सूचनाको हक सम्बन्धी एक दिने अभिमुखिकरण बुधबार अछामको साँफेबगरमा सम्पन्न ।।

बिधुत्मा रैका, अछाम २३ असार / साँफेबगर नगरपालिका कार्यालयका कर्मचारीहरुका लागि सूचनाको हक सम्बन्धी एक दिने अभिमुखिकरण आज अछामको साँफेबगरमा सम्पन्न भएको छ । साँफेबगर नगरपालिका कार्यालयको सहयोगमा भएको अभिमुखिकरण नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको आयोजनामा भएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष रामबहादुर कुँवरको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा प्रमुख अतिथी रहनु भएको हो । कार्यक्रममा अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसाल र साँफेबगर नगरपालिका कार्यालय अछामका कार्यकारी अधिकृत बखत खड्का बिशिष्ठ अतिथी रहनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटीका अध्यक्ष मिनबहादुर बम, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद टेकेन्द्र देउवा, बेदप्रकाश तिमिल्सैना र श्रवण देउवा अतिथी रहनुभएको थियो । अभिमुखिकरणको सहजिकरण सुचनाको हकका अभियनकर्ता धमेन्द्र झा र अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसालले गर्नुभएको थियो । जनतालाई नगरपालीका कार्यालयले दिने सेवा सुबिधाका बारेमा सहजै जनतालाई प्रदान गर्नुपर्ने बिषयमा कर्मचारीलाई अभिमुखिकरण गराईएको हो ।

अस्पताल व्यवस्थापन तथा सुदृढिकरण सम्बन्धि २ दिने गोष्टि सदरमुकाम मंगलसेनमा सम्पन्न ।।

कमल रावल, असार २३ रेडियो रामारोशन अछाम / अस्पताल व्यवस्थापन तथा सुदृढिकरण सम्बन्धि २ दिने गोष्टि सदरमुकाम मंगलसेनमा आज सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य व्यवस्थापन समितीका अध्यक्ष बृख बोगटीको अध्यक्षतामा भएको समापन कार्यक्रममा क्षेत्रिय स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक प्रशुराम श्रेष्ट प्रमुख अथिती रहनुभएको थियो । कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले समग्र सुदूरपश्चिमको स्वास्थ्य स्थिती सुधारका लागी क्षेत्रिय स्वास्थ्य निर्देशनालय सदैब कटि बद्ध भई लागी रहेको बताउनु भएको छ । जुन स्वास्थ्य संस्थामा सेवाग्राहीलाई दिईने सेवा प्रभावकारी छैनन सो संस्थाले आफ्ना कमि कमजोरीलाई पत्ता लगाई सेवा प्रभावकारी बनाउनु पर्ने उहाँको भनाई छ । उहाँले स्वास्थ्य क्षेत्र मानव जिवनको महत्वपूर्ण पाटो भएकोले हरेक स्वास्थ्यकर्मीले संवशनलि भई सेवा दिन अनुरोध गर्नु भयो । आधारभूत र गुणस्तरिय स्वास्थ्य सेवा सबैको पहुँचमा हुनु पर्ने तथा गुणस्तरिय स्वास्थ सेवा सबै जनता माझ पु¥याउनु सम्पूर्ण स्वास्थ्य संस्थाको दायित्व भएकाले सम्पूर्ण स्वास्थ्य संस्थाले प्रभावकारी सेवा दिनु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै वरिष्ट जन स्वास्थ्य प्रशाशक डोटीका रिता भण्डारीले कार्यक्रममा स्वास्थ्यमा नागरिकको पहुँच बढाउन सबै जिल्ला अस्पतालमा सघन उपचार कक्ष आइसियु, नवजात शिशु सघन उपचार कक्ष, जेष्ठ नागरिक उपचार कक्ष तथा वृहत आकस्मिक प्रसुती र नवजात शिशु उपचार केन्द्र हुनु पर्ने बताउनु भयो । सेवाग्राहीको आवश्यकता अनुसार सेवा दिन सके मात्रै दक्ष स्वास्थ्य कर्मी हुने उहाँले बताउनु भयो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय डोटीका मेडिकल सुपरिटेण्ट अमित झले अस्पतालमा खानेपानीको उचित व्यवस्थापन नहुदा स्वास्थ्य सेवा दिन समस्या भएको बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जन स्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडीले जिल्ला स्वास्थ्य कार्यलय बाजुराले ग्राहीलाई भौगोलिक विकटता, प्रयाप्त सामाग्रीको अभावका वावजुत पनि आफुले सेवा ग्राहिलाई सेवा दिईरहेको बताउनु भयो । यस्तै कार्यक्रमको समापन गर्दै जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य व्यवस्थापन समितीका अध्यक्ष बृख बोगटीले स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्य व्यवस्थापन समितीको महत्वपूर्ण भुमिका रहने बताउनु भयो । सेवा ग्राहीलाई सुलभ स्वास्थ्य सेवाका लागी आफु दिनरातन भनी अस्पतालको सम्पर्कमा रहेको बताउनु भयो । उहाँले अस्पताल तथा स्वास्थ्य केन्द्रबाट २४ सै घण्टा तोकिएका सेवा दिईरहेको पनि जानकारी गराउनु भएको थियो । निक साईमन्स ईन्स्टिच्यूट को आयोजना तथा सहजिकरणमा अस्पताल बाट प्रवाह गरिने सम्पूर्ण सेवा सुविधाहरु थप प्रभावकारी बनाउने उद्देश्यले अस्पताल प्रमुख, अस्पतालका विभिन्न पदाधिकारी लगाएत संग छलफल गरिएको हो । गोष्टिमा अछाम, बाजुरा, तथा डोटीका स्वास्थ्थ संग सम्बिन्धीत व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीले अस्पताल बाट प्रवाह गरिने सेवाहरु आगामी दिनमा झनै प्रभावकारी बनाउदै लैजाने बताएका छन । गोष्टिको सहजिकरण अस्पताल सुपरिटेण्ड कार्यालयका म्यानेजर राम कृष्ण प्रजापति, कार्यक्रम संयोजक दिपक मल्ल, खेम श्रीष लगाएतले गर्नुभएको थियो । समापन कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक झनकराज ढुङ्गानाले गर्नुभएको थियो ।

भूकम्पपछि गोकर्णेश्वर नयाँ वस्तीमा चोरी गर्ने पटक चोर पक्राउ

२४ असार, काठमाडौं । विनाशकारी भूकम्पपछि राजधानीका विभिन्न स्थानमा भएको चारीमा संलग्न टिकाबहादुर के।सी। ९खर्त्री० पक्राउ परेका छन् ।
अजयचउनी गत वर्ष दोलखा जिरी ८ स्थित छोइली गुम्बावाट प्राचिन बुद्धको मुर्ती लगायतका विभिन्न सुन चाँदीका गरगहना समेत चोरीमा संलग्न फरार अभियुक्त समेत हुन् ।
महानरगरीय प्रहरी अपराध महाशाखाले दोलखा जुगु १ का ३२ वर्षका टिकाबहादुरलाई गौरीघाटवाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले वैशाख १२ को भूकम्पपछि जेठ २० गतेसम्ममा सात घरबाट झण्डै २५ लाखको धनमाल चोरी गरेका छन् ।
उनले वैशाख १४ गते गोकर्णेश्वर नगरपालिका १३ नयाँ वस्तीस्थित फु डोमा शेर्पाको घरबाट नगद तथा सुनका धनमाल गरी अन्दाजी ४ लाखको चोरी गरेका थिए । भोलिपल्ट नयाँ वस्तीकै राजन योञ्जनको घरबाट नगद, सुन चाँदीको गर गहना तथा सोनी ल्याटप तथा क्यानोन क्यामेरा समेत गरी २ लाख ५५ हजार बराबरको धनमाल चोरी गरेको पाइएको छ ।
१६ गते गोकर्णेश्वर १४ माकलबारी कमला भटराईको घरमा कोही नभएको मौका छोपी नगद तथा सुनचाँदीका गरगहना समेत गरी ११ लाख ६४ हजार बराबरको धनमाल चोरी गरे ।
उनी जेठ १४ गते फेरि चोरीमा संलग्न भए । उनले गोकर्णेश्वर १३ नँया वस्तीका कर्मा लामाको घरवाट १ लाख ३५ हजार बराबरको धनमाल चोरी गरे । उनले जेठ २० गते नागार्जुनस्थित रितु केसीको घरवाट नगद तथा सुन चाँदी, टीभी लगायतका विभिन्न धनमाल समेत गरी ५ लाख ७० हजार बराबरको धनमाल चोरी गरेको पाइएको छ ।
टिकाबहादुर गत फागुन १६ मा किमडोल स्वयम्भुस्थित लेडनाल रुईटको घरको ढोका फोरेर १ लाख बढीको धनमाल चोरी तथा २०७१ साल जेठ ४ गते छोइली गुम्बामा भएको चोरीका समेत मुख्य अभियुक्त भएको प्रहरीले जनाएको छ ।

व्यवसायीको विरोधले विदेश जाने युवा मारमा ।।

वैदेशिक रोजगार व्यवसायीले फ्री भिसा र फ्री टिकटको विरोध गर्दै अनिश्चितकालका लागि व्यवसाय बन्द गरेपछि विदेश जाने कामदार मारमा परेका छन् । अनुमति पाइसकेका केही कामदार प्रक्रिया रोकिदा काठमाण्डुमा अलपत्र परेका छन् । संस्थागत रूपमा जाने कामदारको श्रमसम्बन्धी काम पनि रोकिएको छ । वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गरी व्यवसाय अनिश्चित कालका लागि बन्द गरेको जानकारी दिएको छ । सरकारले भने जस्तोसुकै अवस्था आए पनि फ्री भिसा र फ्री टिकटको निर्णयबाट पछाडि नहट्ने जनाएको छ । हरेक दिन १५ सयदेखि २ हजार नेपाली युवा कामका लागि विदेश जाने गरेका छन् ।

सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सरकार आज सर्वोच्च जाँदै ।।

सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पुनरावलोकन गर्न सरकारले निवेदन गर्ने भएको छ । सर्वोच्च अदालतले १६ बुँदे सहमति कार्यान्वयन नगर्न र त्यस अनुसार संविधान निर्माण प्रक्रिया अघि नबढाउन दिएको अन्तरिम आदेश खारेज गर्न झण्डै एक महिनापछि सरकार भ्याकेटमा जान लागेको हो । बिहान ११ बजेतिर निवेदन दिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वोच्चले चार दलबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्न संविधानसभाको नाममा असार ४ गते अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेशको पुनर्विचार माग गरिनुलाई भ्याकेट भनिन्छ । मस्यौदाको काम सकिएपछि संविधानसभाले काम गरेको राजनीतिक सन्देश जनतामा जाने भएकाले त्यसपछि मात्र भ्याकेटमा जान यसअघि नै दलहरुबीच सहमति भएको थियो । न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले अर्को आदेश नभएसम्मका लागि २५ जेठमा चार दलबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्न ४ असारमा आदेश दिएको थियो । फैसलामा सरकार र संविधानसभालाई विपक्षी बनाइएको थियो ।

छोराछोरीलाई विष खुवाएर महिलाले गरिन आत्महत्या

महेन्द्रनगर, असार २४ – कञ्चनपुरको दैतीमा तीन जना सन्तानलाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी महिलाको ज्यान गएको छ । दैजी–३ धरमपुरकी २८ वर्षकी मीना बोगटीको बुधबार राति महाकाली अञ्चल अस्पतालमा उपचारको क्रकममा ज्यान गएको हो ।
बोगटीले एक नाबालक छोरा र दुई छोरीलाई विष खुवाएर आफूलेपनि विष सेवन गरेकी थिइन् । खानेकुरामा विष मिसाएर खुउँदा गम्भीर घाइते भएका बालबालिकाको भारतको खटिमाको तपन अस्पतालमा उपचार भैरहेको छ ।
बोगटीले तीन वर्षका छोरा नरेन्द्र, पाँच वर्षकी छोरी जेनु र नौ वर्षकी छोरी करुणालाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी थिइन् । बोगटीले छोराछोरीलाई विष खुवाउनुको कारण खुलेको छैन ।

कारको ठक्करबाट प्रहरी जवानको मृत्यु

धनगढी, असार २४ ( इलाका प्रहरी कार्यालय भजनी कैलालीमा कार्यरत प्रहरी जवान रतनलाल ऐरीको गएराति नम्बर नखुलेको कारको ठक्करबाट ज्यान गएको छ ।
कामको सिलसिलामा बाँके गएका प्रहरी जवान ऐरी चढेको भे ४ प ९३९४ नम्बरको मोटरसाइकललाई कोहलपुरमा कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ठक्करबाट घाइते ऐरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । बाजुरा जिल्ला बादु गाविस घर भएका ऐरीले विसं २०६१ मा नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । रासस

राष्ट्रिय टोलीमा नपरेपछि युवराज सिंह विम्वल्डनमा

असार २४ – सन् २०११ को विश्वकप क्रिकेट पछि भारतीय टोलीमा खासै नदेखिएका युवराज सिंह बेलायतमा चलिरहेको विम्वल्डन टेनिसमा देखिएका छन् । पछिल्लो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका सिंह यतिबेला आफूलाई मनपर्ने अर्को खेल टेनिस हेर्नका लागि बेलायत पुगेका हुन् ।
टेनिसमा मनपर्ने खेलाडी रोजर फेडेररको खेल हेर्न उनी त्यहाँ पुगेका थिए । खेल पछि सिंहले ‘महान रोजर फेडेरर, सेमिफाइनलमा, मैले फेडेररलाई अहिलेसम्मकै फर्ममा देखें’ भनेर ट्विट गरेका छन् । युवराजले अहिलेसम्म कोर्टभित्रको कुनै फोटा सार्वजनिक नगरेपनि विम्वल्डनका एक समर्थकसँगको फोटो ट्विटरमा छाएको छ । युवराजसँगै महान क्रिकेटर सचिन तेन्दुलकर पनि फेडेररका फ्यान हुन् । सचिनले फेडेररको सयौं खेल हेर्नुका साथै सँगै बसेर लञ्च समेत गरेको जनाइएको छ ।

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ।।

सरकारले आज आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । व्यवस्थापिका संसदको आजको बैठकमा राष्ट्रपति डा. रामवरण यादवले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ । आज दिउँसो ३ बजे बस्ने व्यवस्थापिका संसद्को बैठकमा राष्ट्रपति यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ । नीति तथा कार्यक्रममा भूकम्पपछिको पुनःनिर्माण, कृषि र उर्जालाई प्राथिमिकता दिइनेछ ।

हिउँ पहिरोमा परि ७ जना वेपत्ता

This area utilizes the post excerpt field on the WordPress post edit screen. This section is separate from the rest of the content, so you can write a nice little intro here or a brief summary of the article. It’s handy for users who want the main points of the story in a nutshell.

बझाङ, जेठ ४
बझाङको काँडा गाविसको राईढुंगी लेकमा हिउँ पहिरोमा परी ७ जना वेपत्ता भएका छन् । यार्सागुम्बा टिप्न साइपाल हिमाल नजिकैको लेकमा गएका उनीहरु वेपत्ता भएको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आइनसकेपनि यार्सागुम्बा टिप्न काठमाडौंबाट गएको ९ जनाको टोलीमध्ये २ जना जोगिएको र ७ जना हिम पहिरोमा परेको खबर आएको बझाङ्गका प्रहरी नायव उपरिक्षक उदयराज तामाङ्गले जानकारी दिनुभयो ।
स्थानीय राजमल बोहराले खबर गरेपछि प्रहरी घटनास्थलतर्फ गएको र घटनास्थल पुग्न २ दिन लाग्ने भएकाले भोलिमात्रै थप विवरण आउने डिएसपी तामाङ्गले बताउनुभयो ।