समृद्ध अछामको परिकल्पना कांग्रेसले मात्रै पुरा गर्ने

फायल फोटो कार्तिक २० अछाम
नेपाली कांग्रेस अछामका सभापती तथा प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेद्धवार भरतकुमार स्वाँरले अछामको सम्रग विकासको एजेण्डा कांग्रेसले मात्र बनाएको दावी गर्नुभएको छ । पूर्व जिविस सभापति समेत रहेका स्वाँरले कांग्रेले नै अछाममा विकास योजनाहरुको थालनि गरेको भन्दै कांग्रेसको बहुमत आएमा नेपाल नै समृद्ध बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
प्रतिनीधी सभा क्षेत्र नं. १ को पहिलो चुनाबी आमसभालाई आज लुंग्रामा सम्वोधन गर्दै उम्मेद्धवार स्वाँरले अछाम तथा सुदूरपश्चिम क्षेत्रको आर्थिक, भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रका विकासका लागि कांग्रेसको जित आवश्यक रहेको बताउनु भयो । नेपाली कांग्रेसले नै संविधान निर्माण गरको भन्दै स्वाँरले संविधानको कार्यान्यव पनि कांग्रेसकै नेतृत्वमा हुनेमा विस्वस्त हुन उहाँले जनतालाई आग्रह गर्नुभयो ।
अछाम जिल्लाका लागी राष्ट्रिय स्तरका आयोजनाहरु सेती लोकर्माग, बुढीगंगा जलविद्युत आयोजना, खप्तड पर्यटन क्षेत्र विकास, संचार क्षेत्रको विकास, बिद्युत, खानेपानी, मध्यपहाडी, सेती लोकमार्ग, साफेबगर मेगासिटी लगायतका याजना कांग्रेसकै पालामा सुरुवात भएको भन्दै उम्मेद्धवार स्वाँरले यि सबै कामलाई पूर्णता दिन लोकतन्त्रको जित आवश्यक रहेको बताउनु भयो ।
यस्तै चुनावी आमसभालाई सम्वोधन गर्दै प्रदेश नं. १ का उम्मेदावार मेघराज खड्काले अछाम जनताको आर्थिक स्तर उकास्न र जिल्लामै स्वरोजगारको बातावरण बनाउन आफुले योजना बनाएको भन्दै कांग्रेसले जितेको खण्डमा आफ्नो योजना कार्यान्वयन गर्ने बताउनु भयो ।
आफु सधैँ अछामी जनताको पक्षमा काम गर्दै आईरहेको भन्दै पूर्व पार्टी सभापति समेत रहेका खड्काले आर्थिक विकास गरी देशलाई समृद्ध बनाउने खाका कांग्रेसले बनाएको दाबी गर्नुभयो । कांग्रेसको जित नै लोकतन्त्रको जित हुने भन्दै उम्मेद्धवार खड्काले आफुलाई जिताउन आग्रह गर्नुभयो ।

सरकार देशघातिको मतियार भैरहेको एमाले उपाध्यक्ष रावलको भनाई ।।

रेडियाे रामाराेशन

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देशको अखण्डता, सार्वभौमिकता तथा स्वतन्त्रताका बिरुद्ध खुलेआम बोल्नेलाई सरकारले संरक्षण गरेको आरोप लगाउनु भएको छ । तराईलाई अलग बनाउनु पर्छ भन्दै हिड्ने सीके राउतलाई कारबाही गर्न र उनका देश बिरोधि गतिविधि रोक्न बर्तमान सरकार असफल भएको भन्दै यो अवस्थामा सरकारमा बसीरहनुको कुनै औचित्य नभएको उहाँले बताउनु भयो । प्रेस चौतारी अछामले आज सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारको पहिलो काम नै राष्ट्र र जनताको सुरक्षा गर्नु भए पनि सरकार देशघातिको मतियार बनिरहेको दाबी गर्नुभयो । प्रेस चौतारी अछामकाअध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेता रावलले सरकाले आफ्नो प्रमुख काम बिर्सेर देशलाई नै झन गम्भिर संकटमा लिने काम गरिरको उहाँले बताउनु भयो । प्रधानमन्त्रीले निर्वाचनको घोषणा गर्छु भनेको २ हप्ता बढी हुँदापनि अझै चुनावको मिति घोषणा गर्न नसक्नु भएको भन्दै पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत रहनु भएका नेता रावलले आफु सरकारमा छँदा ल्याएको राष्ट्रिय सुरक्षा नीति अहिले लत्याईएको र देशको सुरक्षामा नै आँच आउने कार्य गरिरहेको आरोप लगाउनु भयो ।संविधान जारी भएको दिनलाई कालो दिन मान्ने, संविधान जलाउने, हिमाल पहाड तराईलाई कुनै हालतमा पनि मिल्न नदिने भन्ने, जात जातीको नाममा जनतलाई भड्काउनेले देशको हित गर्न नसक्ने उहाँको भनाई छ । देशका प्रमुख दल निर्वाचनका लागि तयार हुनुपर्ने भन्दै देशको प्रमुख दल नेपाली कांग्रेसले निर्वाचन चाहेको हो कि होईन भन्दै नेता रावलले प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्न ढिलाई गर्न नहुने बताउनु भयो । अछाम जिल्लाका विभिन्न विकासका योजनामा आफुले चाँसो राखिरहेको बताउँदै उहाँले साँफेबगर एयरपोर्ट पिच हुने तयारी रहेको कैलाशखोला जलविद्युत आयोजनाको हराएको फाईल खोज्न लगाई अघि बढाएको र अहिले विभिन्न काम अघि बढीरहेको, अछाम दरबार, सेती लोकमार्ग, मंगलसैन, जंगलघाट सडक, चित्रे पुल, ऋषिदह र ठाँठी जोड्ने पुल, दर्ना पुल, सदरमुकाम व्यवस्थापन, नगरपालिकामा विकासका पूर्वाधार लगायतका क्षेत्रमा आफुले चाँसो देखाईरहेको र अन्य सरोकारवालाले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।प्रेस चौतारी अछामका उपाध्यक्ष कालु बोहराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा एमाले बैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह, जिल्ला अध्यक्ष शेरबहादुर कुँवर, प्रदेश सदस्य कुलबहादुर कुँवर, प्रचारविभाग प्रमुख भीम जनाला, पूर्व अञ्चल सदस्य गोविन्द कुँवर, विद्याथर््ी नेता भीम रावल, विभिन्न संचार माध्ययममा आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव टेकबहादुर थापाले गर्नुभएको थियो ।

एमाले ले सञ्चालन गर्ने भयाे गाउँ गाउँमा जनपरीचालन अभियन ।।

नेकपा एमाले अछामले आगामी फागुन मसान्त सम्म संविधान कार्यन्वयनका लागी जिल्ला तहदेखी गाउ वडा सम्म जनपरिचालन अभियान संञ्चालन गर्ने भएको छ । पार्टिले आईतबार पत्रकार सम्मेलन मार्फत आफ्ना निर्णय तथा गतिवीधीका बारेमा जानकारी गराएको हो । एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टिले आगामी दिनमा गर्ने कार्यक्रमका बारेमा जानकारी गराएको हो । पार्टिले राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधानको कार्यन्वयन एमालेको अभियान भन्ने नाराका साथ मंसिर २१ गते मंगलसेनमा जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला गर्ने र भेलामा सबै जिल्ला कमीटी सदस्य, सबै क्षेत्रीय कमीटीका पदाधिकारी, नगरकमीटीका पदाधिकारी, गाउ तथा नगर कमीटीका अध्यक्ष लगायत पेशागत महासंघका पदाधिकारी सहभागी हुने भएका छन । कार्यक्रममा सहभागीताका लागी पार्टिले सबैलाई अनुरोध गरेको छ । पत्रकार सम्मेलनमा मंसिर ६ गते क्षेत्र न १ को साफेबगरमा र मंसिर ८ गते क्षेत्र न २ को बैठक गर्ने, र क्षेत्र नम्बर १ मा माघ ७ गते तथा माघ ८ गते कमल बजारमा कार्याकर्ता भेला गरिने बताईएको छ । यस्तै जनबर्गिय संगठन र गाउकमीटीका बैठकहरु मंसिर मसान्त भित्र गर्ने, गाउ अधिबेशन पौस मसान्त भित्र गरिसक्ने , ईलाका अधिबेशन माघ मसान्त भित्र गर्ने, क्षेत्रीय कमीटी, क्षेत्रीय जनबर्गिय संगठनका बैठक मंसिर १५ भित्र गर्ने, ईलाका अधिबेशन पौस मसान्तम भित्र गर्ने, जनबर्गिय संठनका अधिबेशन माघ १५ भित्र गर्ने, क्षेत्रीय स्तरका आमसभा फागुन पहिलो साता भित्र गर्ने निण सार्वजनीक गरेको छ । सोही अवसरमा कालापानी, केतुकादा,कुसेडी,मैथुन,कालेकाडा,रहफ,सुजेडा,बयालपाटा लगाएतका विभीन्न ठाउमा जनजातीका बिचमा सदभाव कार्यक्रम गर्नुका साथै क्षेत्रीय स्तरमा सहभोज कार्यक्रमको समेत आयोजना गर्ने पार्टिले जानकारी गराएको छ । पार्टिले विभीन्न मितीमा गरिने भेला तथा प्रशिक्षण कार्यक्रममा समसामयीक राजनीती, अभियान संञ्चालन र महत्व, आर्थिक ब्याबस्थापन संविधानका बिशेषताका बारेमा कार्यकर्तालाई प्रशिक्षण दिईने जनाएको छ । जिल्लाका सबै ठाउमा गरिने कार्यक्रममा संविधान निर्माणमा पार्टिले खेलको नेतृत्वदायी भूमीका, पार्टि सरकारमा रहेको बेला गरेका उपलब्धी, स्थानीय निर्वाचनाको लागी दबाब सृजना गर्ने, पार्टिको संगठानत्मक ढाचा रुपान्तरण गर्ने लगायतका उदेश्यले यो अभियानको थालनी गरिएको पार्टि अध्यक्ष कुवरले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो । सोही अवसरमा जिल्ला कमीटीका केही पदाधिकारीलाई जिल्ला कमीटी सचिवालयमा र बैकल्पीक सदस्यहरुलाई जिल्ला कमीटीको पूर्ण सदस्यमा मनोनयन गरिएको जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै पूर्व सभासद सेमत रहेका एमाले जिल्ला अध्यक्ष शेर बहादुर कुवरले एमाले अछामले संञ्चालन गरेको अभियान सबैको साझा अभियान भएकाले यसमा साथ दिन सबै जिल्ला बासीलाई अनुरोध गर्नु भएको छ । जिल्लामा रहेका विभीन्न समस्या तथा विकास निर्माणका कार्यमा एमालेले के गरिरहेको छ भन्ने पत्रकारको जिज्ञासामा उहाले एमालेले जहीलेपनी विकासका एजेण्डालाई पहीलो प्राथामीतामा राख्ने गरेको भन्दै पार्टिले अब जिल्लामा आर्थिक ब्याबस्थापनको अभियान संञ्चालन गर्ने बताउनुभयो । देशमा राजनीतीक क्रान्ती पुरा भएको भन्दै अब आर्थिक क्रान्तीको खाचो रहेको उहाको भनाई छ । जुनसुकै हालतमा पनी अब स्थानीय निकायको निर्वाचन हुनुपर्ने उहाको भनाई थियो । सोही अवसरमा बोल्दै एमाले प्रदेश नम्बर ७ का सदस्य तथा पार्टिका पूर्व अध्यक्ष कमल तिमलसैनाले देश बर्वाद गर्ने अधिकार कसैलाई नभएको भन्दै केही जिल्लामा स्थानीय निकाएको निर्वाचन नभएपनी संविधान कार्यन्वय हुने दाबी गर्नुभयो । स्थानीय निकाएको निर्वाचन गर्न जनतापनी सकारात्मक रहेको बताउदै यसको बिरोध गर्नेहरुलाई जनताले साथ नदिने भनाई राख्नु भएको थियो । पत्रकार सम्मेलनमा जिल्ला कमीटी सचिवालय सदस्य बल बहादुर सोडारी, चक्र रावल, जंग बीक, हिरण्य भट्राई, जिल्ला कमीटी सदस्य नम राज न्यौपाने लगायतको सहभागीता रहेको कार्यक्रमको संञ्चालन सचिवालय सदस्य चन्द्र बोहराले गर्नु भएको थियो ।

डाक्टर विकास गौचन ताइवान फ्यामिली मेडिसिन अनुसन्धान अवार्डबाट सम्मानित ।।

कमल रावल, कात्तिक २१ अछाम
न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर विकास गौचन ताइवान फ्यामिली मेडिसिन अनुसन्धान अवार्डबाट सम्मानित हुनु भएको छ । व्राजिलको रियो डी जेनेरियोमा चलिरहेको जेनेरल प्राट्ीक्स चिकित्सहरुको २१ औँ विश्व सम्मेलनको अवसरमा उहाँलाई सम्मान गरिएको हो । एक लाख ६० हजार नेपाली रुपैयाँको उक्त अवार्ड डाक्टर गौचनलाई दैनिक निरन्तर चिकित्सा शिक्षाको अनुसन्धानको लागि प्रदान गरिएको हो । विश्वभरका ६ हजार स्वास्थ्य कर्मि सहभागि सम्मेलनमा तिन जनालाई छनोट गरि उक्त सम्मान दिईएको बताईएको छ । डाक्टर विकास गौचन सो अवार्ड पाउने व्यक्ती नेपाल बाट पर्नु भएको हो । अवार्ड पाईसकेपछी हामिलाई सँक्षीप्त जानकारी दिदै डाक्टर गौचनले दुर्गममा काम गर्दाको आफनो मेहनतको फल भएकाले यसले थप हौसला दिएको बताउनु भयो । बयालपाटा अस्पतालमा आएको ६ बर्ष हुदा थुप्रै खुशिहरु आएकाले यो खुशिमा सबैको ठुलो सहयोग रहेको बताउनु भयो । आगामि दिनमा थप अझ यसले चुनौती थपेकाले निरन्तर स्वास्थ क्षेत्रको अनुसन्धानमा लागी पर्ने बताउनु भयो । आफुले पाएको अवार्डको सबै रकम आगामि दिनमा अनुसन्धान र स्वास्थ्य क्षेत्रकै सम्मेलनका लागी खर्च गर्ने जानकारी दिएका छन ।

दशैँ विशेष बृहत साँस्कृतिक उत्सवलाई सफल पार्न तयारी तिव्र ।।

कमल रावल असोज ४, असोज
यहि असोज १४ देखि १८ गते सम्म अछाम सदरमुकाम मंगलसेनको खुल्लामंञ्चमा हुने दशैँ विशेष बृहत साँस्कृतिक उत्सव २०७३ लाई सफल पार्न तयारी तिव्र पारिएको छ । “ कला र संस्कृतिको पहिचान, प्रगतिशिल अछामी युवाको अभियान ” भन्ने नाराका साथ राष्ट्रिय तथा स्थानिय कलाकारका ५ दिन सम्म अछाम मंगलसेनमा बेजोड प्रस्तुती रहने भएका छन । साँस्कृतिक मुल आयोजक समितीले तयारी स्वरुप सदरमुकाम मंगलसेनमा पत्रकार सम्मेलन गरेको छ । कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सफल पार्नका लागि राष्ट्रिय तथा स्थानिय संञ्चार माध्याम मार्फत कसरी प्रचारप्रसार गर्न सकिन्न भन्ने विषयमा छलफल गरिएको थियो । मुल आयोजक समिती संयोजक पदम बहादुर धामिको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सहभागि संञ्चारकर्मिले आफनो कला संस्कृति जोगाउनका लागि जिल्ला पहिलो पटक भएको यो अभियान स्रहानिय भएकाले आफनो तर्फ सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रममा बोल्दै पत्रकार महासघ अछामका उपाध्यक्ष जनकराज भण्डारीले कला सस्कृति जगेर्नाका लागि जिल्ला हुने कार्यक्रमलाई सफल पार्नका सबै सञ्चारकर्मि लागि पर्ने बताएका थिए । राष्ट्रिय तथा स्थानिय कलाकार जम्काभेट हुने एउटै थलो दशै विशेष बृहत साँस्कृतिक कार्यक्रम भएकाले यसमा सबै क्षेत्रबाट सहयोग हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमलाई सफल पार्नका लागि जिल्ला स्थित सम्पुर्ण छापा तथा ईलेक्ट्रोनिक संञ्चार माध्याम मिडिया पार्टनरको रुपमा रहने भएका छन । असोज १४ गते देखि सुरु हुने कार्यक्रममा नृत्य निर्देशक शँकर विसि, गायक रोशन सिह, चर्चित लोक गायक खुमन अधिकारी, गायिका टिका पुन, गायक भागिरथ चलाउने, गोपाल नेपाल जिएम, टँक तिमिल्सैना, तुलसि घर्तिमगर, सुरेश रावल, पुष्पा वोहरा, करिश्मा ढकाल, निशा बोहरा, अञ्जु शाही, बादल थापा, जितेश थापा लगाएत वेजोड प्रस्तुती रहने भएका छन । यस्तै स्थानिय कलाकार महेन्द्र विक, नरेन्द्र रावल, जनक कार्की, देवेन्द्र भाट, भिम विष्ट, जनक साउद, शँकर विक, ललित रैगाई, रुद्र विक, प्रमोद माझि, कल्पना ढुगाना, पानसरा थापा, निरुता खत्रि लगाएतले समेत आफना आफना प्रस्तुती राख्ने आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य आयोजकमा एस। बि। रामारोशन फिल्मस प्रा। लि। र राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान अछाम रहेका छन भने नयाँतारा कला सागर अछाम सह आयोजकको रुपमा रहेका छन ।

बयालपाटा अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा निकै प्रभावकारी र गुणस्तरिय ।।

कमल रावल, भदौ ११ अछाम
बयालपाटा अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा निकै प्रभावकारी र गुणस्तरिय भएको सरोकारवालाले बताएका छन । बयालपाटा अस्पतालले सुदुरपश्चिमका जनताका माझ स्वास्थ्य सेवाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएकाले आगामि दिनमा यसलाई अझै बढाउदै प्रभावकारी बनाउदै लैजानको लागि आफनो तर्फ सहयोग गर्ने सबैले प्रतिबद्धता जनाएका छन । सुदुर संञ्चार समाज नेपाल रेडियो रामारोशनको आयोजनामा भएको सामाजिक परिक्षण कार्यक्रममा अस्पतालले प्रदान गर्ने सेवाको बारेमा जानकारी दिदै अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विकास गौचनले आज भन्दा ८ वर्ष पहिले सानो कोठा बाट सेवा सुरु गरेको अस्पताले यतिबेला सुदुरपश्चिमका जनताको सेवामा पुग्न सफल भएकाले आगामि दिनमा अझै सेवालाई प्रभावकारी बनाउदै लैजानका लागी आफनो तर्फबाट कुनै कसर बाकी नराख्ने बताएका थिए । २०६६।६७ को आर्थिक वर्षमा अस्पतालबाट १७ हजारले सेवा पाएका थिए भने अहिले २०७२।७३ सम्म आईपुग्दा यस क्षेत्रका ७७ हजार जनातालाई अस्पताल सेवा दिन सफल भएका जानकारी गराएका थिए । अस्पतालमा आकस्मिक सेवा २४ घण्टा सेवा सुचारुका साथै अस्पतालमा ब्लड बैक, हाड जोर्नी सेवा, मानसिक स्वास्थ्य लगाएत थुप्रै सेवा सुचारु भएकाले अझै अस्पतालमा अग्र स्थानमा पुरयाउन सबैको साथ सहयोगको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा बयालपाटा अस्पतालबाट संञ्चालन भएको सामुदायिक स्वास्थ्य कार्यक्रमको बारेमा जानकारी गराउदै कार्यक्रमका उपनिर्देशक लाल बहादुर कुवरले अछामको साफेबगर क्षेत्रका १४ गाबिस र कमलबजार नगरपालिका तथा विरपथ गाबिसमा कार्यक्रम संञ्चालन भईरहेको जानकारी गराउनु भएको थियो । गर्भअवस्थामा कसैले अकालमा ज्यान नगुमाउन, दिर्घ रोगिले नियमित औषधी कसरी गर्ने भन्ने विषयमा आफना स्वयम सेविकाका मार्फत सुझाव सल्लाह दिने कार्य भईरहेको बताउनु भयो । पहिले निकै कम मात्रामा गर्भवती महिला प्रसुती गर्न स्वास्थ्य संस्थामा आउने गरेकाले अहिले आफुले सुझाव सल्लाह दिदा निकै बढेका जानकारी गराउनु भयो । यस्तै कार्यक्रममा अस्पतालको भौतिक पुर्वाधारको बारेमा जानकारी गराउदै संचालन एशोसियट जिवन बोहराले नेपालमै नमुनाको रुपमा माटोबाट निर्माण भईरहेका माटा घरहरु निकै गुणस्तरि भएकाले पहिलो चरण काम सकिएको र दोस्रो चरणको अन्तिम चरणमा पुगको र तेस्रो चरणका काम सम्पन्न हुने जानकारी गराउनु भयो । कार्यक्रममा नेपाली काग्रेस अछामका उपसभापती चन्द्र प्रसाद ढुगाना, नेकपा एमाले अछामका जिल्ला सदस्य शिलोज कुवर, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य मदन कुमार भुल रोशन, नेकपा मालेका केन्द्रिय सदस्य हिरेण्ड कुवर, राप्रपा नेपालका जिल्ला उपाध्यक्ष राउते टमट्टाले अस्पतालले दिने सेवा निकै प्रशसंनिय भएकाले अझै सेवा लाई गुणस्तरिय व्यवस्थित बनाउदै लैजानु पर्नेमा जोड दिनु भएको थियो । राजिनितको दलको तर्फबाट अस्पतालाई गर्नु पर्ने सहयोगमा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाएका थिए । जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक प्रभुनाथ देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका सहभागिले सेवा गुणस्तरिय भएकाले आगामि दिनमा छिटो छरितो तथा मुस्कान सहितको सेवा हुनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अछामका लेखापाल हिरानन्द झा, खप्तड गुल्म साफेबगरका नरेन्द्र सिह बोहरा, ईलाका प्रहरी कार्यालय साफेबगरका असिम चन्द शाह, पत्रकार महासघ अछामका अध्यक्ष राम बहादुर कुवर, उद्योग वाणिज्य संघ अछामका सदस्य चक्र सुनार, वल्र्ड भिजनका मिठु हुडके, वाक नेपालका हरिशचन्द्र रावल लगाएतको सहभागिता रहेको थियो । बयालपाटा अस्पतालका अभिशासन तथा साझेदारि विभागका प्रमुख डाक्टर विशाल वेलवासेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिरण रेडियो रामारोशनका कार्यक्रम संयोजक टेक बहादुर थापाले गर्नु भएको थियो ।

अछामका पक्किपुल निर्माणमा ठेकदारको ढिलासुस्ति ।।

भदौ २ अछाम, रामारोशन समाचारदाता
अछामका बिभिन्न सडक जोड्ने पक्किपुल निर्माण कार्यमा ठेकदारले लापरवाही र ढिलासुस्ति गरेको पाईएको छ । जसका कारण सम्झौता सकिएको लामो समय भईसक्दा पनि पुलहरु निर्माण कार्य सम्पन्न हुन सकेका छैनन । जस अन्र्तगत सम्पन्न गर्ने सम्झौता सकिएर एक वर्ष म्याद थप्दा समेत सेती लोकमार्ग जोड्ने चित्रे पक्किपुलको काम करिव २५ प्रतिशत मात्रै भएको पाईएको छ । जिल्ला विकास समिती अछामको तथ्यंक अनुसार चित्रे नजिक बुढीगंगा नदीमाथि बन्न लागेको झण्डै १०० मिटर लामो उक्त पक्कि पुल २०७० भदौ १३ मा सम्झौता भई २०७२ बैसाख १५ भित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । तर उक्त सम्झौता सकिएर पनि एक वर्ष अर्थात २०७३ असार मसान्त सम्मको म्याद थप हुदा समेत पुलको २ वटा पिलर मात्रै बनेको पाईएको छ । २२ महिनामा निर्माण कार्य सम्पन्न गर्ने लक्ष सहित काम सुरु गरिएपनि उक्त पुलको निर्माण कार्य कछुवा गतिमा अगि बढिरहेकोमा अछामवासी भने आक्रोसित बनेका छन । ठेकदारको लापरवाहिका कारण पुलको निर्माणकार्य समयमै सम्पन्न हुन नसकेको भन्दै बिभिन्न सरोकारवालाहरुले जिल्ला प्रशासन लगायत सम्वन्धित पक्षसंग गुनासो गर्ने गरेका छन । हालै मात्र तरुण दल अछाम र वाई सि एल अछामले पनि यस विषयमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गरेको छ । अनक÷नन्देगडा र तुल्सी दुर्गा गरि ३ वटा निर्माण कम्पनिले संयुक्त रुपमा कामको जिम्मा लिएको उक्त पुलको भ्याट सहित ६ करोड ३६ लाख ३६ हजार ८ सय १६ रुपैयाँ १५ पैसा लागत स्टमेट रहेको छ । सम्झौता अवधि सकिएको थप एक वर्षमा पनि जम्मा कामको २५ देखी ३० प्रतिशत मात्रै सम्पन्न भएको जिल्ला विकास समिती अछामका ईञ्जिनियर महेन्द्र खनालले बताए । उनले भने “एक त ठेकदारको चरम लापरवाहि र गैर जिम्मेवारीपनका कारण काममा ढिलाई भईरहेको छ अर्कोतिर पुल बनाँउने दक्ष मिस्त्रीहरु नपाँउदा पनि यो अवस्था आएको हो ।” सम्झौता अवधि सकिएर एक वर्ष म्याद थप हुंदा समेत आधा काम पनि नहुनु दुःखद कुरा भएको उनको स्वईकारोक्ति छ । नदीको ओल्लो पल्लो छेउका २ वटा पिलर निर्माण गरिएपनि बिचका २ वटा पिलरको काम सुरु नभएको बताईएको छ । यद्यपी उक्त पुलको लागी बिभिन्न ३ चरणमा रकम निकासा भईसकेको जिविसको तथ्यंकले देखाएको छ । पछिल्लो समय झण्डै ८ लाख निकासा भएको पाईएको छ भने तेस्रो चरणको बिल एक करोड ३४ लाख २७ हजार ५ सय २२ उठाएको पाईएको छ । यसैविच संगै सम्झौता भएको पर्यटकीय क्षेत्र रामारोशन जोडने दर्ना स्थित कैलास नदीमा बन्न लागेको ७५ मिटर लामो पक्कि पुलको भने ९० प्रतिशत काम सम्पन्न भईसकेको छ । उक्त पुलको साईड तिरको निकासी सडक बनाँउन र आवस्यक रंग रोगन कार्य बाँकी रहेको जिल्ला विकास समिती अछामले जनाएको छ । यता उक्त पुल निर्माण कार्यमा संलग्न ठेकदार कम्पनी स्वार कन्ट्रक्सनका लक्ष्मण स्वारका अनुसार ठेक्का सम्झौता अनुसार ९९ प्रतिशत काम सम्पन्न भईसकेको छ । २ करोड ५६ लाख लागतमा पुल निर्माण गरिएपनि पुलको वारी पारी सडक जोड्ने काम स्टमेटमा नरहेकोले मात्रै आफुले बनाँउन नसकेको उनले बताए । जिल्ला विकास समितीले निर्माण आदेश दिएको खण्डमा २० देखी २५ लाख भित्रै उक्त सडक समेत निर्माण कार्य सकिने उनले बताए । उक्त पुल बनेपनि वारी पारि सडकमा नजोडीदा छविस क्षेत्रका नागरिकलाई कैलासमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । पुल निर्माण कार्य करिव करिव सकिएपनि निकास सडक नबनाँउदा छविस क्षेत्रका बिसौं हजार जनतालाई निकै सास्ति भैरहेको छ । यस्तै स्वार कन्ट्रक्सनले नै जिल्लाको ठाँटी र बाजुरा जोड्ने पक्किपुल निर्माण कार्य सुरु भईसकेको छ । जिविस अछामवाट ३२ लाख पेश्कि लिई निर्माणकार्य अगि बढिसकेको जिविसका ईञ्जिनियर खनालले बताए । अछाममा थप तिनओटा पक्कि पुलहरु निर्माणको प्रक्रिया अगि बढिसकेको भएपनि निर्माणाधिन ३ वटै पुलहरुको काममा ढिलाई भैरहनुले समस्या भईरहेको खनालले बताए ।

सदरमुकाम मंगलसेनको सडकमा स्थानिय वासिन्दाद्धारा रोपाई ।।

कमल रावल, साउन १३ अछाम
जिल्ला सदरमुकाम मंगलसेनको सडकमा बिहिबार स्थानिय वासिन्दाहरुले रोपाई गरेका छन । मध्ये पहाडी लोकमार्ग अन्र्तगत पर्ने मंगलसेन कैलाशखोला सडक खण्डको बैरागी धारा नजिक सडकमा रोपाई गरिएको छ । सडकमा नाली समेत नभएका कारण उक्त सडकमा यात्रा गर्ने पैदल यात्रुहरुलाई कठिनाई हुने गरेको छ । अछाम जिल्लाका सडकहरु वर्षयाम सुरु भए संगै हिलाम्मे भएर यातायातका साधनहरु संचालन नहुने भएका कारण विरोध स्वरुप सडकमा रोपाई गरिएको स्थानीयले वताएका छन । अछाम जिल्लामा सडक संजालको विकास भए पनी वर्षायाममा मंगलसेनको जिरो प्वाईन्ट देखि साँफेवगर हुदै डोटी जिल्लाको सिमाना चौखुट्टे सम्म कालोपत्रे भए पनि जिल्लाका अन्य ग्रामिण सडकहरुमा यातायातका साधनहरु संचालनमा अवरोध हुँदै आएको छ । लामो समयसम्म सडक हिलाम्मे भए पनि नगरपालिका, जिविस, र सरोकारवालाहरु कसैको पनी ध्यान नगएको हुदा सडकमा रोपाई गरेको रोपाई पछीको कोण सभामा वोल्दै स्थानीय टक्कर वहादुर शाहले वताए । उक्त सडकमा गाडीहरु गुडीरहेको अवस्थामा पैदलयात्रीहरु समेत हिलाम्मे हुने गरेको र गाडिलाई समेत आहोर दोहोर हुन कठिन भएको स्थानियले गुनासो गरेका छन । सदरमुकामको मुख्य सडकको हालत त यस्तो छ भने अन्य ग्रामिण सडकको दुरदशा कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । विरोध सभामा नागरिक समाज, ब्यापारी, जिल्ला स्थिति सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

एकेन्द्र कुवर राष्ट्रिय खेलकुद परिषदको सदस्य पदमा मनोनयन ।।

साउन ९ अछाम

अछाम जिल्ला बुढाकोट वडा नम्बर ७ का युवा उद्यमि एकेन्द्र कुवर राष्ट्रिय खेलकुद परिषदको सदस्य पदमा मनोनयन हुनु भएको छ । राष्ट्रिय खेलकुद परिषदको खेलकुद विकास ऐन २०४८ को दफा ३ को उपदफा २ को खण्ड सुदुरपश्चिम खेलकुद परिषदबाट सिफारिस भई आएपछि खेलकुद परिषदको सदस्य पदमा मनोनयन गरिएको हो । राष्ट्रिय खेलकुद परिषदमा सदस्य सचिव केशव कुमार विष्टले हस्ताक्षर गर्नु भएको पत्र मार्फत उहाँलाई जानकारी गराईएको हो । यस्तै नेकपा एमाले अछामका उपसचिव मिना साउद केहि दिन अघि मात्र राष्ट्रिय युवा परिषद अछामको अध्यक्षतामा छानिनु भएको छ ।

नबोल्ने नसुन्ने एक बेवारीसे महिलाले दिईन नवजात शिशुको जन्म ।।

कमल रावल, साउन ६ अछाम
एक बेवारीसे महिलाले अछामको वयालपाटा अस्पतालमा नवजात शिशुको जन्म दिएकी छन । नबोल्ने नसुन्ने हातको मात्र ईसारा गर्न ेअन्दाजि ३२ वर्ष उमेरकी ति महिलाले ७ दिन अघि जिल्लाको सामुदायिक अस्पताल वयालपाटामा नवजात शिशु छोराको जन्म दिएकी हुन । बोल्न र सुन्न नसक्ने अबोला ति महिलाको नामथर ठेगाना केही पनि खुल्न नसकेको बयालपाटा अस्पताल अछामका मेडिकल डाईरेक्टर डाक्टर विकास गौचनले बताए । करिव एक साता अगाडी सुत्केरी व्याथा लागेर साफेबगर बजारको बाटोमा छट्पटाई रहेका बेला स्थानिय महिला अगुवाले अस्पताल पुराईएकी ति महिलाको साथमा करिव दुई बर्षकी एक नाबालीका छोरी समेत रहेकी छन । बेवारीसे अवस्थामा रहेकी ति महिलालाई कति दिन सम्म अस्पतालमा राख्ने र कस्लाई जिम्मा लगाउने भन्ने बारेमा अस्पताल व्याबस्थापन समिती अन्योलमा रहेको अस्पताल प्रशासनले जनाएको छ । अछामका प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मा तिमिल्सैनाले भने आफनो कार्यालय लाई कुनै आधिकारीक जानकारी नआएको र त्यस्तो अवस्थामा कुनै पनि नागरिक भेटिएमा सम्बन्धीत निकायमा प्रयास गरी खोजी र उद्धार गर्न आफु र आप्mनो कार्यालय तयार रहेको बताए । जिल्लामा रहेको महिला तथा बालबालीका कार्यालय अछामका प्रमुख भगबती अर्यालले भने आफनो कार्यालयमा कुनै जानकारी नआएको र जानकारी आएमा ति महिला र तिनका बालबालीका लाई सहयोग गर्न आफु तयार रहेको बताएकी छन । अलपत्र अवस्थामा रहेकी ति मिलाको उद्धार सहयोगको खोजीका लागी बयलपाटा अस्पतालले सबैलाई अनुरोध गरेको छ ।