अछाममा पहिलो पटक विद्युतिय हाजिरी सुरु जिल्ला प्रसासन कार्यालय अछमा ।।

अछाममा पहिलो पटक विद्युतिय हाजिरी सुरु जिल्ला प्रसासन कार्यालय अछामले जिल्लामा पहिलो पटक विद्युतिय हाजिर सेवा सुरु गरेको छ । कार्यालयको काम प्रति कर्मचारी लाइ जिम्मेवार र जवाफदेही बनाउने उद्धस्यले कार्यालय परिसरमा इ–एटेण्डेन्स मेसिन जडान गरे पछि बिहीबार बिहान बाट विद्युतिय हाजिरी सुरु भएको हो । कार्यालयमा जडान गरिएको मेसिनमा प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मा तिमिल्सिनाले बिहीबार बिहान फिङगर प्रिन्ट अर्थात दाँया हातको बुणी औला राखेर हाजिर गरेर उदघाटन गर्नु भएको हो ।“गृह मन्त्रालयमा इ–गभरमेन्स विस्तार गर्ने क्रममा जिल्ला प्रसासन कार्यालय अछाममा विद्युतिय हाजिरी सुरु गरिएको हो । ” प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सिनाले भन्नु भयो “विस्तारै जिल्लाका अरु कार्यालयमा पनि यो सेवा सुरु गरिने छ यसले पुरै समय कर्मचारी नबस्ने अवस्थामा विद्युतिय मेसिन बाट हाजिर गर्दा कुन वेला आए र कुन वेला गए सबै जानकारी राख्छ । ” जिल्ला प्रसासन कार्यालयका अनुसार विुद्युतिय मेसिनमा सबै कर्मचारीको औठा छाप मिलाइएको छ । कर्मचारी कार्यालयमा आएर उक्त मेसिनमा औठा छाप हाने पछि कर्मचारी कार्यालयमा आएको समय र कार्यालय बाट बिदा भै घर जाँदा विद्युतिय मेसिनमा औठा छाप राखे पछि कार्यालयमा आएको र गएको कम्प्युटरमा अभिलेख रहने छ । बिहिबार बाट जिल्ला प्रसासनका सबै कर्मचारीले कार्यालयमा हाजीर हुँदा र कार्यालय समय सकिए पछि फर्कीदा कार्यालय परिसरमा लगाइएको विद्युतिय मेशिनमा फिङगर प्रिन्ट अर्थात दाँया हातको बुणी औला देखाएर औठा छाप लगाउनु पर्ने छ । यसको लिंक मन्त्रालय सम्म छ यहाँ ( जिल्ला प्रसासन कार्यालय ) का सबै कर्मचारीको हरेक दिन हाजिर गरेको सम्पुर्ण जानकारी गृह मन्त्रालयमा पनि रहने प्रजिअ शर्मा तिमिल्सिनाले बताउनु भयो । उहाँका अनुसनर विद्युतिय हानिरीले कार्य सम्पादन र सेवा प्रवाह सुचना प्रविधी मैत्री हुने फाइल बाट हुने कमिकमजोरी हटने , कर्मचारी कार्यालयमा नआए पनि लामो समय सम्मको हाजिरी एकै दिन गर्ने प्रवृत्ति अन्त्य हुने छ

राउटे समुदायका जेष्ट नागरिक सम्मानित ।।

रेडियाे रामाराेशन मंगलसैन २८ असार ,अछाम

स्थित सरकारी तथा गैरसरकारी कार्यालय हरुले असारको अन्तिम तिर साना तिना बजेट सदरमुकाममा कार्यक्रम गरेर रकम फच्र्यौट गर्ने परम्परा लाइ चुनौती दिदै जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयले यस पटक आफनो एक कार्यक्रम फरक तरिकाले सम्पन्न गरेको छ । असारको भारी बर्षा , झरी मा बिग्रेका सडकको यात्रा गर्दै स्वास्थ्य कार्यालयले नाडा गाविस ४ बुदेको लेकमा रहेको राउटे बस्तीमा पुगेर सो समुदायका जेष्ट नागरिकलाइ सम्मानित गरेर नयाँ कामको थालनी गरेको हो । लोपोन्मुख राउटे समुदायका जेष्ट नागरीक लाइ खादा र उपहार प्रदान गरेर सम्मान गरिएको राउते समुदायका सम्पर्क ब्याक्ती धनबहादुर बुढाले जानकारी दिनु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डा. शरदचन्द्र बराल र तोषी स्वास्थ्य चौकीकी इन्चार्ज लक्ष्मी शाहीले राउटे समुदायका बृद्ध, बृद्धा लाइ खादा र उपहार प्रदान गरि सम्मा गर्नु भएको थियो । राउटे समुदायका बरिष्ट मुखिया महिनबआदुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. शरदचन्द्र बराल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा रेडियो रामारोशनका कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैना जनस्वास्थ्य निरिक्षक झनकराज ढुंगाना , परिवार नियोजन सुपरभाइजर भ्वानसिंह कुँवर , तोषी स्वास्थ्य चौकीका इनचार्ज लक्ष्मी शाही र राउटे समुदायका सम्पर्क ब्याक्ती धनबहादुर बुढाको उपस्थिती रहेको थियो ।

निर्माण कार्य सुरु भएको ५ बर्ष बितीसक्दापनी स्वास्थ्यचौकी बारलाको भवन निर्माण कार्य अझै पुरा भएन, ठेकेदारको चरम लापरबाहीका कारण निर्माण कार्य पुरा नभएको स्थानीएको आरोप ।

टेक बहादुर थापा , रेडियाे रामाराेशन

ईलाका स्वास्थ्यचौकी बारलाको भवन निर्माण कार्य सुरु भएको ५ बर्ष बिती सक्दापनी अझै पुरा भएको छैन । शहरि विकास तथा भवन निर्माण विभाग डोटीको १ करोड २४ लाखको आर्थिक सहयोगमा २०६८ साल देखी निर्माण कार्य सुरु गर्न थालीएको स्वास्थ्य चौकीको १६ कोठे भवन ५ बर्ष बितीसक्दापनी पुरा नभएपछि स्थानीय अच्चमीत भएका छन । भवनको निर्माण गर्ने काम सम्पन्न भएपनी अन्य सबै कामहरु अधुरै रहेको स्वास्थ्य ब्यावस्थापन समिती बारलाका अध्यक्ष नन्द बहादुर शाहीले बताउनु भएको छ । भवनको केही कोठामा झ्याल र ढोका नलगाएको, शौचालय, खानेपानीको काम पुरा नभएको र काम भएको ठाउमापनी प्रभाबकारी नभएको त्यस क्षेत्रका स्थानीयले बताएका छन । स्वास्थ्य चौकीको आधा काम अझै बाकी रहदापनी निर्माणको जिम्मा लीएका ब्यक्तिले अहीले सम्म कुनैपनी चासो नदेखाएको ब्यबस्थापन समितीका अध्यक्ष शाहीले बताउनुभयो । पाच पाच बर्ष बितीसक्दापनी एउटा भवन पुरा नहुनु लाजमर्दो कुरा भएको बारलाका स्थानीय अगुवा छत्र बहादुर शाहीले गुनासो गर्नुभयो । एउटा ब्यक्तिको घर बनाउदा एक वा दुई बर्षमा सम्पन्न गरिसक्ने तर सरकारी कार्यालयको भवन ५ बर्ष बितीसक्दापनी पुरा नहुनु यो दुखद कुरा भएको शाहीको भनाई छ । निर्माणको जिम्मा लीएका स्थानीय राम बहादुर शाहीलाई स्वास्थ्य ब्यबस्थापन समितीले पटक पटक निर्माण कार्य सम्पन्न गर्न अनुरोध गरेपनी सुनुवाई नगरेको स्वास्थ्य ब्यबस्थापन समितीले जनाएको छ । गत बर्षको अषाढ मसान्तमा निर्माण कार्य पुरागर्नु पर्ने भवनको अझै आधा काम बाकी रहेको छ । भवनको निर्माण कार्य अहीले सम्म पुरा नहुदा आफूलाई स्वास्थ्य सेवा दिन निकै समस्या भईरहेको स्वास्थ्यचौकी बारलका ईन्चार्ज बिजय शाहको भनाई छ । स्वास्थ्यचौकी बाट प्रसुती सेवा समेत प्रदान भईरहेकाले भवन निर्माण कार्य पुरा नहुदा प्रसुती सेवा दिनपनी असजिलो भईरहेको ईन्चार्ज शाहले बताउनुभयो । ईलाका स्वास्थ्यचौकी बारला संगै निर्माण कार्य सुरु भएका ईलाका स्वाथ्यचौकी कालीकास्थान, ईलाका स्वास्थ्यचौकी जूपूको निर्माण कार्य गत बर्ष नै सम्पन्न गरी नवनिर्मीत कार्यालय बाट काम संञ्चालन भईसकेका छन भने स्वास्थ्यचौकी बिनायकले अषाढ २५ गते बाट मात्र नया भवन बाट सेवा दिन सुरु गरेको छ । ५ बर्ष सम्मपनी एउटा भवन पुरा नहुनु निर्माणको जिम्मा लीएका ब्यक्तिको चरम लापरबाही देखीएको त्यस क्षेत्रका स्थानीयको भनाई छ । उता स्वास्थ्यचौकी बारलाको भवन निर्माणको जिम्मा लीएका त्यस क्षेत्रका अगुवा राम बहादुर शाहीले भने ठेकेदारको लापरबाहीका कारण निर्माण कार्यमा ढिलाई भएको बताउनुभयो । आफूले स्थानीए भएको हिसाबले निर्माणको जिम्मा मात्र लीएको र ठेकेदार तपेन्द्र शाहले समयमै आवश्यक सामाग्री नपठाउदा ढिलो भएको उहाको भनाई छ । भवन समयमै सम्पन्न गराउने आफ्नो तर्फबाट पनी पहल गरेको र ठेकेदारको लापरबाहीका कारण ढिला भएको भनाई राख्नुभयो । भवनको अझै १० लाख भन्दा बढीको काम बाकी रहेको शाहीको भनाई छ । यता स्वास्थ्यचौकी मष्टाबण्डालीको निर्माण कार्यपनी अलपत्र अवस्थामा छ । ठेकेदार छत्र कडायतको चरम लापरबाहीका कारण भवन निर्माण कार्य अलपत्रै अवस्थामा रहेको त्यस क्षेत्रका अगुवाहरुले बताएका छन । शहरि विकास तथा भवन निर्माण विभाग डोटी बाट संञ्चालीत हरेक विकास निर्माणका काममा चरम लापरबाही देखीएको निर्माण कार्य भईरहेका ठाउमा स्थानीयले बताएका छन ।

खप्तडको पर्यटन बिकासका लागि एमाले बढाउन छ अभियानका ।।

कमल रावल, जेठ १७, अछाम
प्रेस चौतारी अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमाले अछामले यहि जेठ १२ देखि १४ गते सम्म पर्यटकिय स्थल खप्तडमा गरेको २३ औँ विस्तारित बिशेष बैठकमा गरिएका निर्णय सार्वजनिक गरेको छ । प्रेस चौतारी अछामका उपाध्यक्ष कालु सिह बोहराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रमुख अथिती जिल्ला अध्यक्ष शेर बहादुर कुवरले पत्रकार सम्मेलन मार्फत सबै निर्णय सार्वजनिक गर्नु भएको थियो । खप्तड क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि पार्टी मार्फत १६ बुदे घोषणा पत्र जारी गरिएको छ । जिल्ला तथा राष्ट्रको ध्यान पर्यटकिय क्षेत्र खप्तडमा पुग्न नसकेकाले आफनो पार्टी मार्फत राज्यको ध्यान सो क्षेत्र पुगाउने पहिलो लक्ष्य रहेको उहाँले बताउनु भयो । आफनो पार्टिको मुख्य लक्ष्य खप्तडमा बैठक गरि सो क्षेत्रको पहिचान भईसकेकाले अब समग्र सुदुरपश्चिमको आर्थिक रुपान्तरणका लागि सबै जिल्ला तथा ७ नम्बर प्रदेशका राजनितिक दलले प्रर्यटकिय क्षेत्रको प्रबद्र्धनका लागि जोडका साथ लाग्नु पर्ने बताउनु भयो । पत्रकार सम्मेलन मार्फत उहाँले ३ दिन सम्म पार्टिको बैठकले खप्तड क्षेत्रको पर्यटकिय विकासका लागि भौतिक पुर्वाधारको अभाव, सडक विस्तार हुनु नसकेको, सबैको ध्यान आकर्षण पुग्न नसकेकाले सबै यसको विकासका लागि अब आफनो पार्टी मार्फत झकझक्याउने निर्णय भईसकेको उहाँले जानकारी दिनु भयो । पर्यटन बोर्ड मार्फत राज्यको करोडौँ लगानि भएपनि देखिने गरि केहि पनि विकास नभएकाले आगामि दिनमा सम्बन्धीत निकायमा छान विनका लागि पहल गर्ने जानकारी गराउनु भयो । आगामि दिनमा जिल्लाको समग्र पहल लागि भएका निर्णय अनुसार लागु गर्नका लागि के पहल हुन्छ भन्ने सञ्चार कर्मिको जिज्ञासामा अध्यक्ष कुवरले २०६३ सालमा आएको खप्तडका बाढी पिडितले अझै राहत पाउन नसकेकाले राहतका लागि पहलगर्ने, आगामि दिनमा सबै क्षेत्रकाप र्यटकिय क्षेत्रको विकासका आफनो पार्टीबाट गर्न सकिने पहल गरिने बताईएको थियो । सो क्षेत्रको दायित्व बोझ राज्यले गर्न नसकेकाले आगामि दिनमा आफना कार्यकर्तालाई उत्पादन मुखी कार्यमा लाग्नलाई निर्देशन दिईएको उहाँले जानकारी गराउनु भएको थियो । अब आगामि दिनमा सेतीलोक मार्ग, मध्यपहाडी राज्यमार्ग चाडै काम सम्पन्न भई सुचारु भएमा पर्यटन क्षेत्रको विकास हुने भएको र बाह्य र आन्तरिक पर्यटक बढदै जाने निष्कर्ष निकालिएको थियो । साथै आगामि दिनमा खप्तडको पर्यटन विकास लागि सो क्षेत्र जोडिएका बझाग, डोटी, बाजुरा र अछाम जिल्लाका सबै राजनितिज्ञ तथा सरोकारवालाले ध्यानदिनु पर्ने निष्कर्ष निकालिएको जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा एमाले पार्टी सचिव यज्ञ बोगटी, संगठन विभाग प्रमुख पदम बोहरा, सचिवालय सदस्य एँव प्रचार प्रसार विभाग प्रमुख भिम जनाला, जिल्ला सचिवालय सदस्य चन्द्र बोहरा, जंगविक, पत्रकार महासंघका पुर्व अध्यक्ष वेद प्रकाश तिमिल्सैना, प्रेस चौतारीका केन्द्रिय प्रतिनिधी एँव पुर्व उपाध्यक्ष नरेश कुमार शाही, अनेरास्वीयु अछामका अध्यक्ष डम्मर विसि लगाएतको उपस्थिती रहेको थियो । बैठकको सञ्चालन प्रेस चौतारी अछामका सचिव टेक बहादुर थापाले गर्नु भएको हो ।

प्रेस चौतारी नेपालको आठौँ महाअधिवेशन बाट रेडियो रामारोशनका अध्यक्ष कुँवर केन्द्रीय सदस्य पदमा चयन ।।

 रेडीयाे रामाराेशन,मंगलसेन,८ , जेठ

चौतारी नेपालको आठौँ महाअधिवेशनले रेडियो रामारोशनका अध्यक्ष एकिन्द्र कुमार कुँवर लाइ केन्द्रीय सदस्य पदमा चयन गरेको छ । अछाम बाट चौतारीको प्रतिनीधी कुँवरलाइ महाअधिवेशनले शनिवार सर्बसम्मत केन्द्रीय सदस्यमा चयन गरेको हो । अछाम जिल्लामा ब्यवसायीक पत्रकारीता सुरुवात गर्ने कुँवर २० बर्ष देखी पत्रकारीतामा क्रियाशिल हुनुहुन्छ । नेपालगञ्ज बाट पत्रकारीता सुरु गरेका चौतारीका नवनिर्वाचित सदस्य कुँवर संग राजधानीका कान्तीपुर लगाएत ठुला मिडिया हाउस र मोफसलमा काम गरेको अनुभव छ । अछामको बयलपाटा गैरागाउका स्थानिय बासिन्दा कुँवरलले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि रेडियो रामारोशन संग कुरा गर्दै अछाम जिल्लामा मर्यादित , ब्वस्थित , भयरहित पत्रकारीताकाका साथै शुसान र अधिकारका क्षेत्रमा ससकत भएर क्रियाशिल हुने बताउनु भयो । आजै रेडियो रामारोशनका तर्फ बाट कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैलाले एक बिज्ञेप्ती मार्फत प्रेस चौतारी , नेपालको आठौ महाअधिवेशन बाट केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएका रेडियोका अध्यक्ष कुँवरको कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । प्रज्ञा भवन कमलादी काठमांडौमा विहिवार बाट सुरु भएको चाैतारीको महाअधिवेशन गणेश बस्नेतको नेतृत्वमा सर्बसम्मत नेतृत्व चयन गर्दै शनिवार सम्पन्न भएको छ ।

बस्ती गाबिस जिल्लाको २९ औँ गाबिसको रुपमा छाउपडि गोठमुक्त घोषणा ।।

कमल रावल, जेठ ७, अछाम
अछामको बस्ती गाबिसलाई जिल्लाको २९ औँ गाबिसको रुपमा छाउपडि गोठमुक्त गाबिस घोषणा गरिएको छ । गाबिसका महिनावारि हुने उमेर समुहका सबै महिला तथा किशोरिहरु सुरक्षित तरिकाले घरमै बस्न थालेपछि एक भब्य कार्यक्रमका बिच घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्ने अधिकाश बक्ताले गाबिस घोषणा गरेर मात्र नभई यसको कार्यान्वयनका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताएका थिए । कुनै संघ संस्थाले आएर घोषणा गरेर मात्र नभई भावि दिनमा चुनौती गाबिसका नागरिकले भोग्नु पर्ने भएकाले यस तर्फ समेत सबैको ध्यान जानु पर्नेमा जोड दिएका थिए बस्ती गाबिसको आयोजना र ग्रामिण जलस्रोत ब्यावस्थापन परियोजना तेस्रो चरण अछाम र मालिका बिकास संघको सहयोगमा गाबिसलाई छाउपडि गोठमुक्त गाबिस घोषणा गरिएको हो । गाबिस सचिव एंव अध्यक्ष लोकेन्द्र बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा RVWRMP तेस्रो चरणका होम अफिस कोडिनेटर पामेल ह्वाईट प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती ह्वाईटले ३ बर्ष अघि आफनो संस्था मार्फत कार्यक्रम भएपछि अहिले निकै परिवर्तन आएको बताउनु भयो । बस्ती गाबिसले गरेको सामाजिक परिवर्नतलाई सफल पार्न सहयोग गर्ने सबै कर्मचारी, संस्था, गाबिसका स्थानिय वासिलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । नेपालको सविधानमा सबै नेपालीले स्वस्थ्य जिवनयापन बाच्नका लागि स्वच्छ खानेपानि र सरसफाई पाउनु पर्ने अधिकार अन्तर्गत नै आफनो परियोजना मार्फत त्यही काम भईरहेको उहाँले जानकारी गराउनु भएको थियो । आगामि दिनमा सबै अभियान सफल पार्न आफनो सस्था मार्फत सहयोग जारी रहने भएकाले सबैले अपनत्वका साथ अघि बढाउनु पर्ने बताउनु भयो । कार्यक्रममा RVWRMP का सहायक टिम लिडर नारायण वाग्ले र ग्रामिण जलस्रोत परियोजना अछामका परियोजना सल्लाहकार फणेन्द्र श्रेष्ठ विशिष्ट अथिती रहनु भएको थियो । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कार्य समिती सदस्य पुरन विक, ऐकिकृत नेकपा माओवादि जिल्ला सदस्य मदन कुमार भुल रोशन, जिल्ला विकास समिती अछामका सावित्रि वटाला, पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैना, मालिका विकास संघका वरिष्ठ उपाध्यक्ष केशव रावल, एमाले बस्ती गाउ कमिटी अध्यक्ष डिल बहादुर थापा, नेकपा क्रान्तिकारी माओवादिका गाउ कमिटी ईञ्चार्ज धर्म कामि, शिसुधार मावि बस्तीका प्रधानाध्यापक अर्जुन थापा, वडा नागरिक मञ्चका अध्यक्ष कर्ण थापा, स्वास्थ्य चौकी ईञ्चार्ज वियज श्रेष्ठ, शिसुकल्याण निमावि प्रअ गोनाई शाह, दलित अगुवा नर बहादुर विक, जनसेवा युवा समाजका अध्यक्ष कर्ण धामि, युवा सञ्जाल ईलाका नम्बर ८ का सचिव धनविर नेपालि, महिला अधिकार मञ्चका अध्यक्ष मातृका देवि ढुगाना, महिला स्वास्थ्य स्वयमसेवि धना साँउद लगाएतका अथितीले मन्तव्य राख्नु भएको थियो । सोही अवसरमा कार्यक्रम सफल पार्नका लागि विभिन्न तह र तप्का सहयोग गर्ने ब्यक्तित्वलाई दोसल्ला र सम्मान पत्रका साथ सम्मान समेत गरिएको थियो । कार्यक्रममा गाबिसका ९ वटै वडाका देउडा लगाएतका सास्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थिए । गाउ खानेपानि तथा सरसफाई स्वच्छता समन्वय समितीका उपसयोजक टँक थापाको स्वागत मन्तव्य बाट सुरु कार्यक्रमको सञ्चालन शिक्षक ईन्द्र बहादुर रावलले गर्नु भएको हो ।

भारतीय बीमान अछाममा दर्घटना

बेदप्रकाश तीमील्सैना मंगलसेन अछाम
भारत द्धारा प्रक्षेपण गरिएको एक संकास्पद उपकरण सहितको मानव रहित एक भुउपग्रह सेटेलाइट यान अछाममा दुर्घटना भएको छ । भारतको उत्तराखण्ड राज्य स्थित नैनिताल बाट उडाइएको सानो आकारको मानवरहीत भुउपग्रह सेटेलाइट यान जिल्लाको बलाता गाविसको भिमडमा आइतबार दुर्घटनामा परेको हो । बलाता ५ भिमडका चेतमानसिंह थापाले घर नजिकै संकास्पद बस्तु खसेको प्रहरी लाइ खवर पछी सोमबार घटनास्थलमा पुगेको प्रहरीले भारतको भुउपग्रह अर्थात सेटेलाइट यान भएको निष्कर्ष निकालेको थियो । स्थानियले खवर पछि प्रहरी चौकी ढकारीका प्रहरी सहाक निरिक्षक असइ परि बाेहाेरा काे  नेतृत्वमा गएको हाम्रो टोलीले भारत बाट अत्याधुनिक बेलुनको सहायता बाट उडाइएको भुउपग्रह अर्थात सेटेलाइट यान फेला परेको साचो हो । त्यसमा लेखेको सुचनाका आधारमा भारतको नैनीताल बाट उडाइएको भनी स्पष्ट लेखीएको छ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी निरञ्जन भट्टले भन्नु जानकारी भयो । उहाँका अनुसार सो उपकरण मौसम सम्वन्धि परिक्षणका लागी उडाइएको उकरण हुन सक्छ । भारत उत्तराखण्ड राज्यको नैनिताल बाट उडाइएको बैज्ञानीक यन्त्र हो । यो पुर्ण रुपमा सुरक्षीत छ । यस यान लाइ मौसमको परिक्षण का लागी उडाइएको हो । पाउनु हुने महानुभाव ले डा. मनीश नजा र श्री आशिस कुमार लाइ खवर गर्नु होला पुस्कारको ब्यवस्था गरिएको छ भनी भारत सरकारको विज्ञान एवम प्रौधोगिक बिभाग द्धारा जारी हिन्दीमा लेखिएको सुचना समेत दुर्घटनाग्रस्त भुउपग्रह सेटेलाइट यान संगै फेला परेको छ । दुर्घटनाग्रस्त मानव रहित सानो भुउपग्रह सेटेलाइट यान काम नलाग्ने अपस्थामा रहेको र जलेर टुक्रा टुक्रा अवस्थामा फेला परेको अछाम प्रहरीले जनाएको छ । भारत सरकारको दुर्घटनामा परेको सो भुउपग्रह सेटेलाइट यान प्रहरी चौकी ढकारी ल्याएर राखीएकोयो। भुउपग्रह सेटेलाइट यान संगै फेला परेको छ । दुर्घटनाग्रस्त मानव रहित सानो भुउपग्रह सेटेलाइट यान काम नलाग्ने अपस्थामा रहेको र जलेर टुक्रा टुक्रा अवस्थामा फेला परेको अछाम प्रहरीले जनाएको छ । भारत सरकारको दुर्घटनामा परेको सो भुउपग्रह सेटेलाइट यान प्रहरी चौकी ढकारी ल्याएर राखीएको छ ।

उप प्रधान तथा रक्षा मन्त्रालयको स्वकीय सचिवालय द्धारा बिभिन्न संञ्चार माध्याममा प्रकाशित सामाचारको खण्डन, जनतालाई भ्रममा नपार्न आग्रह ।

बैशाख १३ अछाम
उप प्रधान तथा रक्षा मन्त्रालयको स्वकीय सचिवालयले बैशाख १४ लगायतका विभीन्न संञ्चार माध्याममा प्रकाशन प्रसारण भएका सामाचारको खण्डन गरेको छ । नेपाल सरकारका उप प्रधान तथा रक्षा मन्त्री भिम रावल गृह जिल्ला अछाममा रहदा उहाले प्रयोग गर्नु भएको नेपाली सेनाको हेलीकोप्टर पार्टिको कार्यक्रममा लगेर दुरुपयोग गरेको भन्ने भ्रामक समाचारको बिज्ञप्ती मार्फत खण्डन गरेको हो । उप प्रधान तथा रक्षा मन्त्री रावलका स्वकीय सचिव बल बहादुर कुँवर द्धारा हास्ताक्षरित बिज्ञप्तीमा अन्नपूर्ण दैनिक लगायतका संञ्चार माध्याममा प्रकाशीत समाचारमा कुनैपनी सत्यता नभएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । बाजुरको कोल्टीमा नेपाली सेनाको ब्यारेक राख्ने सम्बन्धमा उत्पन्न समस्याको समाधान गर्न, जग्गा अधिग्रहण गर्ने लगायतको कामको निरिक्षण गर्ने लगायतको कामको निरिक्षण र निराकरण गर्न बाजुरा जिल्ला स्थित दुर्गा बक्स गणको निरिक्षण गर्न तथा अछाम र डडेल्धुरा स्थित ब्यारेक हरुको अवस्थाबारेको जानकारी लीनुका साथै शिक्षा मन्त्रालयले विभीन्न जिल्लामा हरुमा समयमै निशुल्क पाठ्य पुस्तक उपलब्ध गराउने अभियान आरम्भ गर्ने शिक्षा मन्त्रालयको आग्रह अनुरुप रक्षा मन्त्री भिम रावलले त्यहाको भ्रमण गर्नु भएको बिज्ञप्तीमा उल्लेख छ । उप प्रधान तथा रक्षा मन्त्री रावलले सुदुरपश्यिमका जिल्लाहरुको उक्त भ्रमणका क्रममा बैशाख ९ गते डडेल्धुराको उग्रतारा उच्च मावि, बैशाख १० गते अछाम लुग्रा गाविसको सृर्जनशिल प्रावी, बैशाख ११ गते बाजुरा मार्तडी स्थित बाल मन्दिर निमावि र बैशाख १२ गते अछाम जिल्लाको महेन्द्र उच्च माविमा बिद्यार्थिहरुलाई निशुलक पाठ्य पुस्तक बितरण अभियानको आरम्भ गर्नु भएको थियो । यस्तै लुङग्रा गाविसको सृजनशिल प्रावीको नव निर्मित भवन सोकट गाविसको दशपल्ले माविको नव निर्मित भवन, बैशाख ११ गते बाजुरा क्याम्पसको छात्रा बास भवनको उद्घाटन तथा रंग शालाको शिलान्यास र बैशाख १२ गते मार्कु गाविसको नवनिर्मित भवन साफेबगर नगरपालीका वडा न ९ को लंगमाता देबीको मन्दिरको उद्घाटन र बयालपाटा क्याम्पसको बार्षिक साधारण सभाको उद्घाटन गर्नु भएको थियो । यी कामको शिलशिलामा जादा कर्मचारी हरु तथा पार्टिका भेलाहरुमा उपस्थित भएर देशको संविधान तथा समसामहीक राजनीतीका बारेमा जानकारी गराउनु बहुदलीय लोकतान्त्रीक ब्यबस्थामा कुनै अन्यथा कुरा होईन बिज्ञप्तीमा उल्लेख छ । भ्रमणका अवसरमा धेरै सरकारी काम एकै पटक सम्पादन गर्नेगरि काम गर्दा त्यसलाई सकारात्मक रुपमा लीनुको साटो यथार्थलाई बङयाएर भ्रम सृर्जना गर्नु खेद जनक भएको भन्दै जनतालाई यथार्थ बिबरण दिई सुसुचित गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य कार्यालय अछामलाई गैससं महाँसंघ अछामद्धारा सम्मान तथा प्रशंशा ।।

कमल रावल, चैत ६ अछाम
स्वास्थ्य सेवा प्रवाहको क्षेत्रमा नेपालकै दोस्रो स्थान हासिल गरेकोमा जिल्ला स्वास्थ्य कार्यालय अछामलाई गैर सरकारी संस्था महाँसंघ नेपाल जिल्ला शाखा अछाम द्धारा सम्मान तथा प्रशंशा गरिएको छ । महाँसंघको आयोजनामा जिल्ला स्वास्थ्य कार्यालयका साथसाथै जिल्ला स्वास्थ्य प्रमुख डा. शरदचन्द्र बराल र जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीलाई पनि प्रशंशा पत्र सहित सम्मान गरिएको हो । स्वास्थ्यले निर्दिष्ट गरेका बिभिन्न सुचकहरुलाई पार गर्दै देशकै दोस्रो स्थानमा आँउन सफल भएको भन्दै आगामि दिनमा प्रथम स्थान हासिल गर्न प्रेरणा मिलोस भन्ने हेतुले सम्मान कार्यक्रम गरिएको हो । गैसस महाँसंघ अछामका अध्यक्ष खड्ग बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा अछामका निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बधाई मन्तब्य राख्दै भुषालले स्वास्थयलाई अर्को वर्ष प्रथम स्थान हासिल गर्ने गरी चुनौतीको सामना गर्दै अगि बढ्न आग्रह गर्नुभयो । अस्पतालको मुहार परिवर्तन र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि जिल्ला स्वास्थ्य प्रमुख डा. बराल संसंगै स्वास्थ्यको अन्य टिम सक्रिय रुपमा खटेको आफुले पाएको भन्दै भुषालले जिल्ला स्वास्थ्य कार्यालयले एम्वुलेन्स सेवा सुचारु, भौतिक निर्माणमा सुधार र कर्मचारीको आचरण सुधार गर्दै अगि बढेमा अर्को वर्ष अवस्य पहिलो नम्वरमा आँउन सक्ने बिश्वास ब्याक्त गर्नुभयो । कार्यक्रमका अतिथी एमालेका जिल्ला सदस्य चन्द्र बोहराले बेडमा सुतेका बिरामीको अनुहार हेरेर आगामि योजना बनाई अगि बढ्न स्वास्थ्य कार्यालयलाई अनुरोध गर्नुभयो । यस्तै राप्रपाका जिल्ला अध्यक्ष तेज बहादुर बिष्टले स्वास्थ्यको क्षेत्रमा आगामि दिनमा गर्नुपर्ने सहयोगका लागि कहिल्यै पछि नहट्ने प्रतिबद्धता ब्याक्त गर्नुभयो । यस्तै नेकपा क्रान्तिकारी माओवादीका काशिराम जैशीले जिलला स्वास्थ्यलाई बधाई तथा शुभकामना दिदै अन्य निकाय र कर्मचारीलाई पनि आफ्नै जिल्ला सम्झेर काम गरी सम्मानित हुन आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डा. बरालले आफ्नो अनुभव सुनाउदै अस्पतालले सफलता हासिल गर्नुमा एक जना ब्याक्तिको मात्रै हात नभएर जिल्ला स्थित सबै सरोकारवाला, राजनीतिज्ञ, समाजसेवी, युवा, पत्रकार, गैसस लगायत निकायको सकारात्मक सोचाई र सहयोगको परिणाम भएको बताँउनुभयो । हरेक अवरोधलाई छिचोल्दै अगाडि बढ्नुको मजा छुट्टै हुने बताँउदै उहाँले अव पहिलो स्थान हात पार्न थप चुनौती बढ्को उल्लेख गर्नुभयो । नतीजालाई पर्खिनुभन्दा बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिएर खुसी पार्नुनै आफ्नो प्रमुख प्राथमिकता रहेको डा बरालले बताँउनुभयो । आफु र आफ्नो संस्थाले पाएको सम्मानले आगामि दिनमा गर्ने कार्यलाई थप हौसला मिलेको उहाँको भनाई थियो । यस्तै जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीले जिल्ला अस्पताल अछामलाई यो अवस्थामा पुर्याँउनुका पछाडिको पहिलो श्रेय वडा स्तरमा निस्वार्थ काम गर्ने स्वंसेवीकालाई जाँने बताँउनुभयो । कार्यक्रममा पत्रकार महाँसंघका तर्फवाट मन्तब्य राख्दै धु्रव बिसीले जिल्ला स्वास्थ्य कार्यालयलाई अझ नमुना बनाँउन बाह्य ब्यावस्थापन, सडकको स्तरोन्नती लगायतका कुरामा ध्याँन दिनुपर्ने उल्लेख गर्नुभयो । उक्त सम्मान कार्यक्रममा अछामका स्थानिय विकास अधिकारी शिवप्रसाद हुमेगाई लगायत बिभिन्न निकायका प्रमुख प्रतिनिधी, सञ्चारकर्मी सरोकारवालाहरुको सहभागिता रहेको थियो । कोषाध्यक्ष विन्दुर रावलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सचिव रतन रावलले गर्नु भएको थियो ।

अछामका ४ गाबिसका १ सय १ जनाद्धारा फोटो सहितको मतदाता नामावलि नाम दर्ता ।।

कमल रावल, फागुन १५, अछाम
अछाम जिल्लाका ४ गाबिसमा २ दिने फोटो सहितको मतदाता नामावलि संकलन तथा अद्यावधिक कार्यक्रम २०७२ सम्पन्न भएको छ । जिल्लामा ४ वटा टोलि बनाई नामावलि सँकलनका लागि शुक्रबार देखि नै अभियान सुरु भईसकेको थियो । जसमा शुक्रबार र शनिवार जिल्लाका पायल, बान्नातोली, सान्तडा र बस्ती गाबिसमा संकलन गरिएको  छ । जसमा पायलमा ३१ जना, बान्नातोलीमा २४ जना, सान्तडामा ३४ जना र बस्तीमा १२ गरि जम्मा १ सय १ जनाले फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गराएका टोलिमा खटिएका प्रमुखहरुले हामिलाई जानकारी दिएका छन । यस अघि जिल्ला निर्वाचन कार्यालका अनुसार हाल सम्म अछाम जिल्लामा १ लाख २५ हजार ७ सय ४ जनाले फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गराई सकेका छन । अछामका ३१ गाबिसमा गरिने सकलन कार्य अन्तर्गत पहिलो चरणमा फागुन १४ देखि २३ गते सम्म पहिलो चरणमा १९ गाबिसमा र बाकी १२ गाबिसमा फागुन २३ देखि चैत ४ गते सम्म जारी रहने जिल्ला निर्वाचन अधिकारी ईश्वर सिंखडाले जानकारी दिनु भयो । स्थानिय स्तरमा अहिले जारी सकलन कार्यमा सबै राजिनितिज्ञ, सरोकारवालाले साथ दिरहेका उहाँले बताउनु भएको छ । आफनो केहि विग्रेको भए वा अन्य भए अद्यावधिक गर्न र नाम छुटेका सबैलाई दर्ता गराउन उहाँले आग्रह गर्नु भएको छ ।