एमाले अब गाउ गाउमा जाने एमाले जिल्ला कमीटी अध्यक्षा कुवरकाे भनाइ ।

अछामले आगामी फागुन मसान्त सम्म संविधान कार्यन्वयनका लागी जिल्ला तहदेखी गाउ वडा सम्म जनपरिचालन अभियान संञ्चालन गर्ने, पत्रकार सम्मेलनगरि निर्णय सार्वजनीक । नेकपा एमाले अछामले आगामी फागुन मसान्त सम्म संविधान कार्यन्वयनका लागी जिल्ला तहदेखी गाउ वडा सम्म जनपरिचालन अभियान संञ्चालन गर्ने भएको छ । पार्टिले आईतबार पत्रकार सम्मेलन मार्फत आफ्ना निर्णय तथा गतिवीधीका बारेमा जानकारी गराएको हो । एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टिले आगामी दिनमा गर्ने कार्यक्रमका बारेमा जानकारी गराएको हो । पार्टिले राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधानको कार्यन्वयन एमालेको अभियान भन्ने नाराका साथ मंसिर २१ गते मंगलसेनमा जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला गर्ने र भेलामा सबै जिल्ला कमीटी सदस्य, सबै क्षेत्रीय कमीटीका पदाधिकारी, नगरकमीटीका पदाधिकारी, गाउ तथा नगर कमीटीका अध्यक्ष लगायत पेशागत महासंघका पदाधिकारी सहभागी हुने भएका छन । कार्यक्रममा सहभागीताका लागी पार्टिले सबैलाई अनुरोध गरेको छ । पत्रकार सम्मेलनमा मंसिर ६ गते क्षेत्र न १ को साफेबगरमा र मंसिर ८ गते क्षेत्र न २ को बैठक गर्ने, र क्षेत्र नम्बर १ मा माघ ७ गते तथा माघ ८ गते कमल बजारमा कार्याकर्ता भेला गरिने बताईएको छ । यस्तै जनबर्गिय संगठन र गाउकमीटीका बैठकहरु मंसिर मसान्त भित्र गर्ने, गाउ अधिबेशन पौस मसान्त भित्र गरिसक्ने , ईलाका अधिबेशन माघ मसान्त भित्र गर्ने, क्षेत्रीय कमीटी, क्षेत्रीय जनबर्गिय संगठनका बैठक मंसिर १५ भित्र गर्ने, ईलाका अधिबेशन पौस मसान्तम भित्र गर्ने, जनबर्गिय संठनका अधिबेशन माघ १५ भित्र गर्ने, क्षेत्रीय स्तरका आमसभा फागुन पहिलो साता भित्र गर्ने निण सार्वजनीक गरेको छ । सोही अवसरमा कालापानी, केतुकादा,कुसेडी,मैथुन,कालेकाडा,रहफ,सुजेडा,बयालपाटा लगाएतका विभीन्न ठाउमा जनजातीका बिचमा सदभाव कार्यक्रम गर्नुका साथै क्षेत्रीय स्तरमा सहभोज कार्यक्रमको समेत आयोजना गर्ने पार्टिले जानकारी गराएको छ । पार्टिले विभीन्न मितीमा गरिने भेला तथा प्रशिक्षण कार्यक्रममा समसामयीक राजनीती, अभियान संञ्चालन र महत्व, आर्थिक ब्याबस्थापन संविधानका बिशेषताका बारेमा कार्यकर्तालाई प्रशिक्षण दिईने जनाएको छ । जिल्लाका सबै ठाउमा गरिने कार्यक्रममा संविधान निर्माणमा पार्टिले खेलको नेतृत्वदायी भूमीका, पार्टि सरकारमा रहेको बेला गरेका उपलब्धी, स्थानीय निर्वाचनाको लागी दबाब सृजना गर्ने, पार्टिको संगठानत्मक ढाचा रुपान्तरण गर्ने लगायतका उदेश्यले यो अभियानको थालनी गरिएको पार्टि अध्यक्ष कुवरले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो । सोही अवसरमा जिल्ला कमीटीका केही पदाधिकारीलाई जिल्ला कमीटी सचिवालयमा र बैकल्पीक सदस्यहरुलाई जिल्ला कमीटीको पूर्ण सदस्यमा मनोनयन गरिएको जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै पूर्व सभासद सेमत रहेका एमाले जिल्ला अध्यक्ष शेर बहादुर कुवरले एमाले अछामले संञ्चालन गरेको अभियान सबैको साझा अभियान भएकाले यसमा साथ दिन सबै जिल्ला बासीलाई अनुरोध गर्नु भएको छ । जिल्लामा रहेका विभीन्न समस्या तथा विकास निर्माणका कार्यमा एमालेले के गरिरहेको छ भन्ने पत्रकारको जिज्ञासामा उहाले एमालेले जहीलेपनी विकासका एजेण्डालाई पहीलो प्राथामीतामा राख्ने गरेको भन्दै पार्टिले अब जिल्लामा आर्थिक ब्याबस्थापनको अभियान संञ्चालन गर्ने बताउनुभयो । देशमा राजनीतीक क्रान्ती पुरा भएको भन्दै अब आर्थिक क्रान्तीको खाचो रहेको उहाको भनाई छ । जुनसुकै हालतमा पनी अब स्थानीय निकायको निर्वाचन हुनुपर्ने उहाको भनाई थियो । सोही अवसरमा बोल्दै एमाले प्रदेश नम्बर ७ का सदस्य तथा पार्टिका पूर्व अध्यक्ष कमल तिमलसैनाले देश बर्वाद गर्ने अधिकार कसैलाई नभएको भन्दै केही जिल्लामा स्थानीय निकाएको निर्वाचन नभएपनी संविधान कार्यन्वय हुने दाबी गर्नुभयो । स्थानीय निकाएको निर्वाचन गर्न जनतापनी सकारात्मक रहेको बताउदै यसको बिरोध गर्नेहरुलाई जनताले साथ नदिने भनाई राख्नु भएको थियो । पत्रकार सम्मेलनमा जिल्ला कमीटी सचिवालय सदस्य बल बहादुर सोडारी, चक्र रावल, जंग बीक, हिरण्य भट्राई, जिल्ला कमीटी सदस्य नम राज न्यौपाने लगायतको सहभागीता रहेको कार्यक्रमको संञ्चालन सचिवालय सदस्य चन्द्र बोहराले गर्नु भएको थियो ।

दशैँ विशेष बृहत साँस्कृतिक उत्सवलाई सफल पार्न तयारी तिव्र ।।

कमल रावल असोज ४, असोज
यहि असोज १४ देखि १८ गते सम्म अछाम सदरमुकाम मंगलसेनको खुल्लामंञ्चमा हुने दशैँ विशेष बृहत साँस्कृतिक उत्सव २०७३ लाई सफल पार्न तयारी तिव्र पारिएको छ । “ कला र संस्कृतिको पहिचान, प्रगतिशिल अछामी युवाको अभियान ” भन्ने नाराका साथ राष्ट्रिय तथा स्थानिय कलाकारका ५ दिन सम्म अछाम मंगलसेनमा बेजोड प्रस्तुती रहने भएका छन । साँस्कृतिक मुल आयोजक समितीले तयारी स्वरुप सदरमुकाम मंगलसेनमा पत्रकार सम्मेलन गरेको छ । कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सफल पार्नका लागि राष्ट्रिय तथा स्थानिय संञ्चार माध्याम मार्फत कसरी प्रचारप्रसार गर्न सकिन्न भन्ने विषयमा छलफल गरिएको थियो । मुल आयोजक समिती संयोजक पदम बहादुर धामिको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सहभागि संञ्चारकर्मिले आफनो कला संस्कृति जोगाउनका लागि जिल्ला पहिलो पटक भएको यो अभियान स्रहानिय भएकाले आफनो तर्फ सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रममा बोल्दै पत्रकार महासघ अछामका उपाध्यक्ष जनकराज भण्डारीले कला सस्कृति जगेर्नाका लागि जिल्ला हुने कार्यक्रमलाई सफल पार्नका सबै सञ्चारकर्मि लागि पर्ने बताएका थिए । राष्ट्रिय तथा स्थानिय कलाकार जम्काभेट हुने एउटै थलो दशै विशेष बृहत साँस्कृतिक कार्यक्रम भएकाले यसमा सबै क्षेत्रबाट सहयोग हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमलाई सफल पार्नका लागि जिल्ला स्थित सम्पुर्ण छापा तथा ईलेक्ट्रोनिक संञ्चार माध्याम मिडिया पार्टनरको रुपमा रहने भएका छन । असोज १४ गते देखि सुरु हुने कार्यक्रममा नृत्य निर्देशक शँकर विसि, गायक रोशन सिह, चर्चित लोक गायक खुमन अधिकारी, गायिका टिका पुन, गायक भागिरथ चलाउने, गोपाल नेपाल जिएम, टँक तिमिल्सैना, तुलसि घर्तिमगर, सुरेश रावल, पुष्पा वोहरा, करिश्मा ढकाल, निशा बोहरा, अञ्जु शाही, बादल थापा, जितेश थापा लगाएत वेजोड प्रस्तुती रहने भएका छन । यस्तै स्थानिय कलाकार महेन्द्र विक, नरेन्द्र रावल, जनक कार्की, देवेन्द्र भाट, भिम विष्ट, जनक साउद, शँकर विक, ललित रैगाई, रुद्र विक, प्रमोद माझि, कल्पना ढुगाना, पानसरा थापा, निरुता खत्रि लगाएतले समेत आफना आफना प्रस्तुती राख्ने आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य आयोजकमा एस। बि। रामारोशन फिल्मस प्रा। लि। र राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान अछाम रहेका छन भने नयाँतारा कला सागर अछाम सह आयोजकको रुपमा रहेका छन ।

खप्तडको पर्यटन बिकासका लागि एमाले बढाउन छ अभियानका ।।

कमल रावल, जेठ १७, अछाम
प्रेस चौतारी अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमाले अछामले यहि जेठ १२ देखि १४ गते सम्म पर्यटकिय स्थल खप्तडमा गरेको २३ औँ विस्तारित बिशेष बैठकमा गरिएका निर्णय सार्वजनिक गरेको छ । प्रेस चौतारी अछामका उपाध्यक्ष कालु सिह बोहराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रमुख अथिती जिल्ला अध्यक्ष शेर बहादुर कुवरले पत्रकार सम्मेलन मार्फत सबै निर्णय सार्वजनिक गर्नु भएको थियो । खप्तड क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि पार्टी मार्फत १६ बुदे घोषणा पत्र जारी गरिएको छ । जिल्ला तथा राष्ट्रको ध्यान पर्यटकिय क्षेत्र खप्तडमा पुग्न नसकेकाले आफनो पार्टी मार्फत राज्यको ध्यान सो क्षेत्र पुगाउने पहिलो लक्ष्य रहेको उहाँले बताउनु भयो । आफनो पार्टिको मुख्य लक्ष्य खप्तडमा बैठक गरि सो क्षेत्रको पहिचान भईसकेकाले अब समग्र सुदुरपश्चिमको आर्थिक रुपान्तरणका लागि सबै जिल्ला तथा ७ नम्बर प्रदेशका राजनितिक दलले प्रर्यटकिय क्षेत्रको प्रबद्र्धनका लागि जोडका साथ लाग्नु पर्ने बताउनु भयो । पत्रकार सम्मेलन मार्फत उहाँले ३ दिन सम्म पार्टिको बैठकले खप्तड क्षेत्रको पर्यटकिय विकासका लागि भौतिक पुर्वाधारको अभाव, सडक विस्तार हुनु नसकेको, सबैको ध्यान आकर्षण पुग्न नसकेकाले सबै यसको विकासका लागि अब आफनो पार्टी मार्फत झकझक्याउने निर्णय भईसकेको उहाँले जानकारी दिनु भयो । पर्यटन बोर्ड मार्फत राज्यको करोडौँ लगानि भएपनि देखिने गरि केहि पनि विकास नभएकाले आगामि दिनमा सम्बन्धीत निकायमा छान विनका लागि पहल गर्ने जानकारी गराउनु भयो । आगामि दिनमा जिल्लाको समग्र पहल लागि भएका निर्णय अनुसार लागु गर्नका लागि के पहल हुन्छ भन्ने सञ्चार कर्मिको जिज्ञासामा अध्यक्ष कुवरले २०६३ सालमा आएको खप्तडका बाढी पिडितले अझै राहत पाउन नसकेकाले राहतका लागि पहलगर्ने, आगामि दिनमा सबै क्षेत्रकाप र्यटकिय क्षेत्रको विकासका आफनो पार्टीबाट गर्न सकिने पहल गरिने बताईएको थियो । सो क्षेत्रको दायित्व बोझ राज्यले गर्न नसकेकाले आगामि दिनमा आफना कार्यकर्तालाई उत्पादन मुखी कार्यमा लाग्नलाई निर्देशन दिईएको उहाँले जानकारी गराउनु भएको थियो । अब आगामि दिनमा सेतीलोक मार्ग, मध्यपहाडी राज्यमार्ग चाडै काम सम्पन्न भई सुचारु भएमा पर्यटन क्षेत्रको विकास हुने भएको र बाह्य र आन्तरिक पर्यटक बढदै जाने निष्कर्ष निकालिएको थियो । साथै आगामि दिनमा खप्तडको पर्यटन विकास लागि सो क्षेत्र जोडिएका बझाग, डोटी, बाजुरा र अछाम जिल्लाका सबै राजनितिज्ञ तथा सरोकारवालाले ध्यानदिनु पर्ने निष्कर्ष निकालिएको जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा एमाले पार्टी सचिव यज्ञ बोगटी, संगठन विभाग प्रमुख पदम बोहरा, सचिवालय सदस्य एँव प्रचार प्रसार विभाग प्रमुख भिम जनाला, जिल्ला सचिवालय सदस्य चन्द्र बोहरा, जंगविक, पत्रकार महासंघका पुर्व अध्यक्ष वेद प्रकाश तिमिल्सैना, प्रेस चौतारीका केन्द्रिय प्रतिनिधी एँव पुर्व उपाध्यक्ष नरेश कुमार शाही, अनेरास्वीयु अछामका अध्यक्ष डम्मर विसि लगाएतको उपस्थिती रहेको थियो । बैठकको सञ्चालन प्रेस चौतारी अछामका सचिव टेक बहादुर थापाले गर्नु भएको हो ।

सुशासन ऐन तथा नियमावलिमा भएको ब्यावस्था कार्यान्वयनको अवस्था अछाममा फितलो ।।

कमल रावल, माघ ११ अछाम
सुशासन ऐन तथा नियमावलिमा भएको ब्यावस्था कार्यान्वयनको अवस्था अछाममा फितलो रहेको पाईएको छ । आज सदरमुकाम मंगलसेनमा भएको एक कार्यक्रमका सहभागि सरोकारवालाहरुले जिललामा सुशासनको अवस्था कमजोर रहेको बताएका हुन । गतिशिल बहुउद्देश्यिय समाज अछामले गरेको सुशासन ऐन तथा नियमावलिमा भएको ब्यावस्था र अछाममा कार्यान्वयनको अवस्था बिषयक अन्र्तक्रियाका सहभागिहरुले सो कुरा बताएका हुन । कार्यक्रमका सहभागि सरोकारवालाहरुले जिललामा कर्मचारीहरुले मदिरा सेवन गरी कार्यालयको कामकाज गर्ने गरेको, कर्मचारी राख्दा बिज्ञापन नगरी राख्ने गरेको, मिलेमतोमा भ्रष्टाचार हुने गरेको आदि बिषयबस्तुवारे जिज्ञासा राखेका थिए । राज्यले जनतालाई केन्द्र मानेर सरल, सहज, चुस्त, मितब्ययी, उत्तरदायी, सक्षम, सेवामुखी र पारदर्शी सेवा प्रवाह गर्नुनै सुशासन भएपनि त्यस अनुसार जिल्लामा काम हुन नसकेको हो । कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी यामप्रशाद सुवेदीले सुशासन ऐन २०६४ मा भएका ब्यावस्था, कार्यालय प्रमुखको काम कर्तब्य र अधिकार, प्रशासनिक कार्य सम्पादन गर्दा अपनाईनुपर्ने कार्याविधि आदिवारे सहभागिलाई जाँनकारी गराँउनुभएको थियो । यस्तै जिल्ला न्यायधिवक्ता चन्द्रबहादुर सिंजालीले पनि सुशासन ऐन नियमावलिमा भएका ब्यावस्था, सुशासनका आयामहरु, सुशासनवारे महत्वपूर्ण कानुनहरु आदिवारे प्रष्ट पार्नुभएको थियो । गतिशिल बहुउद्देश्यिय समाज अछामको आयोजना र ओपन सोसाईटी ईन्टिच्यूटको सहयोगमा भएको उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य चन्द्र बोहरा, नेकपा माओवादीका जिल्ला सचिव शेर बहादुर बिक, बिभिन्न सरकारी एवम गैर सरकारी निकायका प्रमुख प्रतिनिधी, कानुन ब्यावसायि, पत्रकार, बिभिन्न सञ्जालका प्रमुख प्रतिनिधी लगायत बिभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष खडक खड्काले कार्यक्रमको उद्देश्यवारे प्िरष्ट पार्नुभएको थियो भने सञ्चालन टिकेन्द्र भण्डारीले गर्नुभएको थियो ।

जिल्ला युवा सञ्जाल अछामको ईलाका जागरण कार्यक्रम सम्पन्न ।।

होम साउद, पौष १२ अछाम
जिल्ला युवा सञ्जाल अछामको ईलाका जागरण कार्यक्रम अन्र्तगत जिल्लाका १३ वटै ईलाकाको बैठकहरु सम्पन्न भएका छन । ईलाका नम्वर ८ को मंगलसेनवाट सुरु भएको ईलाका बैठक तथा योजना तर्जुमा प्रक्रियामा युवा सहभागिता विषयक कार्यक्रम आज ईलाका नम्वर ६ को मुजजाबगरमा कार्यक्रम गरी सकिएको हो । ईलाका स्तरिय युवा सञ्जाल ईलाका नम्वर ६ उपाध्यक्ष निर्मला न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला युवा सञ्जाल अछामका अध्यक्ष मदन कुमार भुल प्रमुख अतिथी रहनुभएको थियो । यस्तै सञ्जालका जिलला सदस्य कल्पना थापा बिशिष्ट अतिथी रहनुभएको थियो । कार्यक्रममा स्थानिय तहको योजना तर्जुमा प्रक्रियामा युवा सहभागिताको सवाल, राष्टिय युवा नीति र अन्य समसामयिक सवालबारे ब्यापक छलफल गरिएको थियो । ईलाका अन्र्तगतका रामारोशन, बाटुलासैन, भाटाकाटिया, सुतार, चाफामाण्डौ र शान्तडा गाविसका युवाहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन ईलाका सचिव गोविन्द देबकोटाले गर्नुभएको थियो । कार्यक्रमवाटै जिल्ला अधिवेशनका लागि ५ जना प्रतिनिधी पनि छनौट गरिएको जनाईएको छ । यस्तै, नन्देगडा गाविसमा गाविस स्तरीय युवा सञ्जाल गठन गरिएको छ । युवाहरुको एक भेलाले भिम बहादुर साउदको अध्यक्षतामा १९ सदस्यिय सञ्जाल गठन गरिएको हो । जसको उपाध्यक्षमा किर्तीका साउद, सचिव दिपेश साउद, सह सचिव अशोक भुल कोषाध्यक्ष पवित्रा साउद लगायतका पदाधिकारी रहेका छन । गाविसका सबै वडाका युवाको सहभागिता रहेको भेलामा ईलाका युवा सञ्जाल ईलाका नम्वर ४ का सह सचिव भब्य नेपालीको बिशेष उपस्थिती रहको थियो ।

चिसोका कारण जिल्ला अस्पताल अछाममा दैनिक ५० भन्दा बढी बिरामि ।।

कमल रावल, रेडियो रामारोशन, अछाम
जिल्लामा चिसो बढे संगै जिल्ला अस्पताल अछाममा बिरामिको चाप बढदै गईरहेको छ । चिसो मौसमका कारण दैनिक रुपमा ५० जना भन्दा बढी चेकजाँच गराउन आउने गरेका अस्पतालले जनाएको छ । चिसोले गर्दा बढी मात्रामा वालवालिका र बृद्धबृद्धा उपचारका लागि आउने गरेका जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर सरद चन्द्र बरालले बताउनु भयो । चिसोका कारण वालवालिकामा निमोनिया र बृद्धबृद्धामा दमको समस्या बढी आउने गरेको उहाँको भनाई रहेको छ । चिसोमा कडा निमोनियाका बालवालिका र दमका बिरामिहरुलाई न्यानो लुगा लगाउन र तातो झोलीलो खानेकुरा खान उहाँको आग्रह रहेको छ । यतिबेला चिसो मौसम भएकाले बिरामि बढेता पनि वालवालिका र बृद्धबृद्धालाई स्वास्थ राख्न अभिभावकले ध्यान दिनु पर्ने बताउनु भयो । अछाम जिल्लामा धेरै मात्रामा अभिभावकको लापरवाहीका कारण वालवालिकामा समस्या आउने गरेको उहाँको भनाई रहेको छ । यतिबेला बाहीर केहि मात्रामा औषधि अभावको कुरा आएपनि बिरामिलाई चाहे मात्रा आौषधि रहेको बताईएको छ ।

वर्तमान अबस्थामा मानव अधिकारको अबस्था विषयमा विचार गोष्ठि मँगलसेनमा सम्पन्न ।।

कमल रावल, मसिर २४ अछाम
विश्व मानव अधिकार दिवसको अबसरमा वर्तमान अबस्थामा मानव अधिकारको अबस्था विषयमा विचार गोष्ठि मँगलसेनमा सम्पन्न भएको छ । ऐमनेष्टि ईन्टरनेशनल नेपाल २८ शाखा अछामले विचार गोष्ठिको आयोजना गरेको हो । शाखाका अध्यक्ष मदन कुवरको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सुचना तथा सञ्चार राज्य मन्त्री गोबिन्द बहादुर शाह प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती शाहले बर्तमान सरकारले मानव अधिकारको रक्षाका लागि लागि पर्नु पर्ने बताउनु भएको थियो । अझै पनि कतियप मानवको गाँस, बाँस र कपासको ग्यारेण्डी हुन नसकाले दिवस मनाएर मात्र दिवस सफल नहुने उहाँको भनाई रहेको थियो । अहिले भारतीय नाकाबन्दीका कारण दैनिक उपभोग्यका सामाग्री आपुर्ती नहुदा नेपालि जनताको मानवअधिकारको उलघन भएको भन्दै विषयलाई विश्व करण गर्नु पर्ने बताउनु भएको थियो । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य विष्णु खडका, नागरिक समाज अछामका अध्यक्ष छत्र बिष्ट, रेडियो रामारोशनको निर्देशक राजेन्द्र कुवर, युवा सञ्जाल अछामका उपाध्यक्ष बम बहादुर स्वार, अनेरास्वीयु अछामका जिल्ला सचिव देविराम जै्रसि लगाएतले बिचार राख्नु भएको थियो । कार्यक्रममा सहभागि सबैलाई शकर रावलले स्वागत गर्नु भएको हो

महोत्सव २०७२ को आज एक कार्यक्रमका विच उद्घाटन ।।

मसिर २४ अछाम
अछामको साँफेबगरमा रहेको जनकल्याण माद्यामिक विद्यालयमा धार्मिक महोत्सव २०७२ को एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । महायज्ञ मुल आयोजक समितिका संयोजक शिलोज कुँवरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पुर्ब सुचना तथा संचार राज्य मन्त्री गोबिन्द बहादुर शाह प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अतिथि को आसन बाट बोल्दै शाहले अहिले को भौतिक बादि युगमा आध्यात्मिक बिचार का माध्यम बाट शिक्षा क्षत्र को बिकास का साथै मानबता को पनि रक्षा हुने बिश्वास ब्यक्त गर्नु भयो । उद्घाटन कनर्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि पुर्ब सभासद तथा नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरले यस्ता महायज्ञका माध्यम बाट राष्ट्र शान्ति समाज मा भातृत्व को भावना बिकास गर्दै शिक्षा क्षेत्र मा फड्को मार्ने बिश्वास ब्यक्त गर्नु भयो । साँफेबगरमा रहेको जनकल्याण माद्यामिक विद्यालयमा उच्च मा.बि.र प्राबिधिक कक्षा संचालन गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ, धार्मिक महोत्सव २०७२ को आयोजना गरिएको धार्मिक महोत्सव आयोजक समितीले जनाएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अछाममा पनी सुरु ।।

केशब भुल, ९ मंसीर

घर शान्ति नै विश्व शान्तिको आधार ः पुनर्निमाण, शिक्षा र समान व्यवहार’ भन्ने मुल नाराका साथ बुधबार देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियान अन्तर्गत बुधबार विभिन्न अधिकारकर्मी सघंसस्थाले देशभरी प्रभातफेरि निकालेका छन् । विभिन्न नारा लेखिएका प्लेकार्डसहित हिंसा अन्त्यको माग गर्दै सयांै नागरिक तथा अधिकारकर्मी सडकमा निस्किएका थिए । १६ दिने अभियानमा लैङ्गिक हिंसा विरुद्ध सरकार र विभिन्न संघसस्थाले विभिन्न जनचेतना मुलुक कार्यक्रम गर्दैछन् । नोभेम्बर २५ तारिखदेखी डिसेम्बर १० तारिखसम्म हरेक वर्ष बिभिन्न कार्यक्रम सहित यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा बुधबार अछाम जिल्लामा पनि लैङ्गिक हिंसा विरुद्धका बिभिन्न नारा सहित र्याली निकालि अभियानको सुरुवाती गरिएको छ । अछाम सदरमुकाम मंगलसेनमा रहेको जिविस समिक्षालय हलवाट र्याली सुरु भई बजार परिकर्मा गरी लैङ्गिक हिंसा विरुद्धका चेतनामुलक नारा लगाईएको थियो । बिभिन्न नारा अंकित प्लेकार्ड सहित अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल, जिल्ला स्थित सरकारी एबं गैर सरकारी क्षत्रका प्रतिनिधीहरु, राजनीतिज्ञ, सञ्चारकर्मी सरोकारवालाहरुको सहभागिता रहेको थियो । महिला तथा बालवालिका कार्यालयको अगुवाईमा अछाममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईने भएको छ । जस अनर्तगत कार्यालयले १६ दिन सम्म सञ्चालन गर्ने कार्यक्रमहरुको कार्ययोजना सार्वजनिक गरेको छ । जिल्लामा पहिलो दिन लैङ्गिक हिंसा विरुद्धको र्याली निकालिएको छ भने ११ गते समुदाय संग प्रहरी भेटघाट कार्यक्रम गर्ने, १५ गते एड्स दिवस मनाँउने, १८ गते अपाँग दिवस मनाँउने, १९ गते महीला स्वंसेवीका दिवस मनाँउने लगायतका कार्यक्रमहरु रहेका छन । यस्तै अभियानमा वाकको कार्यक्षेत्र अनुगमन, महिला उपभोक्तासंग अनर्तक्रिया, लैङ्गिकतामा आधारित अन्र्तक्रियाहरु, लैङ्गिक हिंसा निगरानी समुह गठन आदी क्रियाकलापहरु समावेश गरिएको महिला तथा बालवालिका कार्यालय अछामले जनाएको छ । यसरी अभियानको १६ दिन अवधिमा बिभिन्न १० वटा क्रियाकलापहरु ग्रिने तथा सञ्चारमाध्यमहरुवाट पनि लैङ्गिक हिंसालाई सम्वोधन हुने गरी सुचना, जिङ्गल, कार्यक्रम तथा समाचारहरु प्रशारण गरीने भएको छ । त्यसका लागि सहयोग गरिदिनहुन महिला तथा बालवालिका कार्यालय अछामका महिला विकास अधिकृत भगवति अर्यालले अनुरोध गर्नुभएको छ । अभियानलाई सफल पार्नका लागि जिल्लास्थित सम्पूर्ण सरोकारवालाहरुलाई सहयोग गरिदिन पनि कार्यालयले आग्रह गरेको छ

News

Inbox
x
Keshab Bhul

Keshab Bhul

Attachments8:53 AM (0 minutes ago)

to me

 

अछाममा बाझो भैसी निकासी गर्न पाउने प्रबधान भएपनी अबैध रुपमा भने तस्करी, प्रशासनीक निकाय भने यसबारे मौन ।।

केशव भुल, १६, अछाम
अछाम जिल्लामा टेण्डर प्रक्रियाबाट बाझो भैसी निकासी गर्न पाउने प्रबधान भएपनी अबैध रुपमा भने तस्करी बढ्दै गएको छ । हीच्मा, ढकारी हुदै डोटी, ढुंगाचाल्ना, तुर्माखाद, रहफ र रानीबान हुदै सुर्खेत, बयाला कालीकास्थान हुदै दैखेल र रामारोशन हुदै कालीकोट तिर भैसी तस्करी बाट निकासी भईरहेका छन् । कमलबजार बाट खुल्ला रुपमा भैसी लिएको देख्दा समेत प्रशासनले रोक नलगाएको ठेकेदार दिनेश बहादुर शार्कीले बताउनुभयो । उहाले भैसी आफ्नो टेण्डर बाहीरका व्यक्तिले लिएको भन्दै ईलाका प्रहरी कार्यालयमा निबेदन दिएको समेत बताउनुभएको छ । प्रशाशनले भने आफुहरुलाई यसबारेमा जिल्लाबाट केही जानकारी नआएकोले आफुले यसमा अहीले तत्काल केही गर्न नसक्ने जनाएको छ । अछामका प्रहरी प्रमुख दिलीपसींह देउबाले यसबारेमा जिल्ला बिकास समीतीले आधीकारीक पत्र दिएर आफुहरुलाई अबैध रुपमा भैसी निकासी रोक्नका लागी अनुरोध गरेमा मात्र रोक्न सकीने बताउनुभयो । ठेकेरदार बाटै अबैध रुपमा भैसी निकासी भएको खवर आएकाले जिल्लाका सम्पुर्ण प्रशासनीक निकायलाई भैली निकासी भएको देखेमा ठेकेदारका प्रतीनीधी बाट गए नगएको चेक जाच गरेर मात्र पठाउन अनुरोध गरेको छ । जिल्लाबाट भैसी खरीद बिक्री गर्न यसअघी निषेध भएपनी आन्तरीक रुपमा तस्करी बढ्न थालेपछी जिल्ला बिकास समीतीले यस आर्थीक बर्षबाट टेण्डर आव्हन गरी भैसी खरीद बिक्री गर्नपाउने व्यवस्था गरेको हो । जिल्ला बिकास समीती अछामका सामाजीक बिकास अधीकृत खडक बिष्टले जसको नाममा टेण्डर परेको हो उसैले मात्र बाझो भैसी खरीद बिक्री गर्न पाउने बताउनभयो । टेण्डर संग सम्बन्धीत व्यक्ति बाहेक अरुले आन्तरीक रुपमा र छुट्टै तरीकाले खरीद बिक्री गरेको भेटीएमा कानुन अनुसार कारबाही हुने बिष्टको भनाई छ ।