पर्यटन ब्यावसाय फस्टाँउनका लागि हाम्रा डाँडापाखाहरु हराभरा हुनेपर्ने पूर्व गृहमन्त्रि भिम रावलको भनाई ।

0
187

पूर्व गृहमन्त्रि तथा सभासद भिम रावलले बनक्षेत्रको संरक्षण र सम्र्बदन गर्नका लागि बन क्षेत्रमा काम गरिरहेका निकायहरुको महत्वपूर्ण योगदान रहेको बताँउनुभएको छ । बढ्दो बनक्षेत्रको बिनाससंगै भु क्षय, पहिरो लगायतका थुप्रै समस्याहरु श्रृजना हुनेगरेको रावलले बताँउनुभयो । अछाम र यस क्षेत्रका बिभिन्न पर्यटकीय सम्पदाहरुलाई बिकसित र सुदृढ ढंगवाट ब्यावस्थापन गर्नपनि बन क्षेत्र आवस्यक रहेको उहाँको भनाई रहेको छ । सामुदायिक बन उपभोक्ता महाँसघ अछामको चौथो जिल्ला अधिबेशनको उदघाटन सत्रमा बोल्दै रावलले यो क्षेत्रको बन क्षेत्रमा पाईने सल, उत्तिस लगायत अन्य काठहरु काठमाण्डौ लगायत देशका बिभिन्न ठाँउमा निर्यात गर्दै समृद्धिको बाटो पहिल्याँउन सकिने उल्लेख गर्नुभयो ।

सभासद रावलले अछाम र यहाँको बन्रक्षेत्रवाटै ठुलो परिणाममा रोजगारीका अवसर समेत श्रृजना हुने धारणा राख्नुभयो । देश बिकासका लागि पर्यटन राम्रो हुनुपर्ने र पर्यटन ब्यावसाय फस्टाँउनका लागि हाम्रा डाँडापाखाहरु हराभरा हुनेपर्ने उहाँको भनाई रहेको छ । फरक प्रसंगमा रावलले आगामी संबिधान निर्माण कार्य महत्वपूर्ण भएको भन्दै अहिलेको संक्रमण काल अन्त्यगरि संबिधान निर्माणमा दलहरु लागिरहेको बताउनुभयो । आफुहरुले चुनावी दौडानमा ल्यायका एजेण्डा सहित अगाडी बढ्ने र एक वर्षभित्र संबिधान निर्माण गर्न महत्वपूर्ण भुमिका खेल्ने बताँउनुभयो । रावलले देश संक्रमणमा भएका बेला सरकारले राजदुत नियुक्ती जस्तो महत्वपूर्ण काम पनि गर्न नसक्नु ठुलो कमजोरी भएको टिप्पणी गर्नुभयो । एस्तै कार्यक्रमका बिशिष्ट अतिथी पूर्व सुचना तथा सञ्चार र्ज्यमन्त्रि गोबिन्द बहादुर शाहले बनक्षेत्रको संरक्षण र सम्वर्दन गर्न सबै पक्षको बरावर जिम्ेवारी रहेको बताँउनुभयो ।

पछिल्लो समय बन बिनासकार्य बढ्दै गईरहेको प्रति चिन्ता ब्यक्त गर्दै उहाँले यो कार्य नियन्त्रण गर्नका लागि सबैपक्ष जागरुक हुनुपर्ने उल्लेख गर्नुभएको छ । सामुदायिक बन उपभोक्त महाँसंघ जिल महाँसंघ अछामका अध्यक्ष नर बहादुर रावलले अध्यक्षता गर्नुभएको कार्यक्रममा फेकोफनका केन्द्रिय सदस्य देव बहादुर कुंवर, पूर्व सभासद शेरबहादुर कुंवर, नेकपा एमालेका यज्ञ बोगटी, नेकपा माओवादीका मिना धामी, राप्रपा नेपालका उदयराम ढुंगाना, राप्रपाका ईश्वर राज सुवेदी, नेकपा मालेका लोक बहादुर केसी, लगायत अतिथीहरुले मन्तब्य राख्नुभएको थियो । जानकी कुंवरको स्वागतवाट सुरु भएको कार्यक्रमको सञ्चालन फेकोफनका महाँसचिव प्रेम कुमार खत्रिले गर्नुभएको थियो । अधिबेशन भोलीसम्म चल्ने फेकोफनले जनायको छ ।

NO COMMENTS

LEAVE A REPLY