समृद्ध अछामको परिकल्पना कांग्रेसले मात्रै पुरा गर्ने

फायल फोटो कार्तिक २० अछाम
नेपाली कांग्रेस अछामका सभापती तथा प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेद्धवार भरतकुमार स्वाँरले अछामको सम्रग विकासको एजेण्डा कांग्रेसले मात्र बनाएको दावी गर्नुभएको छ । पूर्व जिविस सभापति समेत रहेका स्वाँरले कांग्रेले नै अछाममा विकास योजनाहरुको थालनि गरेको भन्दै कांग्रेसको बहुमत आएमा नेपाल नै समृद्ध बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
प्रतिनीधी सभा क्षेत्र नं. १ को पहिलो चुनाबी आमसभालाई आज लुंग्रामा सम्वोधन गर्दै उम्मेद्धवार स्वाँरले अछाम तथा सुदूरपश्चिम क्षेत्रको आर्थिक, भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रका विकासका लागि कांग्रेसको जित आवश्यक रहेको बताउनु भयो । नेपाली कांग्रेसले नै संविधान निर्माण गरको भन्दै स्वाँरले संविधानको कार्यान्यव पनि कांग्रेसकै नेतृत्वमा हुनेमा विस्वस्त हुन उहाँले जनतालाई आग्रह गर्नुभयो ।
अछाम जिल्लाका लागी राष्ट्रिय स्तरका आयोजनाहरु सेती लोकर्माग, बुढीगंगा जलविद्युत आयोजना, खप्तड पर्यटन क्षेत्र विकास, संचार क्षेत्रको विकास, बिद्युत, खानेपानी, मध्यपहाडी, सेती लोकमार्ग, साफेबगर मेगासिटी लगायतका याजना कांग्रेसकै पालामा सुरुवात भएको भन्दै उम्मेद्धवार स्वाँरले यि सबै कामलाई पूर्णता दिन लोकतन्त्रको जित आवश्यक रहेको बताउनु भयो ।
यस्तै चुनावी आमसभालाई सम्वोधन गर्दै प्रदेश नं. १ का उम्मेदावार मेघराज खड्काले अछाम जनताको आर्थिक स्तर उकास्न र जिल्लामै स्वरोजगारको बातावरण बनाउन आफुले योजना बनाएको भन्दै कांग्रेसले जितेको खण्डमा आफ्नो योजना कार्यान्वयन गर्ने बताउनु भयो ।
आफु सधैँ अछामी जनताको पक्षमा काम गर्दै आईरहेको भन्दै पूर्व पार्टी सभापति समेत रहेका खड्काले आर्थिक विकास गरी देशलाई समृद्ध बनाउने खाका कांग्रेसले बनाएको दाबी गर्नुभयो । कांग्रेसको जित नै लोकतन्त्रको जित हुने भन्दै उम्मेद्धवार खड्काले आफुलाई जिताउन आग्रह गर्नुभयो ।

सरकार देशघातिको मतियार भैरहेको एमाले उपाध्यक्ष रावलको भनाई ।।

रेडियाे रामाराेशन

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देशको अखण्डता, सार्वभौमिकता तथा स्वतन्त्रताका बिरुद्ध खुलेआम बोल्नेलाई सरकारले संरक्षण गरेको आरोप लगाउनु भएको छ । तराईलाई अलग बनाउनु पर्छ भन्दै हिड्ने सीके राउतलाई कारबाही गर्न र उनका देश बिरोधि गतिविधि रोक्न बर्तमान सरकार असफल भएको भन्दै यो अवस्थामा सरकारमा बसीरहनुको कुनै औचित्य नभएको उहाँले बताउनु भयो । प्रेस चौतारी अछामले आज सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारको पहिलो काम नै राष्ट्र र जनताको सुरक्षा गर्नु भए पनि सरकार देशघातिको मतियार बनिरहेको दाबी गर्नुभयो । प्रेस चौतारी अछामकाअध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेता रावलले सरकाले आफ्नो प्रमुख काम बिर्सेर देशलाई नै झन गम्भिर संकटमा लिने काम गरिरको उहाँले बताउनु भयो । प्रधानमन्त्रीले निर्वाचनको घोषणा गर्छु भनेको २ हप्ता बढी हुँदापनि अझै चुनावको मिति घोषणा गर्न नसक्नु भएको भन्दै पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत रहनु भएका नेता रावलले आफु सरकारमा छँदा ल्याएको राष्ट्रिय सुरक्षा नीति अहिले लत्याईएको र देशको सुरक्षामा नै आँच आउने कार्य गरिरहेको आरोप लगाउनु भयो ।संविधान जारी भएको दिनलाई कालो दिन मान्ने, संविधान जलाउने, हिमाल पहाड तराईलाई कुनै हालतमा पनि मिल्न नदिने भन्ने, जात जातीको नाममा जनतलाई भड्काउनेले देशको हित गर्न नसक्ने उहाँको भनाई छ । देशका प्रमुख दल निर्वाचनका लागि तयार हुनुपर्ने भन्दै देशको प्रमुख दल नेपाली कांग्रेसले निर्वाचन चाहेको हो कि होईन भन्दै नेता रावलले प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्न ढिलाई गर्न नहुने बताउनु भयो । अछाम जिल्लाका विभिन्न विकासका योजनामा आफुले चाँसो राखिरहेको बताउँदै उहाँले साँफेबगर एयरपोर्ट पिच हुने तयारी रहेको कैलाशखोला जलविद्युत आयोजनाको हराएको फाईल खोज्न लगाई अघि बढाएको र अहिले विभिन्न काम अघि बढीरहेको, अछाम दरबार, सेती लोकमार्ग, मंगलसैन, जंगलघाट सडक, चित्रे पुल, ऋषिदह र ठाँठी जोड्ने पुल, दर्ना पुल, सदरमुकाम व्यवस्थापन, नगरपालिकामा विकासका पूर्वाधार लगायतका क्षेत्रमा आफुले चाँसो देखाईरहेको र अन्य सरोकारवालाले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।प्रेस चौतारी अछामका उपाध्यक्ष कालु बोहराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा एमाले बैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह, जिल्ला अध्यक्ष शेरबहादुर कुँवर, प्रदेश सदस्य कुलबहादुर कुँवर, प्रचारविभाग प्रमुख भीम जनाला, पूर्व अञ्चल सदस्य गोविन्द कुँवर, विद्याथर््ी नेता भीम रावल, विभिन्न संचार माध्ययममा आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव टेकबहादुर थापाले गर्नुभएको थियो ।

एमाले ले सञ्चालन गर्ने भयाे गाउँ गाउँमा जनपरीचालन अभियन ।।

नेकपा एमाले अछामले आगामी फागुन मसान्त सम्म संविधान कार्यन्वयनका लागी जिल्ला तहदेखी गाउ वडा सम्म जनपरिचालन अभियान संञ्चालन गर्ने भएको छ । पार्टिले आईतबार पत्रकार सम्मेलन मार्फत आफ्ना निर्णय तथा गतिवीधीका बारेमा जानकारी गराएको हो । एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टिले आगामी दिनमा गर्ने कार्यक्रमका बारेमा जानकारी गराएको हो । पार्टिले राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधानको कार्यन्वयन एमालेको अभियान भन्ने नाराका साथ मंसिर २१ गते मंगलसेनमा जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला गर्ने र भेलामा सबै जिल्ला कमीटी सदस्य, सबै क्षेत्रीय कमीटीका पदाधिकारी, नगरकमीटीका पदाधिकारी, गाउ तथा नगर कमीटीका अध्यक्ष लगायत पेशागत महासंघका पदाधिकारी सहभागी हुने भएका छन । कार्यक्रममा सहभागीताका लागी पार्टिले सबैलाई अनुरोध गरेको छ । पत्रकार सम्मेलनमा मंसिर ६ गते क्षेत्र न १ को साफेबगरमा र मंसिर ८ गते क्षेत्र न २ को बैठक गर्ने, र क्षेत्र नम्बर १ मा माघ ७ गते तथा माघ ८ गते कमल बजारमा कार्याकर्ता भेला गरिने बताईएको छ । यस्तै जनबर्गिय संगठन र गाउकमीटीका बैठकहरु मंसिर मसान्त भित्र गर्ने, गाउ अधिबेशन पौस मसान्त भित्र गरिसक्ने , ईलाका अधिबेशन माघ मसान्त भित्र गर्ने, क्षेत्रीय कमीटी, क्षेत्रीय जनबर्गिय संगठनका बैठक मंसिर १५ भित्र गर्ने, ईलाका अधिबेशन पौस मसान्तम भित्र गर्ने, जनबर्गिय संठनका अधिबेशन माघ १५ भित्र गर्ने, क्षेत्रीय स्तरका आमसभा फागुन पहिलो साता भित्र गर्ने निण सार्वजनीक गरेको छ । सोही अवसरमा कालापानी, केतुकादा,कुसेडी,मैथुन,कालेकाडा,रहफ,सुजेडा,बयालपाटा लगाएतका विभीन्न ठाउमा जनजातीका बिचमा सदभाव कार्यक्रम गर्नुका साथै क्षेत्रीय स्तरमा सहभोज कार्यक्रमको समेत आयोजना गर्ने पार्टिले जानकारी गराएको छ । पार्टिले विभीन्न मितीमा गरिने भेला तथा प्रशिक्षण कार्यक्रममा समसामयीक राजनीती, अभियान संञ्चालन र महत्व, आर्थिक ब्याबस्थापन संविधानका बिशेषताका बारेमा कार्यकर्तालाई प्रशिक्षण दिईने जनाएको छ । जिल्लाका सबै ठाउमा गरिने कार्यक्रममा संविधान निर्माणमा पार्टिले खेलको नेतृत्वदायी भूमीका, पार्टि सरकारमा रहेको बेला गरेका उपलब्धी, स्थानीय निर्वाचनाको लागी दबाब सृजना गर्ने, पार्टिको संगठानत्मक ढाचा रुपान्तरण गर्ने लगायतका उदेश्यले यो अभियानको थालनी गरिएको पार्टि अध्यक्ष कुवरले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो । सोही अवसरमा जिल्ला कमीटीका केही पदाधिकारीलाई जिल्ला कमीटी सचिवालयमा र बैकल्पीक सदस्यहरुलाई जिल्ला कमीटीको पूर्ण सदस्यमा मनोनयन गरिएको जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै पूर्व सभासद सेमत रहेका एमाले जिल्ला अध्यक्ष शेर बहादुर कुवरले एमाले अछामले संञ्चालन गरेको अभियान सबैको साझा अभियान भएकाले यसमा साथ दिन सबै जिल्ला बासीलाई अनुरोध गर्नु भएको छ । जिल्लामा रहेका विभीन्न समस्या तथा विकास निर्माणका कार्यमा एमालेले के गरिरहेको छ भन्ने पत्रकारको जिज्ञासामा उहाले एमालेले जहीलेपनी विकासका एजेण्डालाई पहीलो प्राथामीतामा राख्ने गरेको भन्दै पार्टिले अब जिल्लामा आर्थिक ब्याबस्थापनको अभियान संञ्चालन गर्ने बताउनुभयो । देशमा राजनीतीक क्रान्ती पुरा भएको भन्दै अब आर्थिक क्रान्तीको खाचो रहेको उहाको भनाई छ । जुनसुकै हालतमा पनी अब स्थानीय निकायको निर्वाचन हुनुपर्ने उहाको भनाई थियो । सोही अवसरमा बोल्दै एमाले प्रदेश नम्बर ७ का सदस्य तथा पार्टिका पूर्व अध्यक्ष कमल तिमलसैनाले देश बर्वाद गर्ने अधिकार कसैलाई नभएको भन्दै केही जिल्लामा स्थानीय निकाएको निर्वाचन नभएपनी संविधान कार्यन्वय हुने दाबी गर्नुभयो । स्थानीय निकाएको निर्वाचन गर्न जनतापनी सकारात्मक रहेको बताउदै यसको बिरोध गर्नेहरुलाई जनताले साथ नदिने भनाई राख्नु भएको थियो । पत्रकार सम्मेलनमा जिल्ला कमीटी सचिवालय सदस्य बल बहादुर सोडारी, चक्र रावल, जंग बीक, हिरण्य भट्राई, जिल्ला कमीटी सदस्य नम राज न्यौपाने लगायतको सहभागीता रहेको कार्यक्रमको संञ्चालन सचिवालय सदस्य चन्द्र बोहराले गर्नु भएको थियो ।

संबिधान कार्यान्वयनमा ढिलाई भएको आरोप

कमल रावल, रेडियो रामारोशन अछाम
दलहरु बिचको दुरीका कारण संबिधान कार्यान्वयनमा ढिलाई भैरहेको सरोकारवालाहरुले आरोप लगाएका छन । संबिधान दिवस २०७३ को अवसरमा आज मंगलसैनमा सोमबार अयोजित सभामा बोल्ने अधिकांस बक्ताहरुले यस्तो अरोप लगाएका हुन । जिल्ला समारोह समितिका संयोजक शिव प्रसाद हुमागाइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथीतिको आशनबाट बोल्दै जिल्ला न्यायाधिस हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले संबिधान संस्थागत हुन नसक्नुमा रानितिज्ञहरुनै मुख्य दोषि रहेको बताउनुभयो । दलहरु बिचको आरोप प्रत्यारोपकै करण संबिधान कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको उहाँको भनाई छ । छिटो भन्दा छिटो संबिधान कार्यान्वयन भए मात्र देशका सबै नागरिक अधिकार सम्पन्न हुने भन्दै न्यायाधिस पंगेनीले त्यसका लागि सत्ताको छुलाचुडी भन्दा संबिधान सस्थागत गर्न तर्फ केन्द्रीत हुन आग्रह गर्नुभयो । कार्यक्रममा बिशिष्ठ अथीतिको आशनबाट बोल्दै पूर्ब सभाषद शेर बहादुर कुँवरले यो संबिधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताउनु भयो । उहाँले कार्यान्वयनमा भैरहेको ढिलाइ प्रति चिन्त ब्यक्त गर्दै टिकाटिप्पणीमा समय खेर नफाल्न आग्रह समेत गर्नुभएको छ । आफ्नो इच्छा अनुसार नै संबिधानमा व्यवस्था खोज्नेहरुले राष्ट्रियता बिर्सन नहुने भन्दै पूर्ब सभाषद कुँवरले व्यवहारमा राष्ट्रबाद देखिन आबश्यक रहेको बताउनुभयो । ठुलो बलीदानी बाट प्राप्त संबिधानलाई संस्थागत गर्नु सबैको उतिकै दायित्व रहेको भन्दै प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले त्यसको निरन्तरका लागि एक जुट हुन सबैलाई आह्वान गर्नु भएको छ । बजार परिक्रमा सहितको प्रभातफेरि पश्चात आयोजित सभामा नेपाली काग्रेसका पार्टी सचिब नम बहादुर शाही, नेकपा एमालेका सचिबालय सदस्य चन्द्र बोहरा, नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष बम बहादुर राउत, राप्रपाका अध्यक्ष तेज बहादुर बिष्ट, नेमकिपाका अध्यक्ष झंकर बहादुर शाही, नयाँ शक्ति नेपालका जिल्ला संयोजक पबित्रा तिमील्सेना, पत्रकार महासंघका उपाध्क्ष जनकराज भण्डारी र जिल्ला बार इकाइका अध्यक्ष कृष्ण प्रसाद ढुंगानाले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संचालन जिबिसका सामाजिक बिकास अधिकृत खडक बिष्टले गर्नुभएको हो । जिल्ला स्थीत सबै निकायका प्रतिनीधीको पनि समारोहमा उपस्थीति रहेको थियो ।

राजिनामा दिंदा कसैले हर्ष बढाइँ गर्न आवश्यक नभएको प्रधानमन्त्री ओलीको भनाई ।।

साउन १२, काठमाण्डौँ
प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट राजीनामा दिँदा छिमेकमा हर्षबढाइँ भएको खबरले आफू आश्चर्य चकित बनेको बताउनु भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा सरकार परिर्वतन हुँदा कुनै छिमेकीले हर्ष मनाउनुपर्ने र कुनैले दुःख मान्नुपर्ने अवस्था नरहेको बताउनुभयो । आफूले राजीनामा दिँदा खुसीयाली मनाउनेहरुलाई ‘नेपालमा अनिष्ट गर्छु’ भन्ने भ्रम नपाल्न पनि ओलीले चेतावनी दिनुभएको छ । नेपाल सानो मुलुक भएपनि आन्तरिक मामिला आफैं समाधान गर्न सक्षम रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालीलाई विदेशी हस्तक्षेप स्वीकार्य नहुने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय सहमतिका लागि आफू बाधक नहुने पनि बताउनुभएको छ ।

खप्तडको पर्यटन बिकासका लागि एमाले बढाउन छ अभियानका ।।

कमल रावल, जेठ १७, अछाम
प्रेस चौतारी अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमाले अछामले यहि जेठ १२ देखि १४ गते सम्म पर्यटकिय स्थल खप्तडमा गरेको २३ औँ विस्तारित बिशेष बैठकमा गरिएका निर्णय सार्वजनिक गरेको छ । प्रेस चौतारी अछामका उपाध्यक्ष कालु सिह बोहराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रमुख अथिती जिल्ला अध्यक्ष शेर बहादुर कुवरले पत्रकार सम्मेलन मार्फत सबै निर्णय सार्वजनिक गर्नु भएको थियो । खप्तड क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि पार्टी मार्फत १६ बुदे घोषणा पत्र जारी गरिएको छ । जिल्ला तथा राष्ट्रको ध्यान पर्यटकिय क्षेत्र खप्तडमा पुग्न नसकेकाले आफनो पार्टी मार्फत राज्यको ध्यान सो क्षेत्र पुगाउने पहिलो लक्ष्य रहेको उहाँले बताउनु भयो । आफनो पार्टिको मुख्य लक्ष्य खप्तडमा बैठक गरि सो क्षेत्रको पहिचान भईसकेकाले अब समग्र सुदुरपश्चिमको आर्थिक रुपान्तरणका लागि सबै जिल्ला तथा ७ नम्बर प्रदेशका राजनितिक दलले प्रर्यटकिय क्षेत्रको प्रबद्र्धनका लागि जोडका साथ लाग्नु पर्ने बताउनु भयो । पत्रकार सम्मेलन मार्फत उहाँले ३ दिन सम्म पार्टिको बैठकले खप्तड क्षेत्रको पर्यटकिय विकासका लागि भौतिक पुर्वाधारको अभाव, सडक विस्तार हुनु नसकेको, सबैको ध्यान आकर्षण पुग्न नसकेकाले सबै यसको विकासका लागि अब आफनो पार्टी मार्फत झकझक्याउने निर्णय भईसकेको उहाँले जानकारी दिनु भयो । पर्यटन बोर्ड मार्फत राज्यको करोडौँ लगानि भएपनि देखिने गरि केहि पनि विकास नभएकाले आगामि दिनमा सम्बन्धीत निकायमा छान विनका लागि पहल गर्ने जानकारी गराउनु भयो । आगामि दिनमा जिल्लाको समग्र पहल लागि भएका निर्णय अनुसार लागु गर्नका लागि के पहल हुन्छ भन्ने सञ्चार कर्मिको जिज्ञासामा अध्यक्ष कुवरले २०६३ सालमा आएको खप्तडका बाढी पिडितले अझै राहत पाउन नसकेकाले राहतका लागि पहलगर्ने, आगामि दिनमा सबै क्षेत्रकाप र्यटकिय क्षेत्रको विकासका आफनो पार्टीबाट गर्न सकिने पहल गरिने बताईएको थियो । सो क्षेत्रको दायित्व बोझ राज्यले गर्न नसकेकाले आगामि दिनमा आफना कार्यकर्तालाई उत्पादन मुखी कार्यमा लाग्नलाई निर्देशन दिईएको उहाँले जानकारी गराउनु भएको थियो । अब आगामि दिनमा सेतीलोक मार्ग, मध्यपहाडी राज्यमार्ग चाडै काम सम्पन्न भई सुचारु भएमा पर्यटन क्षेत्रको विकास हुने भएको र बाह्य र आन्तरिक पर्यटक बढदै जाने निष्कर्ष निकालिएको थियो । साथै आगामि दिनमा खप्तडको पर्यटन विकास लागि सो क्षेत्र जोडिएका बझाग, डोटी, बाजुरा र अछाम जिल्लाका सबै राजनितिज्ञ तथा सरोकारवालाले ध्यानदिनु पर्ने निष्कर्ष निकालिएको जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा एमाले पार्टी सचिव यज्ञ बोगटी, संगठन विभाग प्रमुख पदम बोहरा, सचिवालय सदस्य एँव प्रचार प्रसार विभाग प्रमुख भिम जनाला, जिल्ला सचिवालय सदस्य चन्द्र बोहरा, जंगविक, पत्रकार महासंघका पुर्व अध्यक्ष वेद प्रकाश तिमिल्सैना, प्रेस चौतारीका केन्द्रिय प्रतिनिधी एँव पुर्व उपाध्यक्ष नरेश कुमार शाही, अनेरास्वीयु अछामका अध्यक्ष डम्मर विसि लगाएतको उपस्थिती रहेको थियो । बैठकको सञ्चालन प्रेस चौतारी अछामका सचिव टेक बहादुर थापाले गर्नु भएको हो ।

प्रेस चौतारी नेपालको आठौँ महाअधिवेशन बाट रेडियो रामारोशनका अध्यक्ष कुँवर केन्द्रीय सदस्य पदमा चयन ।।

 रेडीयाे रामाराेशन,मंगलसेन,८ , जेठ

चौतारी नेपालको आठौँ महाअधिवेशनले रेडियो रामारोशनका अध्यक्ष एकिन्द्र कुमार कुँवर लाइ केन्द्रीय सदस्य पदमा चयन गरेको छ । अछाम बाट चौतारीको प्रतिनीधी कुँवरलाइ महाअधिवेशनले शनिवार सर्बसम्मत केन्द्रीय सदस्यमा चयन गरेको हो । अछाम जिल्लामा ब्यवसायीक पत्रकारीता सुरुवात गर्ने कुँवर २० बर्ष देखी पत्रकारीतामा क्रियाशिल हुनुहुन्छ । नेपालगञ्ज बाट पत्रकारीता सुरु गरेका चौतारीका नवनिर्वाचित सदस्य कुँवर संग राजधानीका कान्तीपुर लगाएत ठुला मिडिया हाउस र मोफसलमा काम गरेको अनुभव छ । अछामको बयलपाटा गैरागाउका स्थानिय बासिन्दा कुँवरलले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि रेडियो रामारोशन संग कुरा गर्दै अछाम जिल्लामा मर्यादित , ब्वस्थित , भयरहित पत्रकारीताकाका साथै शुसान र अधिकारका क्षेत्रमा ससकत भएर क्रियाशिल हुने बताउनु भयो । आजै रेडियो रामारोशनका तर्फ बाट कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैलाले एक बिज्ञेप्ती मार्फत प्रेस चौतारी , नेपालको आठौ महाअधिवेशन बाट केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएका रेडियोका अध्यक्ष कुँवरको कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । प्रज्ञा भवन कमलादी काठमांडौमा विहिवार बाट सुरु भएको चाैतारीको महाअधिवेशन गणेश बस्नेतको नेतृत्वमा सर्बसम्मत नेतृत्व चयन गर्दै शनिवार सम्पन्न भएको छ ।

बौद्ध दर्शन स्वीकारी अगाडि बढ्न सके मानवकल्याण हुन्छः प्रधानमन्त्री

काठमाडौं, जेठ ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले २५६० औँ बुद्धजयन्तीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै बौद्धदर्शनलाई स्वीकारी अगाडि बढ्न सके मात्र मानवकल्याण प्राप्त हुने बताउनुभएको छ । शनिबार शुभकामना सन्देश दिँदै उहाँले नेपालको भूमिमा जन्मेर मानवकल्याणका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको उल्लेख गर्दै बुद्ध विचारले अहिंसा, सद्भाव, मानवकल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचार विश्वभर लोकप्रिय हुन सकेको बताउनुभयो । सन्देशमा भनिएको छ, ‘बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात् गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

उप प्रधान तथा रक्षा मन्त्रालयको स्वकीय सचिवालय द्धारा बिभिन्न संञ्चार माध्याममा प्रकाशित सामाचारको खण्डन, जनतालाई भ्रममा नपार्न आग्रह ।

बैशाख १३ अछाम
उप प्रधान तथा रक्षा मन्त्रालयको स्वकीय सचिवालयले बैशाख १४ लगायतका विभीन्न संञ्चार माध्याममा प्रकाशन प्रसारण भएका सामाचारको खण्डन गरेको छ । नेपाल सरकारका उप प्रधान तथा रक्षा मन्त्री भिम रावल गृह जिल्ला अछाममा रहदा उहाले प्रयोग गर्नु भएको नेपाली सेनाको हेलीकोप्टर पार्टिको कार्यक्रममा लगेर दुरुपयोग गरेको भन्ने भ्रामक समाचारको बिज्ञप्ती मार्फत खण्डन गरेको हो । उप प्रधान तथा रक्षा मन्त्री रावलका स्वकीय सचिव बल बहादुर कुँवर द्धारा हास्ताक्षरित बिज्ञप्तीमा अन्नपूर्ण दैनिक लगायतका संञ्चार माध्याममा प्रकाशीत समाचारमा कुनैपनी सत्यता नभएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । बाजुरको कोल्टीमा नेपाली सेनाको ब्यारेक राख्ने सम्बन्धमा उत्पन्न समस्याको समाधान गर्न, जग्गा अधिग्रहण गर्ने लगायतको कामको निरिक्षण गर्ने लगायतको कामको निरिक्षण र निराकरण गर्न बाजुरा जिल्ला स्थित दुर्गा बक्स गणको निरिक्षण गर्न तथा अछाम र डडेल्धुरा स्थित ब्यारेक हरुको अवस्थाबारेको जानकारी लीनुका साथै शिक्षा मन्त्रालयले विभीन्न जिल्लामा हरुमा समयमै निशुल्क पाठ्य पुस्तक उपलब्ध गराउने अभियान आरम्भ गर्ने शिक्षा मन्त्रालयको आग्रह अनुरुप रक्षा मन्त्री भिम रावलले त्यहाको भ्रमण गर्नु भएको बिज्ञप्तीमा उल्लेख छ । उप प्रधान तथा रक्षा मन्त्री रावलले सुदुरपश्यिमका जिल्लाहरुको उक्त भ्रमणका क्रममा बैशाख ९ गते डडेल्धुराको उग्रतारा उच्च मावि, बैशाख १० गते अछाम लुग्रा गाविसको सृर्जनशिल प्रावी, बैशाख ११ गते बाजुरा मार्तडी स्थित बाल मन्दिर निमावि र बैशाख १२ गते अछाम जिल्लाको महेन्द्र उच्च माविमा बिद्यार्थिहरुलाई निशुलक पाठ्य पुस्तक बितरण अभियानको आरम्भ गर्नु भएको थियो । यस्तै लुङग्रा गाविसको सृजनशिल प्रावीको नव निर्मित भवन सोकट गाविसको दशपल्ले माविको नव निर्मित भवन, बैशाख ११ गते बाजुरा क्याम्पसको छात्रा बास भवनको उद्घाटन तथा रंग शालाको शिलान्यास र बैशाख १२ गते मार्कु गाविसको नवनिर्मित भवन साफेबगर नगरपालीका वडा न ९ को लंगमाता देबीको मन्दिरको उद्घाटन र बयालपाटा क्याम्पसको बार्षिक साधारण सभाको उद्घाटन गर्नु भएको थियो । यी कामको शिलशिलामा जादा कर्मचारी हरु तथा पार्टिका भेलाहरुमा उपस्थित भएर देशको संविधान तथा समसामहीक राजनीतीका बारेमा जानकारी गराउनु बहुदलीय लोकतान्त्रीक ब्यबस्थामा कुनै अन्यथा कुरा होईन बिज्ञप्तीमा उल्लेख छ । भ्रमणका अवसरमा धेरै सरकारी काम एकै पटक सम्पादन गर्नेगरि काम गर्दा त्यसलाई सकारात्मक रुपमा लीनुको साटो यथार्थलाई बङयाएर भ्रम सृर्जना गर्नु खेद जनक भएको भन्दै जनतालाई यथार्थ बिबरण दिई सुसुचित गर्न अनुरोध गरेको छ ।

पदबाट हट्न तयार छु उपप्रधानमन्त्रीः थापा

फागुन १६, काठमाण्डौँ

उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले आफू उच्चस्तरीय राजनीतिक समितिको नेतृत्वमा रहँदा आन्दोलनरत दलहरुलाई असन्तुष्टि भए पदबाट हट्न तयार रहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै उहाँले आफू उच्चस्तरीय राजनीतिक समितिको नेतृत्वबाट हट्दा समिति सक्रिय हुन्छ भने आफूलाई कुनै समस्या नभएको बताउनुभएको हो । मन्त्री थापाले भारतको भ्रमणले नेपालमा जल विद्युतको विकास, हुलाकी मार्ग लगायतका विकास निर्माणका विषयमा ठोष निर्णय हुनुका साथै दुई देशबिचको समझदारीमा अभिबृद्धि भएको बताउनुभयो । उहाँले हाल देखिएको नाकाको समस्या प्राविधिक कारणले भएकाले त्यो क्षणिक मात्रै भएको उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री थापाले एक अर्काे प्रसंगमा स्थानीय निकायको निर्वाचनका लागि आवश्यक गृहकार्य भइरहेकाले कांग्रेसको महाधिवेशन सकिएलगत्तै स्थानीय निकायको निर्वाचन हुने जानकारी दिनुभयो ।