खाली रहेको दरबन्दी पुरा गर्ने निमित्त क्षेत्रिय स्वास्थ्य निर्देशक जोशीको प्रतिबद्धता ।

0
228

पूर्णबहादुर खड्का, मंसिर २८ अछाम
अछाम जिल्लाको स्वास्थ्य क्षेत्रमा थुप्रै समस्या भएपनि सुधार गर्न कसैले चाँसो नदिएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । विकट गाविसका जनताको स्वास्थ्य क्षेत्रमा पहँुच नपुगेकाले उपचार अभावमा कतिपय जनताले अकालमै ज्यान गुमाउनु परेको मंगलसेनमा भएको साझा सवाल कार्यक्रमका सहभागीले औल्याएका हुन । गाँउ ठाँउका जनताले विरामी भएको अवस्थामा समयमै औषधी नपाउने, औषधी पाएपनि म्याद सकिएको हुने, स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुने जस्ता विभिन्न समस्याले गर्दा विकट गाँउठाँउका जनताले प्रत्यक्ष मार खेपिरहनु परेको सहभागीहरुले गुनासो गरेको थिए ।

कार्यक्रममा सुदूरपश्चिमका निमित्त क्षेत्रिय निर्देशक रामप्रसाद जोशीले सुदूरपश्चिमका सबै जिल्लाका जनताको स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउनका लागी खाली रहेका दरबन्दी पुरा गर्न केन्द्रमा पहल गर्ने बताउनु भएको छ । अछामको सदरमुकाम मंगलसेनमा भएको बिबिसी साझा सवालमा बोल्दै निमित्त निर्देशक जोशीले अछाम लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा डाक्टरको दरबन्दी पूर्ति गर्न बिशेष ध्यान दिने बताउनु भयो । विटकताका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा विभिन्न किसिमका अभाव रहेको भन्दै निमित्त क्षेत्रिय निर्देशक जोशीले स्वास्थ्य क्षेत्रको सुधारका लागी सबै सरोकारवालाले साथ दिनुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर रामबहादुर केसीले सप्रमाण सहित म्याद नागेका औषधी वितरण भएकोमा तत्काल कारबाहीको प्रक्रिया अगाडी बढाउने बताउनु भयो । स्वास्थ्य केन्द्रमा काम नगर्ने कर्मचारीलाई कारबाही गरेको स्मरण गर्दै सुधारका लागी पहल गरिरहेकोमा उहाँको जोड थियो । कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा खाली रहेको दरबन्दी पुर्ति गर्न र समग्र जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारका लागी सबै सरोकारवालाले साथ दिनुपर्नै डाक्रटर केसीको भनाई थियो । यस्तै साझा सवालमा बोल्दै बयलपाटा अस्पतालका मेडिकल निर्देशक श्रीराम तिवारीले स्वास्थ्यकर्मी, उपचार र औषधी लगायतका कारण सरकारी स्वास्थ्य क्षेत्र प्रती जनताको विश्वास घट्दै गएकाले यसको सुधार गर्दै लजाउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य क्षेत्रमा समस्या थुप्रै भएपनि सबैले साथ दिएमा सुधार भएर जाने उहाँको भनाई थियो । एचआईभी संक्रमित र आकस्मिक बिरामीका लागी रगतको अभाव हुन नदिन बयलपाटा अस्पतालले बलड बैक स्थापना गरेको निर्देशक तिवारीले कार्यक्रम मार्फत जानकारी दिनुभएको थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वमसेविका सुशिला रावलले आफु गाँउठाँउमा पुग्दा स्वास्थ्य क्षेत्रमा थुप्रै समस्या रहेको बताउनु भयो ।

विकट गाँउमा एचआईभी संक्रमितले समयमै औषधी नपाएकोले अकालमै ज्यान गुमाउनु परेको उहाँको भनाई थियो । जिल्लाका विभिन्न ठाँउमा प्रसुती केन्द्रभएपनि उपचार अभावमा सुत्केरी महिलाले ज्यान गुमाउनु परेको रानीवनका अम्मर न्यौपानेले दुखेसो गर्नुभयो । कार्यक्रमका सहभागी बरदादेबी गाविसका गगन भुलले अछामको स्वास्थ्य क्षेत्र आफैमा अस्वस्थ्य भएकाले अछामका जनताले उपचार नपाएर ज्यान गुमाउनु परिरहेको अवस्था उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको सुधारका लागी जिल्लाका राजनितिदक दल, सरोकारवालाले आ आफ्नो तर्फबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । आफुले निशिुल्क स्वास्थ्य क्षेत्रमा काम गरिरहेको भन्दै सहभागी बस्ती गाविसका मातृका देवी ढुंगानाले स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी महिला नै प्रभावित भएको दुखेसो गर्नुभयो । कार्यक्रमका सहभागीले सरोकावालाले गरेका प्रतिवद्धता बोलीमा मात्र सिमित हुने भन्दै व्याहारमा लागी गरी स्वास्थ्य क्षेत्रको सुधारका लागी पहल गर्न सुझाव दिएका थिए ।

NO COMMENTS

LEAVE A REPLY