एमाले पार्टी कार्यालयमा तालाबन्दी, निर्णय नसच्याएमा सामुहिक राजीनामा दिने ज्ञापनपत्रमा उल्लेख ।

0
284

पौष, १३ अछाम

नेकपा एमालेले समानुपाति सभासद्मा अछामबाट कुनै व्यक्तिलाई चयन नगरेको भन्दै हिजो अछाम पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । अछामबाट सिफारिस भएका दुई जना मध्ये एक जनालाई पनि समानुपातिकको सूचिबाट सभासद् नबनाईएको भन्दै तालाबन्दी सहित स्थायी समितिलाई ज्ञापनपत्र पनि पठाईएको छ । अछामबाट समानुपातिकमा सहसचिव मिना साँउद र भीम जनाला बन्द सूचिमा रहेका थिए । मंगलसेन पार्टी कार्यालयमा उपस्थित एमाले कार्यकर्ताले नेकपा एमाले केन्द्रले अछामीले दिएको मतको अवमुल्यन गरेको आरोप लगाउँदै कडा रुपमा विरोध गरेका छन् ।

स्थायी समितिमा पठाईएको ज्ञापनपत्रमा तत्काल अछामबाट पनि समानुपातिक सभासद् चयन गर्न माग गरिएको छ । अछामबाट समानुपातिक सभासद् नबनाईए पुरै जिल्ला कमिटीले पार्टीबाट राजीनामा दिन बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ । निर्णय नसच्चाईएसम्म कार्यालयमा लगाईएको ताला नखोलिने जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव चन्द्र बोहराले जानकारी दिनुभयो । अछाम जिल्ला स्थित नेकपा एमालेका नेताहरु अध्यक्ष झलनाथ खनाल, माधव कुमार नेपाल र केपी ओली प्रति निकै आक्रोशित छन् । एमाले केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ बाट निर्वाचित सभाषद भीम रावलले स्थायी कमिटिले अन्याय पूर्ण निर्णय निर्णय गरेको भन्दै निर्णय पुर्नविचारगर्नुपर्ने माग गर्नुभएको छ ।
रेडियो रामारोशन संग कुरा गर्दै उहाँले पार्टीमा त्याग, बलिदानी तथा योगदान गरेका कार्यकर्ताहरुको अवमूयन गरेको बताउनु भयो । आगामी दिनमा अछामी जनता र कार्यकर्ताले गर्ने निर्णय अनुसार आफु अघि बढ्ने उहाँको भनाई छ । एमालेले अछाममा समाुपातिकतर्फ लगभग ३३ हजार मत ल्याएको छ । अछाम क्षेत्र नं. १ मा रावल र क्षेत्र नं. २ मा सोही पार्टीका भरत साँउद विजयी भएका थिए । यस्तै नेकपा एमालेले राष्टिय प्रतिनिधि परिषदका सदस्य बसुन्धरा रोकाया बाजुराबाट समानुपातिक तर्फबाट सभासद छनौट हुनुभएको छ ।

समानुपातिक तर्फबाट निर्वाचन आयोगमा नामावली बुझाउने क्रममा हिजो बसेको एमालेको वैठकले रोकायाको नाम सिफारिस गरेको हो । एमालेले सुदुरपश्चिमलाई विशेष क्षेत्र भन्दै यस क्षेत्रमा ४ जना सभासद छनौट गरेका छ । जसमा गौरी ओली, गरीमा शाह, बसुन्धरा रोकाया र अफिलाल विश्वकर्मालाई पिछडिएको क्षेत्रका समस्याहरु उठाउनका लागि नाम सभासदमा सिफारिस गरेको छ । आफु सामानुपापति तर्फको सभासदमा छनौट भएपछि बाजुरा लगाएत पिछडिएका क्षेत्रका सवाल सविधानमा समेट्ने पहल गर्ने रोकायाले बताउनु भयो ।

NO COMMENTS

LEAVE A REPLY