डाक्टर विकास गौचन ताइवान फ्यामिली मेडिसिन अनुसन्धान अवार्डबाट सम्मानित ।।

कमल रावल, कात्तिक २१ अछाम
न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर विकास गौचन ताइवान फ्यामिली मेडिसिन अनुसन्धान अवार्डबाट सम्मानित हुनु भएको छ । व्राजिलको रियो डी जेनेरियोमा चलिरहेको जेनेरल प्राट्ीक्स चिकित्सहरुको २१ औँ विश्व सम्मेलनको अवसरमा उहाँलाई सम्मान गरिएको हो । एक लाख ६० हजार नेपाली रुपैयाँको उक्त अवार्ड डाक्टर गौचनलाई दैनिक निरन्तर चिकित्सा शिक्षाको अनुसन्धानको लागि प्रदान गरिएको हो । विश्वभरका ६ हजार स्वास्थ्य कर्मि सहभागि सम्मेलनमा तिन जनालाई छनोट गरि उक्त सम्मान दिईएको बताईएको छ । डाक्टर विकास गौचन सो अवार्ड पाउने व्यक्ती नेपाल बाट पर्नु भएको हो । अवार्ड पाईसकेपछी हामिलाई सँक्षीप्त जानकारी दिदै डाक्टर गौचनले दुर्गममा काम गर्दाको आफनो मेहनतको फल भएकाले यसले थप हौसला दिएको बताउनु भयो । बयालपाटा अस्पतालमा आएको ६ बर्ष हुदा थुप्रै खुशिहरु आएकाले यो खुशिमा सबैको ठुलो सहयोग रहेको बताउनु भयो । आगामि दिनमा थप अझ यसले चुनौती थपेकाले निरन्तर स्वास्थ क्षेत्रको अनुसन्धानमा लागी पर्ने बताउनु भयो । आफुले पाएको अवार्डको सबै रकम आगामि दिनमा अनुसन्धान र स्वास्थ्य क्षेत्रकै सम्मेलनका लागी खर्च गर्ने जानकारी दिएका छन ।

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व विधिवत् सम्पन्न ।।

काठमाण्डौँ कात्तिक २२
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व विविधत् रूपमा आज सम्पन्न भएको छ । हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिएर भक्तजनहरु रातभर ब्रत बसेका थिए । उदाउदो सुर्यलाई अर्घ दिएप्छि बर्तालुहरु घर फर्किने क्रममा रहेका छन् भने केही फर्किसकेका छन् । तराईका विभिन्न जिल्लाहरूसहित राजधानीमा समेत चार दिनसम्म मनाइने छठ पर्वमा चामल र गहुँको पिठो, फलपूmल, विभिन्न खाद्यान्नलगायतका पूजा सामग्रीहरू अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घको रूपमा दिइने गरिन्छ । छठको पूजा सागम्रीहरू तयार गर्दा चोखो राख्नुपर्ने जनविश्वास छ । छठका सामग्रीहरू चोखो नराखेमा अनिष्ट हुने मान्यता छ । जनकपुरका मुख्य पोखरीहरू धनुषसागर, गङ्गासागर अरगजा, विहारकुन्ड, अत्ग्नीकुण्डलगायतका दुई दर्जनभन्दा बढी पोखरीहरूमा बिहानैदेखि व्रतालुहरूको ठूलो भीड लागेको थियो । छठमा गहँुको पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, पञ्चफल, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, सुथनी, उखु, केरालगायतका सामग्रीहरु प्रसादका रुपमा अर्पण गर्ने चलन रहेको छ, केही वर्षयता नेपाली भाषी तथा कतिपय मुस्लिम समुदायका नेपालीले पनि छठ पर्व मनाउन शुरु गरेपछि यस पर्वको आकर्षण झनै बढ्दै गएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने छठ पर्व मिथिलाञ्चलसहित नेपालका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाइने गरिन्छ ।

अछाम क्याम्पसलाई सुदुरपश्चिमा आंगिक क्याम्पस बनाउन तिव्र भेटघाट ।।

कमल रावल, भदौ १२, अछाम
प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सदियौ देखि पिछडिएको सुदुरपश्चिम त्यस माथी पनी अछाम जिल्लाको शैक्षिक, आर्थिक र भौतिक विकासका लागी आफु सकारात्मक भएको वताउनु भएको छ । अछाम वहुमुखी क्याम्पसलाई सुदुरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वनाउनका लागी डेलिगेसन सहित प्रधानमन्त्रि दाहाललाई भेट्न पुगेको अछामको सर्वदलिय सर्वपक्षिय टोलीसंगको भेटमा प्रधानमन्त्रि दाहालले यस्तो वताएको अछाम वहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष पदम वोहराले टेलिफोन मार्फत जानकारी दिनु भयो । वुधवार विहान साढे ८ वजे टोलीले प्रधानमन्त्रि प्रचण्डलाई प्रधानमन्त्रि निवास वालुवाटारमा भेट गरी माग पत्र वुझाएको अध्यक्ष वोहराले जानकारी दिनु भयो । यस्तै टोलीले काँग्रस सभापती सेर वहादुर देउवालाई पनी उहाँकै निवास वुढा निलकण्ठमा भेटेर अछाम क्याम्पसलाई आंगिक क्याम्पस वनाउन सहयोग गरिदिन अपिल गरेको र जवाफमा सभापती देउले आफु यस्का लागी सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको वताईएको छ । ज्ञापन पत्र बुझदै उहाँहरुले १५ गते बस्ने सिनेटबाट विश्वविद्यालय आंगिक क्याम्पस बनाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन । त्यसअघि टोलीले मंगलवार मात्र सुदुरपश्चिमाञ्चल भिसि र विश्वविद्यालय अनुदान आयोगका अध्यक्षलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो । यस अघि साउन २५ गते अछाम क्याम्पसको संञ्चालक समितीको बैठकले काठमाण्डौँमा जाने निर्णय गरेको थियो । अब टोली साउन १५ गतेको सिनेट बैठकबाट मात्र अछाम फर्किने बताईएको छ । अछाम क्याम्पसलाई आंगिक क्याम्पस बनाउका लागी निकै पहल भईरहेको छ । यतिबेला हाल अछाम बहुमुखि क्याम्पसमा ५ सय भन्दा बढी विद्यार्थि अध्ययनरत रहेका छन । ज्ञापनपत्र बुझाउने टोलीमा क्याम्पस संञ्चालक समितीका अध्यक्ष पदम बहादुर बोहरा, क्याम्पस संञ्चालक समिती सदस्य नम बहादुर शाही, लोक बहादुर बोगटी, क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट, एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर, माओवादि केन्द्रका अध्यक्ष दिपक साउद, पुर्व संञ्चालक समिती अध्यक्ष पुष्प बहादुर शाह, सांसद भरत साउद, जानकी साउद, पर्व सांसद राम बहादुर विष्ट, नेता बल बहादुर कुवर, झकर साउद, लक्ष्मण शाह, एमाले युवा नेता भिम बहादुर रावल कालोटोपि, रविन्द्र शाही, गोकर्ण रावल, डिबी साउदको सहभागिता रहेको अछाम क्याम्पस सहायक क्याम्पस प्रमुख धुव्र कुमार शाहीले जानकारी दिनु भयो । हाल अछाम जिल्लामा ६ वटा क्याम्पस संञ्चालनमा रहेका छन भने अछाम जिल्लाको ओलिगाउमा रहेको मंगला नेरा उच्च मावि ओलिगाउमा व्यावसायिक शिक्षा प्राविधिक अन्र्तगत शिभिल ईञ्जीनियरिग तथा विद्या मन्दिर उच्च मावि विनायकमा प्राविधिक अन्र्तगत कृषि जेटिए कक्षा संञ्चालन हुदै आएको छ । यति हुदाहुदै पनि अछामको जिल्लाको ठुलो मात्रामा रहेको युवा पुस्ता उच्च शिक्षा हासिल गर्नका लागी जिल्ला बाहिरका क्याम्पसहरुमा नै पलायन हुने गरेको पाईएको छ ।

राजिनामा दिंदा कसैले हर्ष बढाइँ गर्न आवश्यक नभएको प्रधानमन्त्री ओलीको भनाई ।।

साउन १२, काठमाण्डौँ
प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट राजीनामा दिँदा छिमेकमा हर्षबढाइँ भएको खबरले आफू आश्चर्य चकित बनेको बताउनु भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा सरकार परिर्वतन हुँदा कुनै छिमेकीले हर्ष मनाउनुपर्ने र कुनैले दुःख मान्नुपर्ने अवस्था नरहेको बताउनुभयो । आफूले राजीनामा दिँदा खुसीयाली मनाउनेहरुलाई ‘नेपालमा अनिष्ट गर्छु’ भन्ने भ्रम नपाल्न पनि ओलीले चेतावनी दिनुभएको छ । नेपाल सानो मुलुक भएपनि आन्तरिक मामिला आफैं समाधान गर्न सक्षम रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालीलाई विदेशी हस्तक्षेप स्वीकार्य नहुने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय सहमतिका लागि आफू बाधक नहुने पनि बताउनुभएको छ ।

बौद्ध दर्शन स्वीकारी अगाडि बढ्न सके मानवकल्याण हुन्छः प्रधानमन्त्री

काठमाडौं, जेठ ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले २५६० औँ बुद्धजयन्तीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै बौद्धदर्शनलाई स्वीकारी अगाडि बढ्न सके मात्र मानवकल्याण प्राप्त हुने बताउनुभएको छ । शनिबार शुभकामना सन्देश दिँदै उहाँले नेपालको भूमिमा जन्मेर मानवकल्याणका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको उल्लेख गर्दै बुद्ध विचारले अहिंसा, सद्भाव, मानवकल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचार विश्वभर लोकप्रिय हुन सकेको बताउनुभयो । सन्देशमा भनिएको छ, ‘बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात् गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

एसिया कप क्रिकेट स् भारतले पाकिस्तानलाई ५ विकेटले हरायो ।।

फागुन १६ काठमाण्डौँ
एसिया कप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा भारतले पाकिस्तानलाई पाँच विकेटले हराएको छ । ८४ रनको सामान्य लक्ष्य भारतले १५ ओभर ३ बलमा ५ वीकेट गुमाएर भेटाएको हो । ब्याटिङ्गमा सुरुवात खराब भएका बेला भारतका लागि विराट कोहलीले ५१ बलमा ४९ रन बनाए । मोहम्मद सामीले कोहलीलाई १५ औँ ओभरमा आउट बनाएका थिए । सामीले लगत्तै हार्दिक पाण्ड्यालाई शून्यमै आउट बनाए । यस्तै भारतका लागि युवराज सिंहले १४ रन बनाए । पहिलो ओभरमै २ विकेट लिएर खेलमा फर्किने संकेत गरेपनि पाकिस्तानले चिर प्रतिद्वन्दी भारतलाई  हराउन भने सकेन । खेल मिलेमतोका कारण ५ वर्ष लामो प्रतिबन्धपछि टिममा फर्किएका मोहम्मद आमिरले ३ विकेट लिए । पहिलो ओभरमै दुवै ओपनर रोहित शर्मा र अजिन्क्या रहानेलाई खातै खोल्न नपाई आमिरले पबिलियन फर्काइदिंदा पाकिस्ताने खेलमा फर्किने छनक देखाएको थियो । आमिरले नै तेश्रो ओभरमा १ रन बनाएका सुरेश रैनालाई आउट गरे । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १७ ओभर ३ बलमा अलआउट हुनुअघि मात्र ८३ रन जोड्न सक्यो । उसका सर्फराज अहमदको २५ रन सर्वा्धिक थियो । उनले २९ बलमा ३ चौका प्रहार गरे । खुर्राम मञ्जुरले १० रन बनाउनु बाहेक कुनैपनि पाकिस्तानी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतको यो लगातार दोश्रो जित हो भने पाकिस्ताले प्रतियोगितामा भारतसँग पहिलो खेल खेलेको हो ।

पदबाट हट्न तयार छु उपप्रधानमन्त्रीः थापा

फागुन १६, काठमाण्डौँ

उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले आफू उच्चस्तरीय राजनीतिक समितिको नेतृत्वमा रहँदा आन्दोलनरत दलहरुलाई असन्तुष्टि भए पदबाट हट्न तयार रहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै उहाँले आफू उच्चस्तरीय राजनीतिक समितिको नेतृत्वबाट हट्दा समिति सक्रिय हुन्छ भने आफूलाई कुनै समस्या नभएको बताउनुभएको हो । मन्त्री थापाले भारतको भ्रमणले नेपालमा जल विद्युतको विकास, हुलाकी मार्ग लगायतका विकास निर्माणका विषयमा ठोष निर्णय हुनुका साथै दुई देशबिचको समझदारीमा अभिबृद्धि भएको बताउनुभयो । उहाँले हाल देखिएको नाकाको समस्या प्राविधिक कारणले भएकाले त्यो क्षणिक मात्रै भएको उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री थापाले एक अर्काे प्रसंगमा स्थानीय निकायको निर्वाचनका लागि आवश्यक गृहकार्य भइरहेकाले कांग्रेसको महाधिवेशन सकिएलगत्तै स्थानीय निकायको निर्वाचन हुने जानकारी दिनुभयो ।

छाक टार्न गिट्टी कुट्ने बृद्धलाई बिदेशमा रहने नेपालीबाट ६३ हजार ५ सय सहयोग ।।

कमल रावल, अछाम १२ माघ
अछाम सदरमुकाम मंगलसैन–५ की एक बृद्ध महिलालाई अन्नपूर्ण अनलाईनमा फोटो प्रकाशित भए पछि बिदेशबाट नगद सहयोग प्राप्त भएको छ । साँझ बिहानको छाक टार्न सडक छेवैमा गिट्टी कुट्दै आएकी ७५ वर्षिया जलु बिकको गिट्टी कुट्दै गरेको फोटो अन्नपूर्ण पोष्टको अनलाईनमा प्रकासिश भए पछि बिदेशमा रहेका नेपालीबाट ६३ हजार पाच सय नगद सहयोग प्राप्त भएको हो । सहयोग स्वरुप प्राप्त उक्त रकमको चेक मगलबार अन्नपुर्ण पोष्ट अछाम संवाददाता शिवराज खत्रीले जलुलाई उनी गिट्टी कुटिरहेको स्थानमै गएर हस्तान्त्रण गर्नुभयो । अनलाईमा प्रकाशित भएको उक्त फोटो हेरेर बाग्लुङमा घर भई हाल लण्डनमा रहने कृष्ण प्रसाद शर्माको पहलमा उक्त रकम संकलन भएको हो । रकम संकलन कार्यमा शर्माको पहलमा लण्डन तथा इजरायलमा रहेका थुप्रै नेपालीले सहयोग गरेको शर्माले इमेलबाट जानकारी दिनुभयो । रकम प्राप्त गरिसकेपछि जलुले खुसीका आँसु झार्दै आफूलाई सहयोग गर्नेहरुको सधैँ प्रगति उन्नतीको कामना गर्दै उनीहरुले चाहेको कुरा पुयाई दिनु भनेर दुई हात जोड्दै इश्वरसँग प्राथनासमेत गर्नुभयो । लण्डनमा रहेर लामो समय देखि नेपालका लागि बिभिन्न सामाजिक कार्य गर्दै आएका शर्माले हालै मात्र साथीहरुकै सहयोगमा ५ बर्ष देखि शारिरीक एवम् मानसिक रुपमा बिछिप्त रही ओडारमा बस्दै आएकी जाजरकोटकी एक महिलाको उपचारको प्रवन्ध मिलाउनुका साथै निकट अहिले चितवनका एक दृष्टि विहिन एवं बहिरा चेपाङ दम्पतीका लागि घर निर्माणको पहल गरिरहेको समेत जानकारी दिनुभएको छ ।

क्यानका दुवै समितिलाई सर्वोच्चले बोलायो ।।

काठमाडौं, माघ १२
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई नेपाल क्रिकेट सङ्घ क्यानको तदर्थ समिति गठनबारे कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रधानान्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले राखेपले क्यानको निर्वाचित समितिलाई काम नदिई अर्को तदर्थ समिति गठन गरेकोमा कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्च अदालतले क्यान तदर्थ समितिको काम रोकको विषयमा अन्तरिम आदेश जारी गर्न पर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । निर्वाचनबाट आएको कमिटीलाई काम गर्न नदिएको भन्दै चतुरबहादुर चन्द अध्यक्ष रहेको पक्षले गत पुस २८ गते राखेपलाई विपक्षी बनाई अदालतमा रिट निवेदन दायर गरेको थियो । मङ्सिरमा क्यानको साधारणसभा गरेर चन्द नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको थियो तर राखेपले सो कार्यसमिति अवैध भन्दै पुनः रमेश सिलवालको अध्यक्षतामा १५ सदस्यीय क्यानको तदर्थ समिति गठन गरेको थियो ।

संविधान सबैको हितका लागि राम्रो भएको तर पुर्ण नभएको काग्रेस नेताः निधि ।।

मेनुका ढुगाना, अछाम
पुर्व भौतिक तथा योजना यातायात मन्त्री एवम नेपालि कांगे्रसका पुर्व महा मन्त्री विमलेन्ध्र निधिले २०७२ सालमा नेपालि कांग्रेसको नेतृत्वमा जारी भएको संविधान सबैको हितका लागि राम्रो भएको तर पुर्ण नभएको बताउनु भएको छ । अछामको विनायकमा रहेको रेडियो पञ्चदेवल एफएम १००.५ मेगाहर्जको व्याानर अनावरण गर्दै प्रमुख अतिथिको आसनबाट बोल्दै उहाले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्र्धारण गरीए पछि अहिलेको संविधानले पुर्णता पाउनेमा उहाको जोड थियो । नेपाली काँग्रेस, नेकपा एमाले र मधेसी मोर्चाबीच वार्ता गरेर देशको अहिलेको परीस्तिथिलाइ निकास दिन उहाले आग्रह गर्नु भयो । संविधानलाइ संसोधन गरेर सबैका अधिकार र मागको संवोधन हुनेभएकाले आन्दोलन छोडेर वार्तामा आउन उहाले आन्दोलनरत दललाइ आग्रह गर्नुभयो । एक फरक प्रसंगमा बोल्दै नेता निधिले अछाम लगायत सुदुरपश्चिमको विकासका लागि आफु सधै सकरात्मक भएको र आफु नै सरकारमा हुदा मध्य पहाडि राज मार्गको लागि बजेट छुट्याएकोले अछाममा सडकको विकास हुने र यातायातको सुविधा नपाइ अछामका सुत्केरी महिला ,बालबालिका तथा समग्र आछामि जनताले अकालमा नै ज्यान गुमाउन नपर्ने विश्वास व्यक्त गर्नु भयो । साथै अछाम जस्तो ठाउमा सञ्चार क्षेत्रको तिव्र विकास भएकोले अझै अछामको सञ्चार जगतको विकासको लागि आफु सधै तयार रहेने समेत प्रतिवद्धता जनाउनु भयो । रेडियो पञ्चदेवल एफएमका अध्यक्ष टंक धामिको अध्यक्षतामा भउको कार्यक्रममा विशिष्ठ अतिथि नेपालि कांगे्रसका केन्द्रिय सदस्य किशोर सिंह राठौर, पुर्व सुचना तथा सञ्चार राज्य मन्त्री गोविन्द बहादुर शाह ,नेवि संघका पुर्व केन्द्रिय अध्यक्ष विश्व प्रकाश सर्मा रहनु भएको थियो । राजनितिज्ञ,समाजसेवि,युवा महिला बालबालिका गरी हजारौ दर्शकको सहभागिता रहेको कार्यक्रममा लोक तथा दोहोरी गायक भागीरथ चलाउने, टंक तिमिल्सेना, हास्य तथा लोक दोहोरी गायक मनिष खड्का लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । नेपाल पत्रकार महा संघ अछामका पुर्व अध्यक्ष तथा रेडियो पञ्चदेवल एफएमका संरक्षक बेदप्रकाश तिमिल्सैनाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्च्ाँलन रेडियो पञ्चदेवल एफएमका कार्यकारी निर्देशक भरत अधिकारीले गर्नुभएको थियो ।