डाक्टर बराललाई युवा पुरुस्कार ।।

कमल रावल, माघ १३, अछाम
जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरदचन्द्र बराल अछाममा उत्कृष्ट युवा पुरुस्कार बाट सम्मानित हुनु भएको छ । अछाम जिल्लाको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै जेसिज अछामले आफनो तेस्रो पदस्थापनका अवसरमा सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अथिती जेसिज २०१६ का केन्द्रिय अध्यक्ष जगत बहादुर पोखरेलले दोसल्ला तथा सम्मान पत्रका साथ सम्मान गर्नु भएको हो । २०७१ सालमा अछाम आउनु भएका डाक्टर बरालले जिल्लाको स्वास्थ्य क्षेत्रमा १ बर्षको अवधिमा उल्लेखनिय काम गरेबापत यो सम्मानले सम्मानित गरिएको हो । एक बर्षको अवधिमा अछाम आउदा डाक्टर बरालको पहलमा जिल्ला अस्पताल अछाममा विभिन्न विभागिय बर्गिकरण सहीत छुट्टा छुटटै सेवा दिईएको, औषधि विभाग सहति नियमति औषधि वितरण, २४ सै घण्टा ईमरजेन्सि सेवा, अस्पतालको फोहोरमैला ब्यावस्थापन, महाशाखाले न्युनतम मापदण्ड अनुसार सत प्रतिशत सुधार लगाएतका थुप्रै काम भएका थिए । बिशेष समारोहमा गरिएको विशेष सम्मान ग्र्रहण गर्दै डाक्टर बरालले यो सम्मानले आफुलाई निकै खुशि बनाएकाले आगामि दिनमा निस्वार्थका भावनाका साथ काम गर्ने जोश जागर बढेको बताउनु भएको छ । आफु जस्ता युवाले गर्न खोजे परिवर्तन हुने भएकाले यसम सबैको ध्यान जानु पर्ने समेत बताउनु भएको थियो । सोही अवसरमा विभिन्न तहबाट सहयोग गरेवापत अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदि र नेपाल पत्रकार महासँघ अछामका उपाध्यक्ष जनकराज भण्डारीलाई समेत बिशेष सम्मानका साथ सम्मानित गरिएको थियो ।

छाक टार्न गिट्टी कुट्ने बृद्धलाई बिदेशमा रहने नेपालीबाट ६३ हजार ५ सय सहयोग ।।

कमल रावल, अछाम १२ माघ
अछाम सदरमुकाम मंगलसैन–५ की एक बृद्ध महिलालाई अन्नपूर्ण अनलाईनमा फोटो प्रकाशित भए पछि बिदेशबाट नगद सहयोग प्राप्त भएको छ । साँझ बिहानको छाक टार्न सडक छेवैमा गिट्टी कुट्दै आएकी ७५ वर्षिया जलु बिकको गिट्टी कुट्दै गरेको फोटो अन्नपूर्ण पोष्टको अनलाईनमा प्रकासिश भए पछि बिदेशमा रहेका नेपालीबाट ६३ हजार पाच सय नगद सहयोग प्राप्त भएको हो । सहयोग स्वरुप प्राप्त उक्त रकमको चेक मगलबार अन्नपुर्ण पोष्ट अछाम संवाददाता शिवराज खत्रीले जलुलाई उनी गिट्टी कुटिरहेको स्थानमै गएर हस्तान्त्रण गर्नुभयो । अनलाईमा प्रकाशित भएको उक्त फोटो हेरेर बाग्लुङमा घर भई हाल लण्डनमा रहने कृष्ण प्रसाद शर्माको पहलमा उक्त रकम संकलन भएको हो । रकम संकलन कार्यमा शर्माको पहलमा लण्डन तथा इजरायलमा रहेका थुप्रै नेपालीले सहयोग गरेको शर्माले इमेलबाट जानकारी दिनुभयो । रकम प्राप्त गरिसकेपछि जलुले खुसीका आँसु झार्दै आफूलाई सहयोग गर्नेहरुको सधैँ प्रगति उन्नतीको कामना गर्दै उनीहरुले चाहेको कुरा पुयाई दिनु भनेर दुई हात जोड्दै इश्वरसँग प्राथनासमेत गर्नुभयो । लण्डनमा रहेर लामो समय देखि नेपालका लागि बिभिन्न सामाजिक कार्य गर्दै आएका शर्माले हालै मात्र साथीहरुकै सहयोगमा ५ बर्ष देखि शारिरीक एवम् मानसिक रुपमा बिछिप्त रही ओडारमा बस्दै आएकी जाजरकोटकी एक महिलाको उपचारको प्रवन्ध मिलाउनुका साथै निकट अहिले चितवनका एक दृष्टि विहिन एवं बहिरा चेपाङ दम्पतीका लागि घर निर्माणको पहल गरिरहेको समेत जानकारी दिनुभएको छ ।

सुशासन ऐन तथा नियमावलिमा भएको ब्यावस्था कार्यान्वयनको अवस्था अछाममा फितलो ।।

कमल रावल, माघ ११ अछाम
सुशासन ऐन तथा नियमावलिमा भएको ब्यावस्था कार्यान्वयनको अवस्था अछाममा फितलो रहेको पाईएको छ । आज सदरमुकाम मंगलसेनमा भएको एक कार्यक्रमका सहभागि सरोकारवालाहरुले जिललामा सुशासनको अवस्था कमजोर रहेको बताएका हुन । गतिशिल बहुउद्देश्यिय समाज अछामले गरेको सुशासन ऐन तथा नियमावलिमा भएको ब्यावस्था र अछाममा कार्यान्वयनको अवस्था बिषयक अन्र्तक्रियाका सहभागिहरुले सो कुरा बताएका हुन । कार्यक्रमका सहभागि सरोकारवालाहरुले जिललामा कर्मचारीहरुले मदिरा सेवन गरी कार्यालयको कामकाज गर्ने गरेको, कर्मचारी राख्दा बिज्ञापन नगरी राख्ने गरेको, मिलेमतोमा भ्रष्टाचार हुने गरेको आदि बिषयबस्तुवारे जिज्ञासा राखेका थिए । राज्यले जनतालाई केन्द्र मानेर सरल, सहज, चुस्त, मितब्ययी, उत्तरदायी, सक्षम, सेवामुखी र पारदर्शी सेवा प्रवाह गर्नुनै सुशासन भएपनि त्यस अनुसार जिल्लामा काम हुन नसकेको हो । कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी यामप्रशाद सुवेदीले सुशासन ऐन २०६४ मा भएका ब्यावस्था, कार्यालय प्रमुखको काम कर्तब्य र अधिकार, प्रशासनिक कार्य सम्पादन गर्दा अपनाईनुपर्ने कार्याविधि आदिवारे सहभागिलाई जाँनकारी गराँउनुभएको थियो । यस्तै जिल्ला न्यायधिवक्ता चन्द्रबहादुर सिंजालीले पनि सुशासन ऐन नियमावलिमा भएका ब्यावस्था, सुशासनका आयामहरु, सुशासनवारे महत्वपूर्ण कानुनहरु आदिवारे प्रष्ट पार्नुभएको थियो । गतिशिल बहुउद्देश्यिय समाज अछामको आयोजना र ओपन सोसाईटी ईन्टिच्यूटको सहयोगमा भएको उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य चन्द्र बोहरा, नेकपा माओवादीका जिल्ला सचिव शेर बहादुर बिक, बिभिन्न सरकारी एवम गैर सरकारी निकायका प्रमुख प्रतिनिधी, कानुन ब्यावसायि, पत्रकार, बिभिन्न सञ्जालका प्रमुख प्रतिनिधी लगायत बिभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष खडक खड्काले कार्यक्रमको उद्देश्यवारे प्िरष्ट पार्नुभएको थियो भने सञ्चालन टिकेन्द्र भण्डारीले गर्नुभएको थियो ।

अछाम जिल्लामा ११ जना अ.हे.व.लाई गाविस स्तरका स्वास्थ्य संस्थाहरुमा पदस्थापन ।।

कमल रावल, पौष २७ अछाम
जिल्ला स्वास्थ्य कार्यालय अछामले ११ जना अ.हे.व.लाई गाविस स्तरका स्वास्थ्य संस्थाहरुमा पदस्थापन गरेको छ । लोकसेवा आयोग, सुदुरपश्चिमांचल क्षेत्रीय निर्देशनालयबाट सिफारिस भएर आएका ११ जना अ.हे.व हरुलाई दुर्गम भेगका स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहमा सुधार ल्याउनका लागि जिल्लाका दुर्गम स्वास्थ्य संस्थाहरुमा पदस्थापन गरेको जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीले बताउनु भयो । हालै मात्र लोकसेवाको परीक्षा पास भएर आएका जनशक्तिलाई सैद्दान्तिक ज्ञानहरु हुने भएतापनि स्वास्थ्य संस्थामा गएर कसरी काम गर्ने भन्ने बारेमा ३ दिनको तालिम दिईसकेपछि दुर्गम क्षेत्रका स्वास्थ्य सस्थामा पठाईएको उहाको भनाई छ । उहाँहरुलाई लयाटी, बुढाकोट, तुर्माखाद, भैरवस्थान, रानीवन, शेरा, नाडा, मेल्लेख, चाल्सा र धमाली गाविसका स्वास्थ्य चौकीमा पदस्थापन गरिएको बताईएको छ । साथै विगत २ बर्षदेखि जिल्ला अस्पताल अछाममा करारमा कार्यरत ए.आर.टी काउन्सिलर पनि लोकसेवाको सिफारिसमा परेकोले १ जनालाई जिल्ला अस्पतालमा पदस्थापन गरिएको छ । गाविसका स्वास्थ्य चौकीहरुमा हेल्थ असिटेन्ड र अ.हे.व हरु स्वास्थ्यका मुख्य जनशक्ति हुने भएको हुदा ११ जनाको युवा जमातले अबका दिनमा पदस्थापन भएका स्वास्थ्य संस्थाहरुमा केही परिवर्तन ल्याउने आशा रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । क्षेत्रिय बाट नै सिफारिस भएर आएपनि जिल्ला ३ दिन थप तालिम लिईसकेपछि अब आफुलाई काम गर्न सजिलो भएको पदस्थापना भएर आएका अहेब अ.हे.व वासु देव चौधरीले बताउनु भयो । सम्पूर्ण उपस्वास्थ्य चौकीहरु स्वास्थ्य चौकीमा परिणत भइसकेको र दरबन्दी पनि स्वीकृत भइसकेकाले अझै जिल्लामा ६० जना जति हेल्थ असिस्टेन्ट र लगभग त्यति नै संख्यामा अ.हे.व र अनमीको आवश्यकता रहेको अधिकृत अधिकारीको भनाई रहेको छ । बाकी रिक्त कर्मचारीका लागि लोकसेवा आयोगमा माग आकृति फारम भरेर पठाइसकिएको र अर्को आर्थिक बर्ष सम्म पदपुर्ति भईसक्ने उहाँको विश्वास रहेको छ । केहि दिन अघि मात्रै जिल्ला स्वास्थ्य कार्यालय अछामले ११ जना अनमीहरुलाई पदस्थापन गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय अछामले ११ जना अनमीलाइ गाउ पठायो ।।

कमल रावल, पौष २१ अछाम
जिल्ला स्वास्थ्य कार्यालय अछामले सोमवारवाट ११ जना अनमीलाई गाँउ पठाएको छ । लोकसेवा आयोग क्षेत्रयि निर्देशनालय दिपायल वाट सिफारिस भएका ११ जना अनमीलाई ४ दिने तालिम समेत दिई गाँउका स्वास्थ्य संस्थाहरुमा पदस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका जन स्वास्थ्य अधिकृत मुकेश अधिकारीले बताउनु भयो । आगामि दिनमा गाउमा अनमि जाँदा ग्रामिणका सुत्केरी आमाहरु र गर्भवती महिलाले पाँउने सेवा प्रभावकारी हुने र केही सुधार आँउने उहाँले बताउनु भयो । हिच्मा, पायल, बाटुलासैन, रानीवन, तोलि, लयाँटी, बिनायक, कालेकाँडा जनालीवण्डाली, ढकारी र जुपू स्वास्थ्य चौकीमा नयाँ अनमि जिल्ला स्वास्थ्य कार्यालयले पदस्थापन गरेको हो । यस अघी सधै पदस्थापन गरिने भएपनि पछिल्लो समय कर्मचारीहरु लाई तालिम समेत प्रदान गरेर खटाईएको जनस्वास्थ्य अधिकृत अधिकारीको भनाई रहेको छ । यसले गर्दा अनमीहरुलाई पनि काम गर्न सजिलो हुने र थप उत्प्रेरण समेत मिल्ने उहाँले बताउनु भयो । जिल्लामा रहेका ५५ वटा स्वास्थ्य संस्थाहरुले अनमी सहित बर्थिङ सेन्टर बाट प्रसुती सेवा दिईरहेका छन ।

अछाम जिल्लामा २ जनाको भिरबाट लडेर मृत्यु ।।

कमल रावल, पौष १९ अछाम
अछाम जिल्लामा भिरबाट लडेर मात्र २ दिनमा २ जनाको ज्यान गएको छ । रानिवन गाबिसमा भिरबाट खसेर एक महिलाको ज्यान गएको छ । गाबिसको वडा नम्बर ५ निवासि २० बर्षिया नामसरा विकको सोमबार ज्यान गएको हो । गाउ नजिकैको कालि भिरमा घाँस काटने क्रममा भिरबाट ५ सय मिटर तल खसेर ज्यान गएको उनका अफन्तले बताएका छन । मृतकका २ बर्षिय छोरा र ३ महिनाकी छोरी रहेका छन भने हाल उनका श्रीमान कामको सिलसिलमा भारतमा रहनु भएका दिनेश घोडासैनिले जानकारी दिनु भयो । यस्तै आईतबार मात्र पौष १६ गते बाट वेपत्ता भएका अछामको मगलसेन नगरपालिका वडा नम्बर १ कोट निवासि लोग बहादुर थापा मृत अबस्थामा फेला परेका थिए । ५३ बर्षिय थापा नगरपालिकाकै वडा नम्बर ३ मा पर्ने गाध्या भिरमा मृतक अबस्थामा फेला परेका हुन । पौष १६ गते मँगलसेन जान्छु भनेर घर बाट हिडेका थापा घर नफर्केपछि आफन्तहरुले खोजि कार्य गर्दा गाध्या सडकको करिब ५ सय मिटर तल मृत अबस्थामा फेला परेका उनका आफन्त गिरि थापाले जानकारी दिनु भयो । मृतक थापाका श्रीमती सहित, ३ छोरा र १ छोरी रहेका छन ।

जिल्ला स्तरिय लैगिंक हिंसा नियन्त्रण सञ्जाल निर्माण ।।

शिवराज ढुगाँना, पौष १८ अछाम
अछाम जिल्लामा जिल्ला स्तरिय लैगिंक हिंसा नियन्त्रण सञ्जाल निर्माण गरिएको छ । महिला विरुद्धमा हुने सबै प्रकारका हिंसालाई नियन्त्रण गर्नका लागी महिला तथा वालवालिका सेवा केन्द्र निर्देशनालयको पहलमा अछाममा सञ्जाल गटन गरिएको हो । जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी दिलिपसिंह देउवाको संयोजकत्वमा जिल्ला स्थित, अधिकारकर्मी, नागरिक समाज, महिलाको क्षेत्रमा काम गर्ने कार्यालय र संघसंस्थाका गरी २३ सदस्यीय समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । समितिले हिंसामा परेका महिला तथा वालवालिकाहलाई न्याय प्राप्तिमा सुरक्षा, सल्लाह, सूचना र मनोवैज्ञानिक रुपमा सक्षम बनाउनका लागी प्रहरी कार्यालय अछामको संयोजकत्वमा जिल्लामा सञ्जाल गठन गरिएको हो । समितिले हिंसा नियन्त्रणमा सचेतना अभिवृद्धि, प्रभावित पिडितहरुलाई न्याय, सामाजिक मेलमिलाप गराउने कार्यविधि तोकिएको छ । नेपाल प्रहरी अन्र्तगत रहेको अपराध अनुसन्धान विभागको महिला तथा वालवालिका सेवा केन्द्रको सहयोगमा समिति गठन गरिएको हो । सञ्जालले सोही अवसरमा सरस्वती रावलको अध्यक्षतामा १५ सदस्यीय कार्यकारिणी समिति समेत चयन गरेको छ । समिति र कार्यकारिणी समितिको काम, कर्तव्यका बारेमा महिला तथा वालवालिका सेवा केन्द्र निर्देशनालयका प्रहरी निरक्षक (एसपी) दुर्गा सिंह, डिएसपी वासुदेव पाठक, निर्देशनालयका संयोजक सुलोचना श्रेष्ठ, डिएसपी देउवाल. जानकारी गराएका थिए । नेपालका २० जिल्ला मध्ये र सुदुरपश्चिममा अछाम र बझांग जिल्लामा मात्र महिला तथा वालवालिका सेवा केन्द्रको कार्यक्रम लागु भएको छ ।

धार्मीक महोत्सब तथा श्रीमद भागबत सप्ताह बिराट ज्ञान महायज्ञ हिजो बाट सुरु ।।

रेडियाे रामाराेशन पौष १५ अछाम
अछाम जिल्लाको साफेबगरमा धार्मीक महोत्सब तथा श्रीमद भागबत सप्ताह बिराट ज्ञान महायज्ञ हिजो बाट सुरु भएको छ । धार्मीक मोहत्सव मुल आयोजक समितीका सँयोजक शिब बहादुर कुवर शिलोजको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नेकपा एमालेका जील्ला कमीटी अछामका अध्यक्ष एवम पुर्ब सभासद सेर बहादुर कुवर प्रमुख अथिती रहनु भएको थियो भने अछामका निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसाल विशिष्ट अथिती रहनु भएको थियो । कार्यक्रममा नेपालि काग्रेसका महाधीबेसन प्रतीनीधी टीकाराम खनाल, नेकपा एमालेका पुर्ब राष्टिय प्रतीनिधि परीषद सदस्य कुल बहादुर कुवर, एनेकपा माओबादीका सुरत भुल, राप्रपा नेपालका धर्मसिह कुवर, पत्रकार महासंघ अछामका अध्यक्ष राम बहादुर कुवर, महीला प्रतीनिधि अप्सरा कुवर, दलीत प्रतीनिधि जंग बीक, सल्लहकार समितीको तर्फबाट अनुराधा स्वार लगाएतले मन्तव्य राख्नु भएको थियो । मुल आयोजक समीतीका उपाध्यक्ष लक्ष्मण कुवरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ललित कुवरले गर्नु भएको थियो ।

भक्तपुरको विद्यालयले महेन्द्र मावि कालिकास्थानलाई झण्डै दुई लाखको पुस्तक उपहार

कमल रावल, रेडियो रामारोशन अछाम
भक्तपुर मिवाछेंको एभरेस्ट इंगलिस स्कुलमा स्थापना गरिएको एभरेस्ट जन्मदिन कोषले मंगलबार अछाम जिल्लाको टोट्केसाल कालिकास्थानको महेन्द्र माविलाई एकलाख ९० हजार रुपैयाँ बराबरको पुस्तकहरु उपहार दिएको छ । विद्यालयमा राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, विद्यालयका संस्थापक प्रधानाध्यापक भक्त राजभण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक विष्टलाई ती विभिन्न विषयका १ हजार ५ सय ४५ थान पुस्तक हस्तान्तरण गर्नुभएको हो । २०६६ सालदेखि एभरेस्ट इंगलिस स्कुलमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो जन्मदिनमा वर्षमा एकपटक न्यूनतम ७० तथा शिक्षक÷कर्मचारीले न्यूनतम सातसय रुपैयाँ एभरेस्ट जन्मदिन कोषमा राख्नुपर्ने विद्यालयको नियम छ । कोषले आगामी फागुन १ गते पनि थप दुई वटा विद्यालयलाई पुस्तक उपहार दिने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

राजु रिजाल सवैभन्दा महंगा खेलाडी, ४० हजारमा विनोद र ललितलाई ३६÷३६ हजार ।।

यज्ञराज जोशी, धनगढी, पौष १२
धनगढीमा आईतबार सम्पन्न धनगढी क्रिकेट लिग भाग ३ को अक्सनमा थुप्रै राष्ट्रिय खेलाडीहरुलाई पछि पार्दै नेपाली यु १९ का कप्तान राजु रिजाल सन्तोषी टोलमा आवद्ध भएका छन । त्यस्तै विनोद भण्डारीलाई अत्तरियाले तथा ललित सिंह भण्डारीलाई क्याम्पसरोडले ३६, ३६ हजारमा टीममा आवद्ध गरेका छन । र बेलुका त्यस्तै धनगढीका युवा खेलाडी यम कार्कीलाई चौराहा टीमले ३२ हजारमा आफ्नो टीममा आवद्ध गरेका छन भने उनीसँगै नेशनल खेलाडी भुवन कार्कीलाई टीमले २८ हजारमा अनुबन्ध गरेको छ । राज श्रेष्ठ मालिक रहेको चौराहा टीमले निम्न अनुसारका खेलाडीहरुलाई टीममा अनुबन्ध गरेको छ । त्यस्तै जनकराज जोशी मालिक रहेको सन्तोषी टोल टीमले राजु रिजाल पछि सुनिल धमलालाई सर्वाधिक रकममा टीममा अटाएको छ । सुनिल धमलाले टीममा २८ हजार पाउँने भएका छन । त्यसबाहेकका खेलाडीहरुलाई टीमले निम्न बमोजिमको रकम तिर्ने भएको छ । कुबेर शाहीको नेतृत्वमा रहेको टीम हसनपुरले विनोद लामालाई सर्वाधिक २० हजार रुपैयामा टीममा भित्र्याएको छ, उमेर समुहमा उनले नेपालका लागि अन्तराष्ट्यि प्रतियोगिता खेलिसकेका छन । त्यससँग भिम सार्कीलाई १९ हजार, ज्ञानेन्द्र क्षेत्री तथा प्रकाश थापालाई समान १८ हजार दिएर हसनपुरले आफ्नो टीममा अनुबन्ध गरेको छ । हसनपुरका सवै खेलाडीहरुको विवरण निम्नानुसार रहेको छ । दिपक  खड्का नेतृत्वमा रहेको टीम क्याम्पसरोडले सागर भण्डारीलाई २० हजार, लोकेश बमलाई १९ हजार, सन्तोष भट्टलाई १८ हजारमा टीममा समावेश गराएको छ भने बाकी निम्नानुसार खेलाडीहरु रहनेछन । नर बहादुर राईको नेतृत्वमा रहेको अत्तरिया टीमले महबुब आलमलाई टीममा भित्र्याएको छ, आलमलाई १८ हजार मै पाएको अत्तरियाले विनोद भण्डारीलाई समावेश गराउन ३६ हजार खर्च गर्नु पर्यो । टीममा परेका अन्य खेलाडीहरुको विवरण निम्मानुसार रहेका छन । धनगढी क्रिकेट एकेडेमीले आगामी फागुन १ गते देखि आयोजना गर्न लागेको धनगढी क्रिकेट लिग भाग ३ का लागि आज धनगढीमा अक्सन सम्पन्न गरेको हो । कैलालीका विभिन्न पाँच ठाउँका नामबाट टीमको नामाकरण गरी टीमका मालिकहरुले आईतबार भएको एक कार्यक्रममा खेलाडीहरुलाई अक्सन मार्फत आफ्नो टोलीमा सामेल गरेका हुन । क्रिकेटलाई व्यवसायिक बनाउँने उदेश्यले धनगढी क्रिकेट एकेडेमीले नेपाल मै पहिलो पटक खेलाडीहरुलाई अक्सन मार्फत पारिश्रमिको व्यवस्थागर्न पाउँदा आफुहरु निकै खुशी भएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताउँनु भयो । अक्सन सफलतापुर्वक सम्पन्न भएकाले आईतबारबाट नेपाली क्रिकेट थप व्यवसायीक बन्ने विश्वास व्यक्त गरे ।  यसरी खेलाडीहरुलाई लिलामी गरेर प्रतियोगितामा सहभागी गराईएको नेपाल मै यो पहिलो पटक हो ।