपनिर्देशक लालबहादुर कुवँरले डा. बेलबाशेको बिदाई गर्दै सामुदायिक स्वास्थ्य कार्यक्रमलाई व्यवस्थित गर्दै अगाडी बढाउन महत्वपूर्ण भुमिका खेलेको र आफुले पनि डा. बिशाल बेलबाशेबाट थुप्रै कुरा सिकेको समेत बताउनु भयो । बिदाई कार्यक्रममा बोल्ने सबै व्क्ताहरुले डा. बिशाल बेलबाशेको कामको प्रशंसा गरेका थिए । डा. बिशाल बेलबाशेले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा सामुदायिक स्वास्थ्य कार्यक्रमबाट अस्पतालमा प्रबेश गर्नुभएको थियो । सुरुमा एक बर्ष सामुदायिक स्वास्थ्य कार्यक्रममा काम गर्नुभएको डा. बेलबाशेले सामुदायिक स्वास्थ्य कार्यक्रमलाई व्यवस्थित बनाउदै कार्यक्रमलाई प्रभावकारी बनाउन उहाँले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो । पछिल्लो एक बर्ष उहाँले अभिशासन तथा साझेदारि विभागको प्रमुख भएर काम गर्दै आईरहनु भएको थियो । जिल्लाका विभिन्न निकाय जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन, जिल्ला विकास समिती लगायतका सरकारी तथा गैरसरकारी संघ सस्थासंग समन्वय गरेर अस्पतालको कामलाई प्रभावकारी बनाउन समेत उहाँले महत्वपूर्ण योगदान गर्नुभएको छ । साथै उहाँले जिल्लाका विभिन्न राजनितिक दल तथा अन्य निकायसंग समेत उहाँले समन्वय सहकार्य गरेर अस्पतालका लागी आवश्यक निर्णय समेत गराउन सफल हुनुभएको छ । बयालपाटा अस्पतालको सामाजिक लेखा परिक्षण सम्पन्न गराउनुका साथै खानेपानी र अस्पतालको घेरापर्खालमा निर्माणका लागी स्थानियबासी संग समन्वय सहकार्य गर्ने काम समेत उहाँकै नेतृत्वमा सम्पन्न भएको छ । बयालपाटा अस्पतालबाट प्रेरित भएर डा. बेलबाशेले अब आफ्नै गृह जिल्ला दाङमा गएर स्वास्थ्यमै काम गर्ने बताउनु भएको छ । समग्र देशकै स्वास्थ्य प्रणालीमा सुधारको आवश्यक रहेका बेला उहाँले आफ्नै नेतृत्वमा दाङ जिल्लामा पनि बयालपाटा अस्पतालकै मोडेलमा स्वास्थ्य सेवा संचालन गर्ने योजना रहेको बताउनु भयो ।

बयालपाटा अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा निकै प्रभावकारी र गुणस्तरिय ।।

कमल रावल, भदौ ११ अछाम
बयालपाटा अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा निकै प्रभावकारी र गुणस्तरिय भएको सरोकारवालाले बताएका छन । बयालपाटा अस्पतालले सुदुरपश्चिमका जनताका माझ स्वास्थ्य सेवाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएकाले आगामि दिनमा यसलाई अझै बढाउदै प्रभावकारी बनाउदै लैजानको लागि आफनो तर्फ सहयोग गर्ने सबैले प्रतिबद्धता जनाएका छन । सुदुर संञ्चार समाज नेपाल रेडियो रामारोशनको आयोजनामा भएको सामाजिक परिक्षण कार्यक्रममा अस्पतालले प्रदान गर्ने सेवाको बारेमा जानकारी दिदै अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विकास गौचनले आज भन्दा ८ वर्ष पहिले सानो कोठा बाट सेवा सुरु गरेको अस्पताले यतिबेला सुदुरपश्चिमका जनताको सेवामा पुग्न सफल भएकाले आगामि दिनमा अझै सेवालाई प्रभावकारी बनाउदै लैजानका लागी आफनो तर्फबाट कुनै कसर बाकी नराख्ने बताएका थिए । २०६६।६७ को आर्थिक वर्षमा अस्पतालबाट १७ हजारले सेवा पाएका थिए भने अहिले २०७२।७३ सम्म आईपुग्दा यस क्षेत्रका ७७ हजार जनातालाई अस्पताल सेवा दिन सफल भएका जानकारी गराएका थिए । अस्पतालमा आकस्मिक सेवा २४ घण्टा सेवा सुचारुका साथै अस्पतालमा ब्लड बैक, हाड जोर्नी सेवा, मानसिक स्वास्थ्य लगाएत थुप्रै सेवा सुचारु भएकाले अझै अस्पतालमा अग्र स्थानमा पुरयाउन सबैको साथ सहयोगको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा बयालपाटा अस्पतालबाट संञ्चालन भएको सामुदायिक स्वास्थ्य कार्यक्रमको बारेमा जानकारी गराउदै कार्यक्रमका उपनिर्देशक लाल बहादुर कुवरले अछामको साफेबगर क्षेत्रका १४ गाबिस र कमलबजार नगरपालिका तथा विरपथ गाबिसमा कार्यक्रम संञ्चालन भईरहेको जानकारी गराउनु भएको थियो । गर्भअवस्थामा कसैले अकालमा ज्यान नगुमाउन, दिर्घ रोगिले नियमित औषधी कसरी गर्ने भन्ने विषयमा आफना स्वयम सेविकाका मार्फत सुझाव सल्लाह दिने कार्य भईरहेको बताउनु भयो । पहिले निकै कम मात्रामा गर्भवती महिला प्रसुती गर्न स्वास्थ्य संस्थामा आउने गरेकाले अहिले आफुले सुझाव सल्लाह दिदा निकै बढेका जानकारी गराउनु भयो । यस्तै कार्यक्रममा अस्पतालको भौतिक पुर्वाधारको बारेमा जानकारी गराउदै संचालन एशोसियट जिवन बोहराले नेपालमै नमुनाको रुपमा माटोबाट निर्माण भईरहेका माटा घरहरु निकै गुणस्तरि भएकाले पहिलो चरण काम सकिएको र दोस्रो चरणको अन्तिम चरणमा पुगको र तेस्रो चरणका काम सम्पन्न हुने जानकारी गराउनु भयो । कार्यक्रममा नेपाली काग्रेस अछामका उपसभापती चन्द्र प्रसाद ढुगाना, नेकपा एमाले अछामका जिल्ला सदस्य शिलोज कुवर, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य मदन कुमार भुल रोशन, नेकपा मालेका केन्द्रिय सदस्य हिरेण्ड कुवर, राप्रपा नेपालका जिल्ला उपाध्यक्ष राउते टमट्टाले अस्पतालले दिने सेवा निकै प्रशसंनिय भएकाले अझै सेवा लाई गुणस्तरिय व्यवस्थित बनाउदै लैजानु पर्नेमा जोड दिनु भएको थियो । राजिनितको दलको तर्फबाट अस्पतालाई गर्नु पर्ने सहयोगमा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाएका थिए । जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक प्रभुनाथ देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका सहभागिले सेवा गुणस्तरिय भएकाले आगामि दिनमा छिटो छरितो तथा मुस्कान सहितको सेवा हुनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अछामका लेखापाल हिरानन्द झा, खप्तड गुल्म साफेबगरका नरेन्द्र सिह बोहरा, ईलाका प्रहरी कार्यालय साफेबगरका असिम चन्द शाह, पत्रकार महासघ अछामका अध्यक्ष राम बहादुर कुवर, उद्योग वाणिज्य संघ अछामका सदस्य चक्र सुनार, वल्र्ड भिजनका मिठु हुडके, वाक नेपालका हरिशचन्द्र रावल लगाएतको सहभागिता रहेको थियो । बयालपाटा अस्पतालका अभिशासन तथा साझेदारि विभागका प्रमुख डाक्टर विशाल वेलवासेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिरण रेडियो रामारोशनका कार्यक्रम संयोजक टेक बहादुर थापाले गर्नु भएको थियो ।

अछाम क्याम्पसलाई सुदुरपश्चिमा आंगिक क्याम्पस बनाउन तिव्र भेटघाट ।।

कमल रावल, भदौ १२, अछाम
प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सदियौ देखि पिछडिएको सुदुरपश्चिम त्यस माथी पनी अछाम जिल्लाको शैक्षिक, आर्थिक र भौतिक विकासका लागी आफु सकारात्मक भएको वताउनु भएको छ । अछाम वहुमुखी क्याम्पसलाई सुदुरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वनाउनका लागी डेलिगेसन सहित प्रधानमन्त्रि दाहाललाई भेट्न पुगेको अछामको सर्वदलिय सर्वपक्षिय टोलीसंगको भेटमा प्रधानमन्त्रि दाहालले यस्तो वताएको अछाम वहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष पदम वोहराले टेलिफोन मार्फत जानकारी दिनु भयो । वुधवार विहान साढे ८ वजे टोलीले प्रधानमन्त्रि प्रचण्डलाई प्रधानमन्त्रि निवास वालुवाटारमा भेट गरी माग पत्र वुझाएको अध्यक्ष वोहराले जानकारी दिनु भयो । यस्तै टोलीले काँग्रस सभापती सेर वहादुर देउवालाई पनी उहाँकै निवास वुढा निलकण्ठमा भेटेर अछाम क्याम्पसलाई आंगिक क्याम्पस वनाउन सहयोग गरिदिन अपिल गरेको र जवाफमा सभापती देउले आफु यस्का लागी सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको वताईएको छ । ज्ञापन पत्र बुझदै उहाँहरुले १५ गते बस्ने सिनेटबाट विश्वविद्यालय आंगिक क्याम्पस बनाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन । त्यसअघि टोलीले मंगलवार मात्र सुदुरपश्चिमाञ्चल भिसि र विश्वविद्यालय अनुदान आयोगका अध्यक्षलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो । यस अघि साउन २५ गते अछाम क्याम्पसको संञ्चालक समितीको बैठकले काठमाण्डौँमा जाने निर्णय गरेको थियो । अब टोली साउन १५ गतेको सिनेट बैठकबाट मात्र अछाम फर्किने बताईएको छ । अछाम क्याम्पसलाई आंगिक क्याम्पस बनाउका लागी निकै पहल भईरहेको छ । यतिबेला हाल अछाम बहुमुखि क्याम्पसमा ५ सय भन्दा बढी विद्यार्थि अध्ययनरत रहेका छन । ज्ञापनपत्र बुझाउने टोलीमा क्याम्पस संञ्चालक समितीका अध्यक्ष पदम बहादुर बोहरा, क्याम्पस संञ्चालक समिती सदस्य नम बहादुर शाही, लोक बहादुर बोगटी, क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट, एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर, माओवादि केन्द्रका अध्यक्ष दिपक साउद, पुर्व संञ्चालक समिती अध्यक्ष पुष्प बहादुर शाह, सांसद भरत साउद, जानकी साउद, पर्व सांसद राम बहादुर विष्ट, नेता बल बहादुर कुवर, झकर साउद, लक्ष्मण शाह, एमाले युवा नेता भिम बहादुर रावल कालोटोपि, रविन्द्र शाही, गोकर्ण रावल, डिबी साउदको सहभागिता रहेको अछाम क्याम्पस सहायक क्याम्पस प्रमुख धुव्र कुमार शाहीले जानकारी दिनु भयो । हाल अछाम जिल्लामा ६ वटा क्याम्पस संञ्चालनमा रहेका छन भने अछाम जिल्लाको ओलिगाउमा रहेको मंगला नेरा उच्च मावि ओलिगाउमा व्यावसायिक शिक्षा प्राविधिक अन्र्तगत शिभिल ईञ्जीनियरिग तथा विद्या मन्दिर उच्च मावि विनायकमा प्राविधिक अन्र्तगत कृषि जेटिए कक्षा संञ्चालन हुदै आएको छ । यति हुदाहुदै पनि अछामको जिल्लाको ठुलो मात्रामा रहेको युवा पुस्ता उच्च शिक्षा हासिल गर्नका लागी जिल्ला बाहिरका क्याम्पसहरुमा नै पलायन हुने गरेको पाईएको छ ।

वारला स्वास्थ्य चौकी लगातार २ वर्ष प्रथम, उत्कृष्ट १० मा १६ स्वास्थ्य संस्था पर्न सफल ।।

कमल रावल, भदौ २ अछाम
आर्थिक वर्ष २०७२।०७३ मा पनी वारला स्वास्थ्य चौकी खोप सेवामा उत्कृष्ट भएको छ । २०७१।७२ मा पनि प्रथम भएको बारला यो वर्ष पनि पहिलो स्थानमा रहन सफल भएको छ । वारलाले एक प्रतिशत ९३ दशमलव ५ अंकका साथ प्रथम, ९२ प्रतिशतका साथ तुर्माखाद स्वास्थ्य चौकी दोस्रो, ९१ प्रतिशतका साथ कुन्तिवण्डाली स्वास्थ्य चौकी तेस्रो र बाटुलासैन र हिच्मा स्वास्थ्य चौकी समान ८४ दशमलव ५ अंकका साथ सान्तवना भएका छन भने बाकी ११ स्वास्थ्य चौकी यो वर्ष उत्कृष्ट १० वटा स्वास्थ्य संस्थामा पर्न सफल भएका छन । स्वास्थ्य विभिन्न सुचकहरु अनुसार पार गरि यि स्वास्थ्य संस्था उत्कृष्ट हुन सफल भएका हुन । यस्तै यसवर्ष सेवा दिने तर्फमा उत्कृष्ट स्वास्थ्य कर्मिमा कालिका स्वास्थ्य चौकीका ईञ्चार्ज मिन बहादुर चन्द, लयाटी स्वास्थ्य चौकीका अहेब मनोहर शर्मा, रहफ स्वास्थ्य चौकी अनमि गिता उपाध्याय, विरपथ स्वास्थ्य चौकी अहेश हरिपाल कामि, वयाला स्वास्थ्य चौकी अनमि शान्ति बिष्ट, महिला स्वास्थ्य स्वयम सेविकाको तर्फबाट कालागाउका डम्मर रेग्मी र पातलकोट स्वास्थ्य चौकीका कार्यालय सहयोगि मिरा विक सम्मानित हुनु भएको छ । यस्तै जिल्लामा राम्रो सेवा दिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय अछाममा कार्यरत डाक्टर अतुल भारद्धाज, प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारका प्रमुख डाक्टर नविन चन्द भट्ट, मष्टामाण्डौका पुष्प बहादुर बुढ र बयालपाटा अस्पतालमा कार्यरत डाक्टर विशाल वेलवासेलाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७२।७३ मा जिल्लाका स्वास्थ्य संस्थाको सामाजिक परिक्षण सम्पन्न गरि उत्कृष्ट कार्यायोजना निर्माण गर्न सफल गरेकोमा सुदुर संचार समाज नेपाल रेडियो रामारोशनलाई सम्मान पत्रका साथ सम्मान गरिएको छ । स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुरयाउने थुप्रै स्वास्थ्य कर्मिलाई सम्मान गरिएको थियो ।

स्वास्थ्य क्षेत्रको विकासका लागि हामि एक साथ अघि बढछौँ ।।

कमल रावल, भदौ २ अछाम
जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारको लागि सरोकारवालाले एक साथ अघि बढने बताएका छन । स्वास्थ्य क्षेत्रमा जसरी प्रगती भईरहेको छ यो प्रगतिलाई अझै अग्रपत्तीमा पुरयाउनका लागि सबैले ठोस रणनितिका साथ अघि बढनु पर्नेमा जोड दिएका छन । आर्थिक वर्ष २०७२।७३ को जिल्ला स्तरिय बार्षिक कार्य प्रगती, समिक्षा तथा योजना तर्जुमा गोष्ठिको समापन कार्यक्रमका सहभागिले नेपालमै दोस्रो भएको जिल्ला स्वास्थ्यलाई अब पहिलो बनाउका लागि आफनो तर्फ सक्दो सहयोग गर्ने बताएका हुन । जिल्लामा स्वास्थ्य सेवालाई भरपर्दो सर्वसुलभ बनाउनका लागि सबै राजनितिज्ञ तथा सरोकारवालाले सोच्नु पर्ने अबस्था आएको बताएका थिए । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरद चन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी कौशल राज शर्मा तिमिल्सैना प्रमुख अथिती रहनु भएको थियो । कार्यक्रममा क्षेत्रिय स्वास्थ्य निर्देशनालयका दिपक अछामि, नेपाली काग्रेसका प्रकाश साँउद, नेकपा एमालेका चन्द्र बोहरा, नेकपा माओवादि केन्द्रका मदन कुमार भुल रोशन, राप्रपाका तेज बहादुर बिष्ट, राष्ट्रिय जनमोर्चाका नन्दसिह बोहरा, न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल डाईरेक्टर विकास गौचन, पत्रकार महासघ अछामका सचिव शिवराज ढुगाना, गैसस महासघ अछामका अध्यक्ष खडक खडका, सबै स्वास्थ्य कर्मिको तर्फबाट सिनियर अहेब पुष्प बुढा लगाएतले प्रतिबद्धता सहितको मन्तव्य राख्दै आगामि दिनमा स्वास्थ्य क्षेत्रको बिकासका लागि आफनो तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा अछाम जिल्लाको समग्र २०७२।७३ को प्रस्तुती प्रस्तुत गर्दै जन स्वास्थ्य अधिकृत मुकेश अधिकारीले अछाम जिल्लामा खोप सेवा, प्रसुती सेवा लगाएतका सुचकमा जिल्लाले निकै उपलब्धी हासिल गरेपनि अझै पनी जिल्लामा १७ प्रतिशत कर्मचारीको अभाव नै रहेको जानकारी गराउनु भएको थियो । जिल्लामा प्रयाप्त बजेट अभावका कारणले औषधिको अभावका साथै जिल्लाका ७५ स्वास्थ्य संस्था मध्ये १३ गाबिसका स्वास्थ्य संस्थामा प्रसुती सेवा सञ्चालन हुन नसक्नु मुख्य चुनौती रहेको भनाई राख्नु भएको थियो । आगामि दिनमा स्वास्थ्य कर्मि आफनो सेवा दिन रात दिन तयार रहेकाले भौतिक पुर्वाधारका लागि जिल्लाका राजितिज्ञ तथा सरोकारवालाले सोच्नै पर्ने बेला आएको बताउनु भएको थियो । कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर शरदचन्द्र बरालले अछाम जिल्लाले स्वास्थ्य क्षेत्रमा ल्याएको उपलब्धि ल्याउनु पछाडि जिल्लाका सबै महिला स्वास्थ्य स्वयसेविका, सबै जिल्ला देखि स्थानिय स्तर सम्मका स्वास्थ्य कर्मि, बयालपाटा अस्पताल, जिल्ला स्थित राजनितिक दल, पत्रकार, सहयोगि संस्था सबैको ठुला साथ रहेकाले आगामि दिनमा जिल्लालाई पहिलो बनाउनका लागि सबैलाई साथ दिन आग्रह गरेका थिए । ३ दिन सम्म चलेको गोष्ठिले यस अघि गरेका काम समिक्षा र आगामि दिनमा गर्नु पर्ने कामको कार्य योजना तयार पारेको छ । कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालय अछामका जन स्वास्थ्य निरिक्षक झनक ढुगानाले गर्नु भएको हो ।

अछामका पक्किपुल निर्माणमा ठेकदारको ढिलासुस्ति ।।

भदौ २ अछाम, रामारोशन समाचारदाता
अछामका बिभिन्न सडक जोड्ने पक्किपुल निर्माण कार्यमा ठेकदारले लापरवाही र ढिलासुस्ति गरेको पाईएको छ । जसका कारण सम्झौता सकिएको लामो समय भईसक्दा पनि पुलहरु निर्माण कार्य सम्पन्न हुन सकेका छैनन । जस अन्र्तगत सम्पन्न गर्ने सम्झौता सकिएर एक वर्ष म्याद थप्दा समेत सेती लोकमार्ग जोड्ने चित्रे पक्किपुलको काम करिव २५ प्रतिशत मात्रै भएको पाईएको छ । जिल्ला विकास समिती अछामको तथ्यंक अनुसार चित्रे नजिक बुढीगंगा नदीमाथि बन्न लागेको झण्डै १०० मिटर लामो उक्त पक्कि पुल २०७० भदौ १३ मा सम्झौता भई २०७२ बैसाख १५ भित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । तर उक्त सम्झौता सकिएर पनि एक वर्ष अर्थात २०७३ असार मसान्त सम्मको म्याद थप हुदा समेत पुलको २ वटा पिलर मात्रै बनेको पाईएको छ । २२ महिनामा निर्माण कार्य सम्पन्न गर्ने लक्ष सहित काम सुरु गरिएपनि उक्त पुलको निर्माण कार्य कछुवा गतिमा अगि बढिरहेकोमा अछामवासी भने आक्रोसित बनेका छन । ठेकदारको लापरवाहिका कारण पुलको निर्माणकार्य समयमै सम्पन्न हुन नसकेको भन्दै बिभिन्न सरोकारवालाहरुले जिल्ला प्रशासन लगायत सम्वन्धित पक्षसंग गुनासो गर्ने गरेका छन । हालै मात्र तरुण दल अछाम र वाई सि एल अछामले पनि यस विषयमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गरेको छ । अनक÷नन्देगडा र तुल्सी दुर्गा गरि ३ वटा निर्माण कम्पनिले संयुक्त रुपमा कामको जिम्मा लिएको उक्त पुलको भ्याट सहित ६ करोड ३६ लाख ३६ हजार ८ सय १६ रुपैयाँ १५ पैसा लागत स्टमेट रहेको छ । सम्झौता अवधि सकिएको थप एक वर्षमा पनि जम्मा कामको २५ देखी ३० प्रतिशत मात्रै सम्पन्न भएको जिल्ला विकास समिती अछामका ईञ्जिनियर महेन्द्र खनालले बताए । उनले भने “एक त ठेकदारको चरम लापरवाहि र गैर जिम्मेवारीपनका कारण काममा ढिलाई भईरहेको छ अर्कोतिर पुल बनाँउने दक्ष मिस्त्रीहरु नपाँउदा पनि यो अवस्था आएको हो ।” सम्झौता अवधि सकिएर एक वर्ष म्याद थप हुंदा समेत आधा काम पनि नहुनु दुःखद कुरा भएको उनको स्वईकारोक्ति छ । नदीको ओल्लो पल्लो छेउका २ वटा पिलर निर्माण गरिएपनि बिचका २ वटा पिलरको काम सुरु नभएको बताईएको छ । यद्यपी उक्त पुलको लागी बिभिन्न ३ चरणमा रकम निकासा भईसकेको जिविसको तथ्यंकले देखाएको छ । पछिल्लो समय झण्डै ८ लाख निकासा भएको पाईएको छ भने तेस्रो चरणको बिल एक करोड ३४ लाख २७ हजार ५ सय २२ उठाएको पाईएको छ । यसैविच संगै सम्झौता भएको पर्यटकीय क्षेत्र रामारोशन जोडने दर्ना स्थित कैलास नदीमा बन्न लागेको ७५ मिटर लामो पक्कि पुलको भने ९० प्रतिशत काम सम्पन्न भईसकेको छ । उक्त पुलको साईड तिरको निकासी सडक बनाँउन र आवस्यक रंग रोगन कार्य बाँकी रहेको जिल्ला विकास समिती अछामले जनाएको छ । यता उक्त पुल निर्माण कार्यमा संलग्न ठेकदार कम्पनी स्वार कन्ट्रक्सनका लक्ष्मण स्वारका अनुसार ठेक्का सम्झौता अनुसार ९९ प्रतिशत काम सम्पन्न भईसकेको छ । २ करोड ५६ लाख लागतमा पुल निर्माण गरिएपनि पुलको वारी पारी सडक जोड्ने काम स्टमेटमा नरहेकोले मात्रै आफुले बनाँउन नसकेको उनले बताए । जिल्ला विकास समितीले निर्माण आदेश दिएको खण्डमा २० देखी २५ लाख भित्रै उक्त सडक समेत निर्माण कार्य सकिने उनले बताए । उक्त पुल बनेपनि वारी पारि सडकमा नजोडीदा छविस क्षेत्रका नागरिकलाई कैलासमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । पुल निर्माण कार्य करिव करिव सकिएपनि निकास सडक नबनाँउदा छविस क्षेत्रका बिसौं हजार जनतालाई निकै सास्ति भैरहेको छ । यस्तै स्वार कन्ट्रक्सनले नै जिल्लाको ठाँटी र बाजुरा जोड्ने पक्किपुल निर्माण कार्य सुरु भईसकेको छ । जिविस अछामवाट ३२ लाख पेश्कि लिई निर्माणकार्य अगि बढिसकेको जिविसका ईञ्जिनियर खनालले बताए । अछाममा थप तिनओटा पक्कि पुलहरु निर्माणको प्रक्रिया अगि बढिसकेको भएपनि निर्माणाधिन ३ वटै पुलहरुको काममा ढिलाई भैरहनुले समस्या भईरहेको खनालले बताए ।

अछाममा १ हजार १६ विद्यार्थि एसएलसि पुरक परिक्षमा सहभागी हुदै ।।

कमल रावल, साउन १३ अछाम
शुक्रबार बिहान बाट संचालन हुने एसएलसि पुरक परीक्षा सम्पुर्ण तयारी पुरा भएको छ । यस वर्षको एसएलसि पुरक परीक्षामा अछाममा जिल्लामा १ हजार १६ विद्यार्थि सम्मलीत हुने भएका छन । जस मध्ये सबै भन्दा बढी गणित विषयमा ६ सय ९७ र सबै भन्दा कम २ शिक्षा विषयमा विदार्थिले परिक्षा दिने भएका छन । यस्तै नेपालीमा ७, अगे्रजी २ सय १६, विज्ञान ५ सय ४, समाजिक १ सय २९, स्वास्थ्य तथा जनसख्या ११, ऐच्छीक प्रथम गणित २१, अर्थशास्त्र १५, ऐच्छीक द्धितियमा ४ जनाले परिक्षा दिने भएका छन । यस वर्ष देखि ग्रेडिग पद्धतीमा नतिजा प्रकाशन भएपछी सैद्धान्तीक विषय कम्तीमा २ विषयमा म् र भ् ग्रेड नतिजा ल्याएका विद्यार्थि परिक्षा सहभागि हुन पाएका जिल्ला शिक्षा कार्यालय अछामका प्राविधिक सहयाक श्याम बाबु शाहले बताउनु भयो । मंगलसेन स्रोतकेन्द्रमा संचालन हुने परिक्षामा शोडषा उच्च मावि क केन्द्रमा शिवराज जोशि र ख केन्द्र अछाम बहुमुखि क्याम्पसमा झपट सिह रावललाई केन्द्राध्यक्ष खटईएको छ । पहिलो दिन बिहान ८ बजे अनिवार्य अग्रेजी विषयको परिक्षा हुने भएको छ ।

सदरमुकाम मंगलसेनको सडकमा स्थानिय वासिन्दाद्धारा रोपाई ।।

कमल रावल, साउन १३ अछाम
जिल्ला सदरमुकाम मंगलसेनको सडकमा बिहिबार स्थानिय वासिन्दाहरुले रोपाई गरेका छन । मध्ये पहाडी लोकमार्ग अन्र्तगत पर्ने मंगलसेन कैलाशखोला सडक खण्डको बैरागी धारा नजिक सडकमा रोपाई गरिएको छ । सडकमा नाली समेत नभएका कारण उक्त सडकमा यात्रा गर्ने पैदल यात्रुहरुलाई कठिनाई हुने गरेको छ । अछाम जिल्लाका सडकहरु वर्षयाम सुरु भए संगै हिलाम्मे भएर यातायातका साधनहरु संचालन नहुने भएका कारण विरोध स्वरुप सडकमा रोपाई गरिएको स्थानीयले वताएका छन । अछाम जिल्लामा सडक संजालको विकास भए पनी वर्षायाममा मंगलसेनको जिरो प्वाईन्ट देखि साँफेवगर हुदै डोटी जिल्लाको सिमाना चौखुट्टे सम्म कालोपत्रे भए पनि जिल्लाका अन्य ग्रामिण सडकहरुमा यातायातका साधनहरु संचालनमा अवरोध हुँदै आएको छ । लामो समयसम्म सडक हिलाम्मे भए पनि नगरपालिका, जिविस, र सरोकारवालाहरु कसैको पनी ध्यान नगएको हुदा सडकमा रोपाई गरेको रोपाई पछीको कोण सभामा वोल्दै स्थानीय टक्कर वहादुर शाहले वताए । उक्त सडकमा गाडीहरु गुडीरहेको अवस्थामा पैदलयात्रीहरु समेत हिलाम्मे हुने गरेको र गाडिलाई समेत आहोर दोहोर हुन कठिन भएको स्थानियले गुनासो गरेका छन । सदरमुकामको मुख्य सडकको हालत त यस्तो छ भने अन्य ग्रामिण सडकको दुरदशा कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । विरोध सभामा नागरिक समाज, ब्यापारी, जिल्ला स्थिति सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।