राजिनामा दिंदा कसैले हर्ष बढाइँ गर्न आवश्यक नभएको प्रधानमन्त्री ओलीको भनाई ।।

साउन १२, काठमाण्डौँ
प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट राजीनामा दिँदा छिमेकमा हर्षबढाइँ भएको खबरले आफू आश्चर्य चकित बनेको बताउनु भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा सरकार परिर्वतन हुँदा कुनै छिमेकीले हर्ष मनाउनुपर्ने र कुनैले दुःख मान्नुपर्ने अवस्था नरहेको बताउनुभयो । आफूले राजीनामा दिँदा खुसीयाली मनाउनेहरुलाई ‘नेपालमा अनिष्ट गर्छु’ भन्ने भ्रम नपाल्न पनि ओलीले चेतावनी दिनुभएको छ । नेपाल सानो मुलुक भएपनि आन्तरिक मामिला आफैं समाधान गर्न सक्षम रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालीलाई विदेशी हस्तक्षेप स्वीकार्य नहुने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय सहमतिका लागि आफू बाधक नहुने पनि बताउनुभएको छ ।

शैक्षीक कार्यसम्पादनमा अछाम सुदूरपश्चिममै उत्कृष्ट ।।

कमल रावल, रेडियो रामारोशन, अछाम
वर्षभरीको कार्यसम्पादन मुल्याँकनमा जिल्ला शिक्षा कार्यालय अछाम सुदूरपश्चिममै उत्कृष्ट भएको छ । जिल्ला शिक्षा कार्यालयहरुको क्षेत्रीय स्तरको समिक्षा गोष्ठीको अवसरमा जिल्ला शिक्षा कार्यालय अछामलाई सूदुरपश्चिममै उत्कृष्ट कार्य सम्पादन गरेकोमा अति उत्तम कार्यसम्पादनको मान्यता दिई सम्मानित गरिएको हो । क्षेत्रीय शिक्षा निर्देशनालयले धनगढीमा आयोजना गरेको क्षेत्रीय समिक्षा गोष्ठिको अवसरमा जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टलाई उत्कृष्ठ कार्यसम्पादनगरेको प्रमाणपत्र प्रदान गरि जिल्ला शिक्षा कार्यालय अछामलाई सम्मान गरिएको हो । केन्द्रिय स्तरमा गुणस्तर परिक्षण केन्द्रले कार्यसम्पादनका सूचकका आधारमा मूल्याँकन गरि अति उक्तम काम गरेको भन्दै सम्मान गरेको जिल्ला शिक्षा अधिकारी बिष्टले बताँउनुभयो । गत आर्थिक वर्ष ०७२÷७३ मा जिल्ला शिक्षा कार्यालय अछामले शैक्षीक कार्यसम्पादनका सबै सूचकहरु पार गरी ९ वटै जिल्लामा सबैभन्दा उत्कृष्ठ अंक प्राप्त गरी अति उत्तम कार्यसम्पादनको प्रमाण्पत्र पाएको जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक हरिदत्त जोशीले जाँनकारी दिनुभयो । जिशिका अछामले गत आवमा जिल्लामा अन्य संघ संस्था संगको समन्वयलाई मजबुत पारेको, आगामि दिनमा गर्ने रणनीतिहरु तय गरेको, शैक्षीक गुणस्तर सुधारका लागि एउटा मार्गचित्र तयार पारिएको र रणनीति तयार पारेकोले पनि मुल्याँकनमा समेत उत्कृष्ठ भएको जोशीले दावी गर्नुभयो । यस्तै वार्षिक कार्यक्रममा पनि कार्यसम्पादन समयमै सम्पन्न भएको माथिल्लो निकायलाई जाँनकारी गराएको तल्लो निकायसंगको समन्वयलाई मजबुत पारिएको जनाईएको छ । यस्तै सबैभन्दा ठुलो उपलब्धि बेरुजु फच्र्यौट पनि भएको जनाईएको छ । जिल्ला शिक्षा कार्यालय अछामले गत आर्थिक वर्ष ०७२÷७३ सम्ममा ८ करो ८७ लाख बेरुजु रहेकोमा ६ लाख बढी नगद असुल उपर गरेको र ५ करोड ५६ लाख बेरुजु फच्र्यौट गरेको कार्यालय प्रमुख जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले जाँनकारी दिनुभयो । आफु आईसकेपछि झण्डै ६४ प्रतिशत बेरुजु फच्यौट गरेको दावी गर्दै बालविकास केन्द्रलाई पनि ब्यावस्थित बनाँउन खोजेको र शैक्षीक गुणस्तर बृद्धिका लागि पनि अभियानको थालनी गरिसकेको जिशिअ बिष्टले बताँउनुभयो । क्षेत्रीय स्तरमा जिशिका अछाम कार्यसम्पादन मूल्याँकनमा प्रथम भएर थप हौसला समेत मिलेको उहाँको भनाई छ । यो सफलताका पछाडी जिलला स्थित शिक्षक, कर्मचारी, सञ्चारकर्मी, शिक्षा क्षेत्रमा क्रियाशिल एनजिओ आदिको सहयोगले बढि काम गरेको भन्दै जिशिअ बिष्टले सबैलाई धन्यवाद दिनुभएको छ । आगामि दिनमा पनि सबै संग सहकार्य समन्वय गरेर अगि बढ्ने र अछामको शैक्षीक गुणस्तरलाई मजबुत बनाँउन लागि पर्ने जिल्ला शिक्षा अधिकारी बिष्टले प्रतिबद्धता ब्याक्त गर्नुभयो । प्रत्येक वर्ष अन्तिम चौमासिकमा सबै जिल्ला शिक्षा कार्यालयहरुको वार्षिक कार्यसम्पादनको मूल्याँकन हुने गर्दछ ।

एकेन्द्र कुवर राष्ट्रिय खेलकुद परिषदको सदस्य पदमा मनोनयन ।।

साउन ९ अछाम

अछाम जिल्ला बुढाकोट वडा नम्बर ७ का युवा उद्यमि एकेन्द्र कुवर राष्ट्रिय खेलकुद परिषदको सदस्य पदमा मनोनयन हुनु भएको छ । राष्ट्रिय खेलकुद परिषदको खेलकुद विकास ऐन २०४८ को दफा ३ को उपदफा २ को खण्ड सुदुरपश्चिम खेलकुद परिषदबाट सिफारिस भई आएपछि खेलकुद परिषदको सदस्य पदमा मनोनयन गरिएको हो । राष्ट्रिय खेलकुद परिषदमा सदस्य सचिव केशव कुमार विष्टले हस्ताक्षर गर्नु भएको पत्र मार्फत उहाँलाई जानकारी गराईएको हो । यस्तै नेकपा एमाले अछामका उपसचिव मिना साउद केहि दिन अघि मात्र राष्ट्रिय युवा परिषद अछामको अध्यक्षतामा छानिनु भएको छ ।

नबोल्ने नसुन्ने एक बेवारीसे महिलाले दिईन नवजात शिशुको जन्म ।।

कमल रावल, साउन ६ अछाम
एक बेवारीसे महिलाले अछामको वयालपाटा अस्पतालमा नवजात शिशुको जन्म दिएकी छन । नबोल्ने नसुन्ने हातको मात्र ईसारा गर्न ेअन्दाजि ३२ वर्ष उमेरकी ति महिलाले ७ दिन अघि जिल्लाको सामुदायिक अस्पताल वयालपाटामा नवजात शिशु छोराको जन्म दिएकी हुन । बोल्न र सुन्न नसक्ने अबोला ति महिलाको नामथर ठेगाना केही पनि खुल्न नसकेको बयालपाटा अस्पताल अछामका मेडिकल डाईरेक्टर डाक्टर विकास गौचनले बताए । करिव एक साता अगाडी सुत्केरी व्याथा लागेर साफेबगर बजारको बाटोमा छट्पटाई रहेका बेला स्थानिय महिला अगुवाले अस्पताल पुराईएकी ति महिलाको साथमा करिव दुई बर्षकी एक नाबालीका छोरी समेत रहेकी छन । बेवारीसे अवस्थामा रहेकी ति महिलालाई कति दिन सम्म अस्पतालमा राख्ने र कस्लाई जिम्मा लगाउने भन्ने बारेमा अस्पताल व्याबस्थापन समिती अन्योलमा रहेको अस्पताल प्रशासनले जनाएको छ । अछामका प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मा तिमिल्सैनाले भने आफनो कार्यालय लाई कुनै आधिकारीक जानकारी नआएको र त्यस्तो अवस्थामा कुनै पनि नागरिक भेटिएमा सम्बन्धीत निकायमा प्रयास गरी खोजी र उद्धार गर्न आफु र आप्mनो कार्यालय तयार रहेको बताए । जिल्लामा रहेको महिला तथा बालबालीका कार्यालय अछामका प्रमुख भगबती अर्यालले भने आफनो कार्यालयमा कुनै जानकारी नआएको र जानकारी आएमा ति महिला र तिनका बालबालीका लाई सहयोग गर्न आफु तयार रहेको बताएकी छन । अलपत्र अवस्थामा रहेकी ति मिलाको उद्धार सहयोगको खोजीका लागी बयलपाटा अस्पतालले सबैलाई अनुरोध गरेको छ ।

अछाममा पहिलो पटक विद्युतिय हाजिरी सुरु जिल्ला प्रसासन कार्यालय अछमा ।।

अछाममा पहिलो पटक विद्युतिय हाजिरी सुरु जिल्ला प्रसासन कार्यालय अछामले जिल्लामा पहिलो पटक विद्युतिय हाजिर सेवा सुरु गरेको छ । कार्यालयको काम प्रति कर्मचारी लाइ जिम्मेवार र जवाफदेही बनाउने उद्धस्यले कार्यालय परिसरमा इ–एटेण्डेन्स मेसिन जडान गरे पछि बिहीबार बिहान बाट विद्युतिय हाजिरी सुरु भएको हो । कार्यालयमा जडान गरिएको मेसिनमा प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मा तिमिल्सिनाले बिहीबार बिहान फिङगर प्रिन्ट अर्थात दाँया हातको बुणी औला राखेर हाजिर गरेर उदघाटन गर्नु भएको हो ।“गृह मन्त्रालयमा इ–गभरमेन्स विस्तार गर्ने क्रममा जिल्ला प्रसासन कार्यालय अछाममा विद्युतिय हाजिरी सुरु गरिएको हो । ” प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सिनाले भन्नु भयो “विस्तारै जिल्लाका अरु कार्यालयमा पनि यो सेवा सुरु गरिने छ यसले पुरै समय कर्मचारी नबस्ने अवस्थामा विद्युतिय मेसिन बाट हाजिर गर्दा कुन वेला आए र कुन वेला गए सबै जानकारी राख्छ । ” जिल्ला प्रसासन कार्यालयका अनुसार विुद्युतिय मेसिनमा सबै कर्मचारीको औठा छाप मिलाइएको छ । कर्मचारी कार्यालयमा आएर उक्त मेसिनमा औठा छाप हाने पछि कर्मचारी कार्यालयमा आएको समय र कार्यालय बाट बिदा भै घर जाँदा विद्युतिय मेसिनमा औठा छाप राखे पछि कार्यालयमा आएको र गएको कम्प्युटरमा अभिलेख रहने छ । बिहिबार बाट जिल्ला प्रसासनका सबै कर्मचारीले कार्यालयमा हाजीर हुँदा र कार्यालय समय सकिए पछि फर्कीदा कार्यालय परिसरमा लगाइएको विद्युतिय मेशिनमा फिङगर प्रिन्ट अर्थात दाँया हातको बुणी औला देखाएर औठा छाप लगाउनु पर्ने छ । यसको लिंक मन्त्रालय सम्म छ यहाँ ( जिल्ला प्रसासन कार्यालय ) का सबै कर्मचारीको हरेक दिन हाजिर गरेको सम्पुर्ण जानकारी गृह मन्त्रालयमा पनि रहने प्रजिअ शर्मा तिमिल्सिनाले बताउनु भयो । उहाँका अनुसनर विद्युतिय हानिरीले कार्य सम्पादन र सेवा प्रवाह सुचना प्रविधी मैत्री हुने फाइल बाट हुने कमिकमजोरी हटने , कर्मचारी कार्यालयमा नआए पनि लामो समय सम्मको हाजिरी एकै दिन गर्ने प्रवृत्ति अन्त्य हुने छ

राउटे समुदायका जेष्ट नागरिक सम्मानित ।।

रेडियाे रामाराेशन मंगलसैन २८ असार ,अछाम

स्थित सरकारी तथा गैरसरकारी कार्यालय हरुले असारको अन्तिम तिर साना तिना बजेट सदरमुकाममा कार्यक्रम गरेर रकम फच्र्यौट गर्ने परम्परा लाइ चुनौती दिदै जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयले यस पटक आफनो एक कार्यक्रम फरक तरिकाले सम्पन्न गरेको छ । असारको भारी बर्षा , झरी मा बिग्रेका सडकको यात्रा गर्दै स्वास्थ्य कार्यालयले नाडा गाविस ४ बुदेको लेकमा रहेको राउटे बस्तीमा पुगेर सो समुदायका जेष्ट नागरिकलाइ सम्मानित गरेर नयाँ कामको थालनी गरेको हो । लोपोन्मुख राउटे समुदायका जेष्ट नागरीक लाइ खादा र उपहार प्रदान गरेर सम्मान गरिएको राउते समुदायका सम्पर्क ब्याक्ती धनबहादुर बुढाले जानकारी दिनु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डा. शरदचन्द्र बराल र तोषी स्वास्थ्य चौकीकी इन्चार्ज लक्ष्मी शाहीले राउटे समुदायका बृद्ध, बृद्धा लाइ खादा र उपहार प्रदान गरि सम्मा गर्नु भएको थियो । राउटे समुदायका बरिष्ट मुखिया महिनबआदुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. शरदचन्द्र बराल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा रेडियो रामारोशनका कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैना जनस्वास्थ्य निरिक्षक झनकराज ढुंगाना , परिवार नियोजन सुपरभाइजर भ्वानसिंह कुँवर , तोषी स्वास्थ्य चौकीका इनचार्ज लक्ष्मी शाही र राउटे समुदायका सम्पर्क ब्याक्ती धनबहादुर बुढाको उपस्थिती रहेको थियो ।

निर्माण कार्य सुरु भएको ५ बर्ष बितीसक्दापनी स्वास्थ्यचौकी बारलाको भवन निर्माण कार्य अझै पुरा भएन, ठेकेदारको चरम लापरबाहीका कारण निर्माण कार्य पुरा नभएको स्थानीएको आरोप ।

टेक बहादुर थापा , रेडियाे रामाराेशन

ईलाका स्वास्थ्यचौकी बारलाको भवन निर्माण कार्य सुरु भएको ५ बर्ष बिती सक्दापनी अझै पुरा भएको छैन । शहरि विकास तथा भवन निर्माण विभाग डोटीको १ करोड २४ लाखको आर्थिक सहयोगमा २०६८ साल देखी निर्माण कार्य सुरु गर्न थालीएको स्वास्थ्य चौकीको १६ कोठे भवन ५ बर्ष बितीसक्दापनी पुरा नभएपछि स्थानीय अच्चमीत भएका छन । भवनको निर्माण गर्ने काम सम्पन्न भएपनी अन्य सबै कामहरु अधुरै रहेको स्वास्थ्य ब्यावस्थापन समिती बारलाका अध्यक्ष नन्द बहादुर शाहीले बताउनु भएको छ । भवनको केही कोठामा झ्याल र ढोका नलगाएको, शौचालय, खानेपानीको काम पुरा नभएको र काम भएको ठाउमापनी प्रभाबकारी नभएको त्यस क्षेत्रका स्थानीयले बताएका छन । स्वास्थ्य चौकीको आधा काम अझै बाकी रहदापनी निर्माणको जिम्मा लीएका ब्यक्तिले अहीले सम्म कुनैपनी चासो नदेखाएको ब्यबस्थापन समितीका अध्यक्ष शाहीले बताउनुभयो । पाच पाच बर्ष बितीसक्दापनी एउटा भवन पुरा नहुनु लाजमर्दो कुरा भएको बारलाका स्थानीय अगुवा छत्र बहादुर शाहीले गुनासो गर्नुभयो । एउटा ब्यक्तिको घर बनाउदा एक वा दुई बर्षमा सम्पन्न गरिसक्ने तर सरकारी कार्यालयको भवन ५ बर्ष बितीसक्दापनी पुरा नहुनु यो दुखद कुरा भएको शाहीको भनाई छ । निर्माणको जिम्मा लीएका स्थानीय राम बहादुर शाहीलाई स्वास्थ्य ब्यबस्थापन समितीले पटक पटक निर्माण कार्य सम्पन्न गर्न अनुरोध गरेपनी सुनुवाई नगरेको स्वास्थ्य ब्यबस्थापन समितीले जनाएको छ । गत बर्षको अषाढ मसान्तमा निर्माण कार्य पुरागर्नु पर्ने भवनको अझै आधा काम बाकी रहेको छ । भवनको निर्माण कार्य अहीले सम्म पुरा नहुदा आफूलाई स्वास्थ्य सेवा दिन निकै समस्या भईरहेको स्वास्थ्यचौकी बारलका ईन्चार्ज बिजय शाहको भनाई छ । स्वास्थ्यचौकी बाट प्रसुती सेवा समेत प्रदान भईरहेकाले भवन निर्माण कार्य पुरा नहुदा प्रसुती सेवा दिनपनी असजिलो भईरहेको ईन्चार्ज शाहले बताउनुभयो । ईलाका स्वास्थ्यचौकी बारला संगै निर्माण कार्य सुरु भएका ईलाका स्वाथ्यचौकी कालीकास्थान, ईलाका स्वास्थ्यचौकी जूपूको निर्माण कार्य गत बर्ष नै सम्पन्न गरी नवनिर्मीत कार्यालय बाट काम संञ्चालन भईसकेका छन भने स्वास्थ्यचौकी बिनायकले अषाढ २५ गते बाट मात्र नया भवन बाट सेवा दिन सुरु गरेको छ । ५ बर्ष सम्मपनी एउटा भवन पुरा नहुनु निर्माणको जिम्मा लीएका ब्यक्तिको चरम लापरबाही देखीएको त्यस क्षेत्रका स्थानीयको भनाई छ । उता स्वास्थ्यचौकी बारलाको भवन निर्माणको जिम्मा लीएका त्यस क्षेत्रका अगुवा राम बहादुर शाहीले भने ठेकेदारको लापरबाहीका कारण निर्माण कार्यमा ढिलाई भएको बताउनुभयो । आफूले स्थानीए भएको हिसाबले निर्माणको जिम्मा मात्र लीएको र ठेकेदार तपेन्द्र शाहले समयमै आवश्यक सामाग्री नपठाउदा ढिलो भएको उहाको भनाई छ । भवन समयमै सम्पन्न गराउने आफ्नो तर्फबाट पनी पहल गरेको र ठेकेदारको लापरबाहीका कारण ढिला भएको भनाई राख्नुभयो । भवनको अझै १० लाख भन्दा बढीको काम बाकी रहेको शाहीको भनाई छ । यता स्वास्थ्यचौकी मष्टाबण्डालीको निर्माण कार्यपनी अलपत्र अवस्थामा छ । ठेकेदार छत्र कडायतको चरम लापरबाहीका कारण भवन निर्माण कार्य अलपत्रै अवस्थामा रहेको त्यस क्षेत्रका अगुवाहरुले बताएका छन । शहरि विकास तथा भवन निर्माण विभाग डोटी बाट संञ्चालीत हरेक विकास निर्माणका काममा चरम लापरबाही देखीएको निर्माण कार्य भईरहेका ठाउमा स्थानीयले बताएका छन ।

खप्तडको पर्यटन बिकासका लागि एमाले बढाउन छ अभियानका ।।

कमल रावल, जेठ १७, अछाम
प्रेस चौतारी अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमाले अछामले यहि जेठ १२ देखि १४ गते सम्म पर्यटकिय स्थल खप्तडमा गरेको २३ औँ विस्तारित बिशेष बैठकमा गरिएका निर्णय सार्वजनिक गरेको छ । प्रेस चौतारी अछामका उपाध्यक्ष कालु सिह बोहराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रमुख अथिती जिल्ला अध्यक्ष शेर बहादुर कुवरले पत्रकार सम्मेलन मार्फत सबै निर्णय सार्वजनिक गर्नु भएको थियो । खप्तड क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि पार्टी मार्फत १६ बुदे घोषणा पत्र जारी गरिएको छ । जिल्ला तथा राष्ट्रको ध्यान पर्यटकिय क्षेत्र खप्तडमा पुग्न नसकेकाले आफनो पार्टी मार्फत राज्यको ध्यान सो क्षेत्र पुगाउने पहिलो लक्ष्य रहेको उहाँले बताउनु भयो । आफनो पार्टिको मुख्य लक्ष्य खप्तडमा बैठक गरि सो क्षेत्रको पहिचान भईसकेकाले अब समग्र सुदुरपश्चिमको आर्थिक रुपान्तरणका लागि सबै जिल्ला तथा ७ नम्बर प्रदेशका राजनितिक दलले प्रर्यटकिय क्षेत्रको प्रबद्र्धनका लागि जोडका साथ लाग्नु पर्ने बताउनु भयो । पत्रकार सम्मेलन मार्फत उहाँले ३ दिन सम्म पार्टिको बैठकले खप्तड क्षेत्रको पर्यटकिय विकासका लागि भौतिक पुर्वाधारको अभाव, सडक विस्तार हुनु नसकेको, सबैको ध्यान आकर्षण पुग्न नसकेकाले सबै यसको विकासका लागि अब आफनो पार्टी मार्फत झकझक्याउने निर्णय भईसकेको उहाँले जानकारी दिनु भयो । पर्यटन बोर्ड मार्फत राज्यको करोडौँ लगानि भएपनि देखिने गरि केहि पनि विकास नभएकाले आगामि दिनमा सम्बन्धीत निकायमा छान विनका लागि पहल गर्ने जानकारी गराउनु भयो । आगामि दिनमा जिल्लाको समग्र पहल लागि भएका निर्णय अनुसार लागु गर्नका लागि के पहल हुन्छ भन्ने सञ्चार कर्मिको जिज्ञासामा अध्यक्ष कुवरले २०६३ सालमा आएको खप्तडका बाढी पिडितले अझै राहत पाउन नसकेकाले राहतका लागि पहलगर्ने, आगामि दिनमा सबै क्षेत्रकाप र्यटकिय क्षेत्रको विकासका आफनो पार्टीबाट गर्न सकिने पहल गरिने बताईएको थियो । सो क्षेत्रको दायित्व बोझ राज्यले गर्न नसकेकाले आगामि दिनमा आफना कार्यकर्तालाई उत्पादन मुखी कार्यमा लाग्नलाई निर्देशन दिईएको उहाँले जानकारी गराउनु भएको थियो । अब आगामि दिनमा सेतीलोक मार्ग, मध्यपहाडी राज्यमार्ग चाडै काम सम्पन्न भई सुचारु भएमा पर्यटन क्षेत्रको विकास हुने भएको र बाह्य र आन्तरिक पर्यटक बढदै जाने निष्कर्ष निकालिएको थियो । साथै आगामि दिनमा खप्तडको पर्यटन विकास लागि सो क्षेत्र जोडिएका बझाग, डोटी, बाजुरा र अछाम जिल्लाका सबै राजनितिज्ञ तथा सरोकारवालाले ध्यानदिनु पर्ने निष्कर्ष निकालिएको जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा एमाले पार्टी सचिव यज्ञ बोगटी, संगठन विभाग प्रमुख पदम बोहरा, सचिवालय सदस्य एँव प्रचार प्रसार विभाग प्रमुख भिम जनाला, जिल्ला सचिवालय सदस्य चन्द्र बोहरा, जंगविक, पत्रकार महासंघका पुर्व अध्यक्ष वेद प्रकाश तिमिल्सैना, प्रेस चौतारीका केन्द्रिय प्रतिनिधी एँव पुर्व उपाध्यक्ष नरेश कुमार शाही, अनेरास्वीयु अछामका अध्यक्ष डम्मर विसि लगाएतको उपस्थिती रहेको थियो । बैठकको सञ्चालन प्रेस चौतारी अछामका सचिव टेक बहादुर थापाले गर्नु भएको हो ।

प्रेस चौतारी नेपालको आठौँ महाअधिवेशन बाट रेडियो रामारोशनका अध्यक्ष कुँवर केन्द्रीय सदस्य पदमा चयन ।।

 रेडीयाे रामाराेशन,मंगलसेन,८ , जेठ

चौतारी नेपालको आठौँ महाअधिवेशनले रेडियो रामारोशनका अध्यक्ष एकिन्द्र कुमार कुँवर लाइ केन्द्रीय सदस्य पदमा चयन गरेको छ । अछाम बाट चौतारीको प्रतिनीधी कुँवरलाइ महाअधिवेशनले शनिवार सर्बसम्मत केन्द्रीय सदस्यमा चयन गरेको हो । अछाम जिल्लामा ब्यवसायीक पत्रकारीता सुरुवात गर्ने कुँवर २० बर्ष देखी पत्रकारीतामा क्रियाशिल हुनुहुन्छ । नेपालगञ्ज बाट पत्रकारीता सुरु गरेका चौतारीका नवनिर्वाचित सदस्य कुँवर संग राजधानीका कान्तीपुर लगाएत ठुला मिडिया हाउस र मोफसलमा काम गरेको अनुभव छ । अछामको बयलपाटा गैरागाउका स्थानिय बासिन्दा कुँवरलले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि रेडियो रामारोशन संग कुरा गर्दै अछाम जिल्लामा मर्यादित , ब्वस्थित , भयरहित पत्रकारीताकाका साथै शुसान र अधिकारका क्षेत्रमा ससकत भएर क्रियाशिल हुने बताउनु भयो । आजै रेडियो रामारोशनका तर्फ बाट कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैलाले एक बिज्ञेप्ती मार्फत प्रेस चौतारी , नेपालको आठौ महाअधिवेशन बाट केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएका रेडियोका अध्यक्ष कुँवरको कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । प्रज्ञा भवन कमलादी काठमांडौमा विहिवार बाट सुरु भएको चाैतारीको महाअधिवेशन गणेश बस्नेतको नेतृत्वमा सर्बसम्मत नेतृत्व चयन गर्दै शनिवार सम्पन्न भएको छ ।

बौद्ध दर्शन स्वीकारी अगाडि बढ्न सके मानवकल्याण हुन्छः प्रधानमन्त्री

काठमाडौं, जेठ ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले २५६० औँ बुद्धजयन्तीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै बौद्धदर्शनलाई स्वीकारी अगाडि बढ्न सके मात्र मानवकल्याण प्राप्त हुने बताउनुभएको छ । शनिबार शुभकामना सन्देश दिँदै उहाँले नेपालको भूमिमा जन्मेर मानवकल्याणका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको उल्लेख गर्दै बुद्ध विचारले अहिंसा, सद्भाव, मानवकल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचार विश्वभर लोकप्रिय हुन सकेको बताउनुभयो । सन्देशमा भनिएको छ, ‘बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात् गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’