१० जना बालबालिका लाई छात्रवृति वितरण ।

0
278

कमल रावल अछाम १० जेठ / पिसविन कार्यक्षेत्र गाविस विरपथ गाविसमा आज दैनिक विद्यालयमा सहभागी हुने र गरिब जेहेनदार १० जना बालबालिकालाई छात्रवृति वितरण गरिएको छ । गाविस अन्र्तगतका कात्यानी उमावि, देविस्थान प्रावि, कालिका मावि र कृष्ण निमाविका विद्यार्थिहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
पिसवीन कार्यक्षेत्रको पहिलो गाविस विरपथ गाविसका विद्यार्थिलाई छात्रवृति वितरण गरिएको र क्रमश कार्यक्षेत्रका अन्य १२ गाविसका १सय ३८ जना अन्य गाविसका विद्यार्थिलाई वितरण गरिने पिसविन अछामका जिल्ला कार्यक्रम सँयोजक चेतराज पाध्यायले बताउनु भएको छ ।
छात्रवृति वितरण कार्यक्रममा पिसविन अछामका जिल्ला कार्यक्रम सँयोजक चेतराज पाध्याय, कात्यानि उमाविका प्रधानाध्यापक लाल बहादुर शाहि, रेडियो रामारोशनका कमल रावल, पिसविन सहजकरता भिम सोडारी विरपथ गाविसका सम्पुर्ण अभिभावक, शिक्षक , विद्यार्थि लगाएतको सहभागीता रहेको थियो ।
साथै विरपथगाविसमा सञ्चालित बाल मैत्रि कक्षा हरुको अनुगमन तथा अवलोकन पनि गरिएको छ । अनुगमनको क्रममा विरपथ गाविसका प्रत्येक विद्यालयमा सञ्चालित बाल मैत्री कक्षा एकदमै सन्तोष जनक पाईएको छ । यस पछि क्रमश कार्य क्षेत्रका १३ वटै गाविसमा अनुगमन तथा अवलोकन गरिने पिसविन अछामले जनाएको छ ।

NO COMMENTS

LEAVE A REPLY