अछामको तुर्माखादमा बृहत सांस्कृतिक महोत्सव हुँदै ।।

कमल रावल असाेज २१ अछाम , अछामको तुर्माखाँदमा बृहत तुर्माखाँद सांस्कृतिक महोत्सव २०७३ हुने भएको छ । राष्ट्रिय तथा स्थानिय कलाकारहरुका वेजोड प्रस्तुतिका साथमा यहि कात्तिक ७, ८ र ९ गते भब्य कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । दिपावलिको अवसर पारेर तुर्माखाँद युथ एण्ड स्पोर्ट क्लबको आयोजनामा आफनो कला संस्कृत बचाउनका लागि महोत्सव गर्न लागिएको क्लबका अध्यक्ष बम बहादुर बुढाले बताउनु भयो । कार्यक्रमलाई सफल पार्नका लागि जिल्लास्तर तथा छिमेकि जिल्लामा प्रचारप्रसारको कार्य अघि बढाईएको उहाँले बताउनु भयो । ३ दिन सम्म चल्ने महोत्सवमा चर्चित लोकदोहोरी गायक खुमन अधिकारी, गोपाल नेपाल जिएम, अनिता चलाउने, तुल्सी घर्तिमगर, चिरञ्जीवी सापकोटा लगाएत स्थानिय तथा राष्ट्रिय कलाकारका बेजोड प्रस्तुती रहने भएका छन । यस्तै अन्य कलाकार सागर देव, फराज अर्पण, पुथ्वी शाही, दिलिप भाईरस, सुरेन्द्र बुढा, जोसेफ शाही, अमृता लामिछाने, डम्मर विक, सागर प्रसाई, सरला शाही, धिरेन्द्र शाही, उपेन्द्र विसि लगाएतका समेत आफना आफना प्रस्तुती रहने भएका छन । सास्कृतिक महोत्सवकै अवसरमा कात्तिक ९ गते बाटै खुल्ला भलिवल प्रतियोगिताको आयोजना समेत गरिएको छ । अछाम, कालिकोट, दैलेख तथा सुर्खेत जिल्लाको भलिवल टिमको सहभागिता रहने प्रतियोगितामा उपाधि जित्नेले नगद २० हजार हात पार्नेृ क्लबका सदस्य पुथ्वी शाहीले बताउनु भयो ।

दशैँ विशेष बृहत सास्कृतिक उत्सव २०७३ सम्पन्न ।।

कमल रावल, रेडीयो रामारोशन अछाम
यहि असोज १४ देखि अछाम सदरमुकाम मंगलसेनमा सुरु भएको दशैँ विशेष बृहत सास्कृतिक उत्सव २०७३ को विहिवार समापन गरिएको छ । मुल आयोजक समितीका संयोजक पदम बहादुर धामिको अध्यक्षतामा भएको समापन कार्यक्रममा अछाममा न्यायधिश हरि प्रसाद शर्मा उपाध्याय,पँगेनी प्रमुख अथिती रहनु भएको थियो । “कला र संस्कृतिको पहिचान, प्रगतिशिल अछामी युवाको अभियान ” भन्ने नाराका अछामको खुल्ला मंञ्मा ७ दिन सम्म चलेको सास्कृतिक उत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारले आफना थुप्रै प्रस्तुती राखेका थिए । समापन कार्यक्रममा बोल्ने अंधिकाश बक्ताले जिल्लाको भाषा कला जगेर्नाका लागि साँस्कृतिक महोत्सवले ठुलो योगदान दिएको बताएका थिए । थुप्रै समस्याका बिच पनि एक हप्ता सम्म स्थानिय र राष्ट्रिय कलाकारलाई एकै ठाउमा भेटगराई कला सस्कृति जगेर्ना गर्न ठुलो योगदान पुरयाएकाले आयोजकलाई अथिती वक्ताले धन्यवाद ज्ञापन गरेका थिए । आगामि दिनमा जिल्लाका मुख्य व्यापारिक केन्द्रमा यस्ता कार्यक्रमलाई लैजाने सके कला सस्कृतिको जगेर्ना हुने बताएका थिए । आगामि दिनमा स्थानिय उत्पादनलाई प्रर्वद्धन गर्दै जाने हो भने जिल्लाको आर्थिक स्तर समेत माथि उठ्दै जानेमा उनिहरुले जोड दिएका थिए । कार्यक्रममा नेपाली काग्रेसका पुर्व जिल्ला कार्य समिती सदस्य विष्णु बहादुर खड्का, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा, नेकपा माओवादि केन्द्रका कार्यालय सचिव मदन कुमार भुल, अछामका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा तिमिल्सैना, उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष राम बहादुर शाही, पत्रकार महासघ अछामका उपाध्यक्ष जनक भण्डारीले प्रतिबद्धता सहितको मन्तव्य राख्नु भएको थियो । कार्यक्रम समापनको क्रममा गायक टँक तिमिल्सैना, लाल बहादुर थापा, सुशिला थापा, महेन्द्र विक, नरेन्द्र रावलले आफना गित प्रस्तुत गर्नुका साथै कलाकार रोजि कुवरले आफनो नृत्य समेत प्रस्तुत गर्नु भएको थियो । समापन कार्यक्रममा बोल्दै मुल आयोजक समिती संयोजक पदम बहादुर धामिले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै प्रायोजक, अथिती कलाकार, जिल्लका राजनितिज्ञ, सरोकारवाला, सञ्चारकर्मि सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अछामका अध्यक्ष भोजराज भाट्को स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन नयाँ तारा कलासागर अछामका सचिव केशव भुलले गर्नु भएको थियो । कार्यक्रम एस। बि। रामारोशन फिल्मस प्रा। लि। र राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान अछामको आयोजना र नयाँतारा कला सागर अछामको सह आयोजनामा भएको हो ।

छाक टार्न गिट्टी कुट्ने बृद्धलाई बिदेशमा रहने नेपालीबाट ६३ हजार ५ सय सहयोग ।।

कमल रावल, अछाम १२ माघ
अछाम सदरमुकाम मंगलसैन–५ की एक बृद्ध महिलालाई अन्नपूर्ण अनलाईनमा फोटो प्रकाशित भए पछि बिदेशबाट नगद सहयोग प्राप्त भएको छ । साँझ बिहानको छाक टार्न सडक छेवैमा गिट्टी कुट्दै आएकी ७५ वर्षिया जलु बिकको गिट्टी कुट्दै गरेको फोटो अन्नपूर्ण पोष्टको अनलाईनमा प्रकासिश भए पछि बिदेशमा रहेका नेपालीबाट ६३ हजार पाच सय नगद सहयोग प्राप्त भएको हो । सहयोग स्वरुप प्राप्त उक्त रकमको चेक मगलबार अन्नपुर्ण पोष्ट अछाम संवाददाता शिवराज खत्रीले जलुलाई उनी गिट्टी कुटिरहेको स्थानमै गएर हस्तान्त्रण गर्नुभयो । अनलाईमा प्रकाशित भएको उक्त फोटो हेरेर बाग्लुङमा घर भई हाल लण्डनमा रहने कृष्ण प्रसाद शर्माको पहलमा उक्त रकम संकलन भएको हो । रकम संकलन कार्यमा शर्माको पहलमा लण्डन तथा इजरायलमा रहेका थुप्रै नेपालीले सहयोग गरेको शर्माले इमेलबाट जानकारी दिनुभयो । रकम प्राप्त गरिसकेपछि जलुले खुसीका आँसु झार्दै आफूलाई सहयोग गर्नेहरुको सधैँ प्रगति उन्नतीको कामना गर्दै उनीहरुले चाहेको कुरा पुयाई दिनु भनेर दुई हात जोड्दै इश्वरसँग प्राथनासमेत गर्नुभयो । लण्डनमा रहेर लामो समय देखि नेपालका लागि बिभिन्न सामाजिक कार्य गर्दै आएका शर्माले हालै मात्र साथीहरुकै सहयोगमा ५ बर्ष देखि शारिरीक एवम् मानसिक रुपमा बिछिप्त रही ओडारमा बस्दै आएकी जाजरकोटकी एक महिलाको उपचारको प्रवन्ध मिलाउनुका साथै निकट अहिले चितवनका एक दृष्टि विहिन एवं बहिरा चेपाङ दम्पतीका लागि घर निर्माणको पहल गरिरहेको समेत जानकारी दिनुभएको छ ।

कोरियाले माघ तेस्रो हप्ताबाट नेपाली कामदार लैजाने

काठमाडौं, पुस ९
रोजगारी अनुमति प्रणाली ९इपिएस० कोरिया छैटौं भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनाको व्यक्तिगत विवरणसहितको सूची दक्षिण कोरिया पठाउने क्रम आज सकिएको छ । इपिएस कोरिया शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार भाषा परीक्षामा उत्तीर्ण भई स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदन सकारात्मक भएका उम्मेदवारको प्राथमिक सूची कोरिया पठाउने कार्य आज सकिएको हो । सूचीमा रहेका आवेदकमध्ये मानव संसाधन विभाग कोरियाले जाँचबुझ गरी दुई हप्ताभित्र स्वीकृत भएकाको विवरण नेपाललाई पठाउनेछ । सूचीमा रहेकाको रोस्टर तयार पारी नेपालले कोरिया पठाएपछि रोजगारदाताले सोही सूचीबाट आफूलाई उपयुक्त लागेको व्यक्ति छनोट गर्नेछ । रोजगारदाताले व्यक्ति छनोट गरी श्रम सम्झौतामा दस्तखत गरी नेपाल पठाएपछि यहाँ रहेको आवेदकले पनि सो सम्झौतामा हस्ताक्षर गरेपछि प्रवेशाज्ञा लगायतको प्रक्रिया पूरा गरी रोजगारीका लागि कोरिया जान पाउने व्यवस्था छ । यस वर्षको भाषा परीक्षामा उत्तीर्ण भएकाहरुले सूचीअनुसार माघको तेस्रो हप्ताबाट कोरिया जान पाउने बाँस्तोलाले जानकारी दिए । ‘भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये दुई वर्षभित्र जस–जसको माग आउँछ, उनीहरु जान पाउँछन्, माग नआएकाहरु अवधि सकिएपछि कोरिया जान पाउँदैनन्,’ उनले भने । सन् २००८ बाट इपिएसमार्फत कोरियामा नेपाली कामदार पठाउन सुरु गरिएकामा हालसम्म ३५ हजारभन्दा बढी कामदार सो प्रणालीमार्फत गइसकेका छन् । यो प्रणालीमार्फत जाने कामदारले चार वर्ष १० महिना काम गर्न पाउँछन् । यस वर्ष भाषा परीक्षामा उत्तीर्ण गरेकामध्ये ६० प्रतिशतभन्दा बढीले गत मङ्सिर ९ देखि १४ सम्म भएको सीप परीक्षणमा उत्कृष्ट अङ्क प्राप्त गरेका छन् । कोरियाले इपिएस प्रणालीबाट १६ देशबाट कामदार लगिरहेकामा ती देशमध्ये सीप परीक्षणमा सबैभन्दा बढी प्रतिशत उत्कृष्ट अङ्क ल्याउने नेपालका कामदार बनेका छन् ।

कपडा सिलाउने एउटा मेसिनबाट चम्फा बनिन् करोडपति ।।

धनगढी, साउन ३२
रेडियो रामारोशन एफएम, अछाम
मिहिनेत र परिश्रमले सफलता शिखरमा पुग्न सकिन्छ भन्ने उदाहरण यहाँकी एक महिलाले दिएकी छिन् । धनगढी नगरपालिका–२ की चम्फा हमालले होजियारी व्यावसाय गरेर उदारणीय सफलता हासिल गरेकी छिन् । १५ बर्षको कलिलो उमेरमै विवाह बन्धनमा बाँधिएकी हमालको पारिवारिक अवस्था निकै कमजोर थियो । हमालले विसं ०४३ सालमा नारी सिल्पकला अहिलेको महिला विकासबाट तीन महिने तालिम लिइन । तालिम भविष्यमा सानोतिनो आर्जनक गर्ने सोचको उपज थियो, किनकि त्यतिबेला उनको परिवारको आर्थिक अवस्था निकै कमजोर थियो । ‘जतिबेला तामिल लिएकी थिएँ, हाम्रो परिवारको आर्थिक अवस्था निकै कमजोर थियो’ उनले रातोपाटीसँग सुनाइन् ।

सिकेको सीपको सदुपयोग गर्न हमालले ०४६ सालमा धनगढीको क्षेत्रीय प्रहरी कार्यलयअगाडी एउटा मेसिन राखेर प्राइभेट ट्रेनिङ सेन्टर स्थापना गरिन् । श्रमिक आपूर्ति केन्द्रबाट सिलाई कटाई पनि सिकेकी थिइन् हमालले । त्यसैका आधारमा कञ्चनपुरको टाउनमा प्रशिक्षण दिन थालिन् । उनले छ महिना ज्यालादारीमा प्रशिक्षण दिइन्, यसको उदेश्य पनि घरको आर्थिक अवस्थामा सुधार नै थियो । ‘घरको आर्थिक अवस्था निकै कमजोर थियो म त्यही बसेर प्रशिक्षण दिन थालेँ’ उनले भनिन्, ‘मेरो उसबेला मासिक तलब ९०० रुपैयाँ मात्र थियो ।’ ज्यालादारीमा प्रशिक्षण दिने काम सकिएपछि उनले घरेलुको एक महिला कर्मचारीकोसम्पर्कमा अर्को काम थालिन् । किलोको २० रुपैयाँमा तीन महिनासम्म गलबन्दी र स्वीटर बुन्ने काम शुरु गरिन् । काम गर्ने जागर थियो । अनुभवले खारिदै गएकी थिइन् । तर, पनि उनले अलि–अलि बचत गर्न सकिन्न् । कमाएको पैसा घर खर्चमै सकिन्थ्यो । उनीसँग काम गर्ने चाहना थियो । पैसा थिएन । प्रविधिको खोजीमा थिइन् उनी । त्यस्तैमा नागरिकता आधारमा कृषि विकास बैंक धनगढीले एउटा मेसिन ऋण दियो ।

त्यही ऋण उनका लागि सफलताको मार्गदर्शन बन्यो । कृषि विकास बैंकबाट कपडा सिलाउने मेसिन पाइसकेपछि उनले फिल्म हल अगाडि खोकामा मेसिन राखिन् । मेसिन त पाइन् तर उन किन्ने पैसा उनीसँग हुदैनथ्यो । धनगढीको राजभण्डारले उनलाई उधारोमा धागो दियो । त्यसपछि उनले आफ्नै मेसिङबाट गलबन्दी र स्वीटर बुन्ने काम शुरु गरिन् । ०४७ सालमा सटर भाडामा लिएर काम थालिन् । काम गर्दै जाँदा अर्को मेसिन थपिन् । चार जना महिलालाई जागिर पनि दिइन् । तानबाट गलबन्दी बुन्ने काम थियो । एउटा गलबन्दीको १० रुपैयाँ कामदारले पाउथे । ‘तानबाट गलबन्दी बुन्ने काम हो, एउटा गलबन्दीको १० रुपैयाँ कामदारले पाउथे’ उनले आफ्नोमा काम गर्नेहरुलाई दिएको सुविधावारे बताइन् ।

एकपछि अर्को गर्दे उनले मेसिन थप्दै गइन । अहिले उनीसँग नेटिङ मेसिन सात र प्mलाइट मेसिन नौ वटा छन् । आफ्नो पेशामा बुवाले आर्कषण गराएको उनले बताइन् । ‘मलाई यो पेशातर्फ आकर्षित गराउन बुवाको ठूलो हात छ । सानै छँदा बुवाले साइकलको तिल्लीमा स्वीटर बुनाउने काम सिकाउनु हुन्थो ।’ उनले सम्झिइन् । धनगढी नगरपालिका २ निवासी रामप्रकाश हमालसँग १५ वर्षको उमेरमा विबाह बन्धनमा बाँधिएकी उनका विगतका वर्ष निकै संघर्षपूर्ण विते । तर, अहिले भने जीवन शैली फरक छ । आर्थिक हिसावले फरक छ । सिकेको सीपको सदुपयोग गरेर उनले अहिले करोडौंको सम्पत्ति जोडेकी छिन् । बजार नजिकै अढाई कट्टा जमिन खरिद गरी दुई तले घर बनाएकी छन् । तिन वटा १० चक्के ट्रक छन् । बार्षिक झण्डै दुई करोडको कारोबार गर्छिन । घरका सबैले रोजगारी पाएका छन् । उनको दिनेश होजियारीमा १८ जना कामदार छन् । आफ्ना उत्पादित सुदुरपश्चिका नौ जिल्लामा विक्री हुन्छन् । सुइटर धेरै बोर्डिङले किन्छन् ।

उनको होजियारीमा उत्पादित बस्तु सुदूरपश्चिमका नौ वटै जिल्ला र दैलेख सम्म निर्यात हुने गरेको छ । हमालको काममा उनका पति रामप्रकाशले निकै सघाउँदै आएका छन् । भन्छन्, ‘कामको निरन्तरता र मेहनतले नै यहाँसम्म पुगेका हौं ।’ लामो समयदेखि होजियारी पेशामा लागेकी चम्फा गत वर्ष सुदूरपश्चिमबाट उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत पनि भएकी हुन् । उद्योगमन्त्री महेश बस्नेतले उनलाई प्रमाणपत्र प्रदान गरेका थिए । धेरै वर्षपछि सम्मानित हुने अवसर पाएपछि उनी झन उत्साहित बनेकी छिन् । काम गरे सफलतासँगै योगदानको कदर पनि हुँदो रहेछ भन्ने विश्वास पाएको उनको भनाइ छ ।

पेट्रोल, डिजल, मट्टितेल, ग्याँस र हवाई इन्धनको मुल्य घट्यो

काठमाडौं, साउन १७
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमै भाउ घटेकाले निगमले, पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाई इन्धनको मुल्य घटाएको हो । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । मुल्य घटेसँगै अब पेट्रोल प्रतिलिटर १ सय ६ रुपैयाँ ५० पैसा पर्छ भने डिजेल र मट्टितेल लिटरको ८४ रुपैयाँ पर्ने छ । यसैगरी खाना पकाउने एलपी ग्यासको मुल्य प्रतिसिलिण्डर ३५ रुपैयाँ घटाएर १ हजार ४ सय ३५ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धनपनि आन्तरिकतर्फ लिटरको १५ रुपैयाँ घटाईएको छ । अब आन्तरिकतर्फ हवाई इन्धनको मुल्य १ सय १८ पर्छ । यस्तै अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिकिलोलिटर ७५ डलर घटेर १३ सय २५ डलर कायम भएको छ । नयाँ मुल्य आइतबार राती १२ बजेपछि लागु हुने छ ।

सरकारले ल्यायो ८ खर्ब १९ अर्बको बजेट

२९ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजाररुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालु खर्चतर्फ ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार विनियोजन गरिएको छ । यसैगरी पूँजीगत खर्चतर्फ २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार रुपैयाँ विनियोजन गरिएको छ । विनियोजन गरिएको यो रकम कुल बजेटको क्रमशः ५९।१ प्रतिशत, २५।५ प्रतिशत र १५।४ प्रतिशत हो । सरकारले गत आर्थिक वर्षमा ६ खर्ब १८ अर्ब १० करोड रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालु खर्चतर्फ कुल बजेटको ६४।५ प्रतिशत अर्थात ३ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । यसैगरी पूँजीगत खर्चतर्फ १ खर्ब अर्ब ६६ अर्ब ७५ करोड रुपैयाँ अर्थात १८।९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १६।६ प्रतिशत १ खर्ब २ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
यस्तो छ बजेटको स्रोत
सरकारले आगामी आर्थिक वर्षको अनुमानित बजेटको स्रोत राजश्वबाट ४ खर्ब ७५ अर्ब १ करोड २१ लाख रुपैयाँ रुपैयाँ व्यहोर्ने भएको छ । त्यस्तै, साँवा फिर्ता प्राप्तीबाट २ अर्ब र वैदेशिक अनुदानबाट १ खर्ब १० अर्ब ९२ करोड ९४ लाख ७ हजार रुपैयाँ जुटाउने भएको छ । राजश्व, साँवा प्राप्ति र वैदेशिक अनुदानबाट रकम उठाउँदा पनि २ खर्ब ३१ अर्ब ५२ करोड ७३ लाख ७७ हजार रुपैयाँ न्यून हुन आउँछ । उक्त न्यून रकम पूर्ति गर्न वैदेशिक ऋणबाट ९४ अर्ब ९६ करोड ४७ लाख ४ हजार रुपैयाँ जुटाइने भएको छ । राजश्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा १ खर्ब ३६ अर्ब ५६ करोड २६ लाख ७३ हजार रुपैयाँ न्यून हुन्छ । सो पूर्ति गर्न ८८ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट र ४८ अर्ब ५६ करोड २६ लाख ७३ हजार रुपैयाँ चलु वर्षको नगद मौज्दाताबाट ब्यहोरिने भएको छ । सरकारले गत आर्थिक वर्षको अनुमानित बजेटको स्रोत राजस्वबाट ४ खर्ब २२ अर्ब ९० करोड रुपैयाँ व्यहोर्ने जनाएको थियो । त्यस्तै साँवा फिर्ता प्राप्तिबाट १ अर्ब र वैदेशिक अनुदानबाट ७३ अर्ब ३८ करोड ५९ लाख २४ हजार रुपैयाँ जुटाउने बताएको थियो । नपुग भएको रकममध्ये वैदेशिक ऋणबाट ४९ अर्ब ५२ करोड ८७ लाख ७० हजार रुपैयाँ जुटाइने अर्थमन्त्री डा। महतले बताएका थिए । नपुग रकममध्ये ५२ अर्ब ७५ करोड आन्तरिक ऋणबाट र १८ अर्ब ५३ करोड ५३ लाख ६ हजार रुपैयाँ चालु वर्षको नगद मौज्दातबाट व्यहोरिने बताइएको थियो ।
नयाँ बजेट कुन क्षेत्रमा कति रु
आगामी वर्षका लागि पनि सरकारले सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ । मन्त्री महतले शिक्षा क्षेत्रमा ९८ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । गत वर्षपनि शिक्षा क्षेत्रमा सबैभन्दा बढी अर्थात ८२ करोड रुपैयाँ बजेट छुट्याएको थियो । त्यसैगरी नयाँ बजेटमा सुरक्षा क्षेत्रमा ७१ अर्ब ५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । कृषिमा ६६ अर्ब ८२ करोड, यातायातमा ६२ अर्ब २६ करोड, उर्जामा ५१ अर्ब, खानेपानीमा १६ अर्ब, सामाजिक सुरक्षा ११ अर्ब, ४ अर्ब ५६ करोड, सिँचाइमा ३ अर्ब ४० करोड र विपद तथा जोखिम व्यवस्थामा ३ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि ३८ खर्ब ३६ करोड छुट्याइएको छ । साथै अपराध रोकथाम र अपराध अनुसन्धान प्रभावकारी बनाउन प्रहरी मेरो साथी कार्यक्रम चलाउने भएको छ । यस अन्तरगत युवा स्वयंसेवकहरु परिचालन गरिनेछ । प्रहरीको अनुसन्धान क्षमता बढाउन बजेटमा १६ करोड विनियोजन गरिएको छ ।
सेनालाई ३२ अर्ब ६९ करोड विनियोजन गरिएको छ । साथै सबै प्रकारको विपद् व्यवस्थापन गर्न सक्षम विशेष कार्यदल निर्माण गरिने भएको छ ।

पर्यटन पुनरुत्थान गर्न ‘हिमालय ट्राभल मार्ट’ आयोजना गरिने

३० असार, काठमाडौं । विनाशकारी भूकम्पपछि शिथिल भएको पर्यटन पुनरुत्थान गर्ने उद्देश्यसहित ‘हिमालय ट्राभल मार्ट’ आयोजना गरिने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० नेपालले आगामी वर्ष मे २९ मा सगरमाथा दिवस पारेर ट्राभल मार्ट आयोजना गर्ने भएको हो । पाटाको बुधबार बसेको दोस्रो कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । नेपाल सरकार र पाटा इन्टरनेशनलसँग सहकार्य गरेर हिमालय ट्राभल मार्ट आयोजना गर्न लागेको अध्यक्ष सुमन पाण्डेले जानकारी दिए । पाटाले तीन वर्ष अगाडिदेखि ट्राभल मार्ट आयोजना गर्ने प्रयास गरिरहेको थियो । हिमालय ट्राभल मार्टमा नेपाल र हिमाली क्षेत्रप्रति चासो राख्ने विश्वभरका ख्यातिप्राप्त टुर अपरेटर्सहरु सहभागी गराउने पाटाका सचिव हरिमान लामाले बताए । मार्टलाई ‘बिजनेश टु बिजनेश’ कार्यक्रमका रुपमा अगाडि सारिएको छ । ट्राभल मार्टमा सार्क क्षेत्रका ट्राभल एजेन्टहरु सहभागी गराउने योजना छ । त्यस्तै, भौगोलिक रुपमा नेपालजस्तै गन्तव्यका बिक्रेतालाई पनि मार्टमा आमन्त्रण गर्ने अध्यक्ष पाण्डेले जानकारी दिए । ‘ट्राभल मार्टका लागि भोली देखि नै तयारी सुरु गर्छौं’ अध्यक्ष पाण्डेले भने( ‘अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बायर र सेलरहरु भित्राएर मार्टलाई भव्य रुपमा सम्पन्न गर्छौं ।’ यसअघि एडभेञ्चर्स ट्राभल मार्ट आयेजना गरिएको थियो । मार्टमा नेपाल सरकार, टुरिजम बोर्ड लगायत पर्यटनसँग सम्बन्धीत सबै संघ संस्थालाई सहभागी गराउने पाटाका सचिव लामाले बताए । मार्टले नेपाली पर्यटन क्षेत्रको बजारीकरणमा ठूलो सहयोग पुर्‍याउने अपेक्षा पाटाले लिएको छ । कम्पपछिको नेपालको यथार्थ स्थिती अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन पनि मार्टले सहयोग पुर्‍याउने छ ।

सामसुङले ल्यायो सबैभन्दा पातलो स्टाइलिस स्मार्टफोन, ए ८

दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो अहिलेसम्मकै पातलो स्मार्टफोन सार्वजनिक गरेको छ । ग्यालेक्सी सिरिजका लोकप्रिय स्मार्टफोन उत्पादन गर्दै आएको सामसुङले पछिल्लोपटक सार्वजनिक गरेको ‘ग्यालेक्सी ए एट’ को मोटाइ ५।९ मिलिमिटर अर्थात् ०।२३ इन्च रहेको छ । सामसुङको ग्यालेक्सी एस सिक्स एज भन्दा यो स्मार्टफोनको मोटाइ ८५ प्रतिशत कम छ । ग्यालेक्सी ए एट निकै पातलो भएपनि इन्जिनियरहरुले यसमा उच्च क्षमतायुक्त हार्डवेयर राख्न सफल भएका छन् । यसमा ३ हजार ५० मिलिएम्पियर पर आवर क्षमताको ब्याट्रीका साथै १६ मेगापिक्सेलको क्यामरा समेत रहेको छ । सामसुङका अनुसार यो स्मार्टफोन तत्कालका लागि चीन र सिंगापुरमा मात्र बिक्रि हुनेछ । चिनिया बजारमा स्वदेशी बजेट स्मार्टफोनले सामसुङको बजार घटाइरहेका बेला सामसुङले चिनिया प्रयोगकर्तालाई नै लक्षित गरी अल्ट्रा थिन स्मार्टफोन तयार गरेको बताइन्छ । स्मरण रहोस् चिनिया बजारमा सामसुङको पछिल्लो ए एट भन्दा पनि पातला एन्ड्रोइड स्मार्टफोनहरु उपलब्ध छन् । जसमा भाइभो एक्स फाइभ म्याक्स (४।७५ मिलिमिटर०, ओप्पो आर फाइभ ९४।८५ मिलिमिटर० तथा जिओनी इलाइफ एस ९५।१ मिलिमिटर ० रहेका छन् । चीनको समग्र स्मार्टफोन बजार पछिल्लो ६ वर्षमा पहिलोपटक खुम्चिएको आइडिसी कम्पनीले गरेको एक अध्ययनले देखाएको छ । जनवरी देखि मार्च सम्मको त्रैमासिकमा चिनिया बजारमा स्मार्टफोनको बजार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले खुम्चिएको छ । यो अवधिमा सबैभन्दा बढि संकुचन बेहोर्नेमा सामसुङ रहेको छ र चिनिया बजारमा सामसुङका स्मार्टफोनको बिक्रि ५३ प्रतिशतले घटेको छ ।
के के छन् फिचर्स रु
सामसुङको ग्यालेक्सी ए एट जस्ता निकै पातला स्मार्टफोन निर्माण गर्दाको मुख्य चुनौति भनेकै यस्तो स्मार्टफोन प्रयोगकर्ताको गोजीमा राखेको बेला बांगिन सक्ने जोखिमलाई घटाउनु नै हो । त्यसैले सामसुङले यो पातलो स्मार्टफोनलाई बांगिने जोखिमबाट मुक्त गर्नका लागि धातुको खोल हालेको छ । अघिल्लो वर्ष सार्वजनिक ग्यालेक्सी अल्फाको सिको गर्दै सामसुङले पछिल्लो स्मार्टफोन सेटलाई समेत बलियो बनाउनका लागि धातुको बाहिरी खोल हालेको हो । सामसुङको पछिल्लो स्मार्टफोनमा फिंगर प्रिन्ट सेन्सर, फोर जी चिपका साथै ५।७ इन्चको १०८० पिक्सेलवाला हाइ डेफिनेसन स्त्रिmन रहेको छ । यो फोनको तौल जम्माजम्मी १५० ग्राम छ । साथै यसमा अक्टाकोर स्नापड्रागन ६१५ चिपसेट तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । चिनिया बजारमा यसको मूल्य ३ हजार १९९ युआन तोकिएको छ । यद्यपि चिनिया बजारमा अहिले सबैभन्दा बढि बिक्रि भैरहेको शाओमीको आल्मुनियम फ्रेमयुक्त स्मार्टफोन मी नोट भन्दा चाहीँ यो स्मार्टफोन निकै महंगो सावित भएको छ । मी नोटको मूल्य यसको भन्दा ११ सय युआन कम पर्छ ।

ग्रिसमा आर्थिक सहयोगको प्रस्ताव नमान्ने पक्षमा मतदान

असार २१ – ग्रिसमा आर्थिक संकट समाधानका लागि विदेशी सहयोग लिने कि नलिने भन्ने विषयमा भएको जनमत संग्रहमा सहयोग लिन नहुने पक्षमा बढी मत आएको छ ।
दुई तिहाइ मतको गणना सकिँदासम्म सहयोग लिनु हुँदैन भन्ने पक्षमा ६१ तथा लिनु हुन्छ भन्ने पक्षमा ३९ प्रतिशत मत खसेको सरकारी अधिकारीले बताएका छन् । युरोपियन युनियनबाट प्रस्तावित आर्थिक सहयोग बिल आउटको प्रस्तावमा भएको जनमत संग्रहको मत परिणामले ग्रिस सरकारको अभियानलाई साथ दिएको छ ।
जनमत संग्रह हुनु अघि ग्रिस सरकारले युरोपियन युनियनको प्रस्तावको विपक्षमा मत दिन  आग्रह गरेको थियो । प्रधानमन्त्री एलेक्सिस सिप्रसले ग्रिसको एकता र लोकतन्त्रका लागि पनि बेल आउट प्रस्तावको विपक्षमा मत हाल्न आग्रह गर्नु भएको थियो ।
तर  विपक्षीहरुले भने प्रस्तावको विपक्षमा मत बढी परेको खण्डमा ग्रिस युरो जोनबाट बाहिरीने चेतावनी दिएका थिए ।  ग्रिस सरकारमाथि ३ खर्ब ४० अर्ब युरो अन्तर्राष्ट्रिय ऋणको भार छ । देशलाई आर्थिक संकटबाट माथि उकास्न छिट्टै कुनै विकल्प ल्याउने ग्रिस सरकारको योजना छ ।